मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

मनिता र इन्द्रलाई स्वर्ण

राजधानी समाचारदाता
3 months ago
15/04/2019

नेपालगन्ज। नेपाल प्रहरीका इन्द्रबहादुर श्रेष्ठ र मनिता श्रेष्ठ ‘प्रधान’ ले आठांै राष्ट्रिय खेलकुदअन्तर्गत आइतबारदेखि नेपालगन्जको कारकाँदोमा सुरु भएको जुडोमा स्वर्ण जितेका छन् । इन्द्रले पुरुष ६६ केजीमुनि र मनिताले महिला ५७ केजी तौल समूह मुनि स्वर्ण जित्न सफल भए ।

यससँगै विभागीय नेपाल पुलिस क्लबले पहिलो दिन नै जुडोमा ५ स्वर्ण जित्दै आफ्नो वर्चस्व जमाएको छ ।आइतबार भएको ७ खेलमा प्रदेश ५ र विभागीय त्रिभुवन आर्मी क्लबले समान १–१ स्वर्ण जित्न सफल भए ।

पुरुषतर्फ ६० केजी तौलमुनि पुलिसका उमेश मगरले स्वर्ण जिते । आर्मीका कर्म तामाङले रजत र तथा एनआरएनका मोहन बम र नेपाल पुलिसका सुदेश दोङले कांस्य जिते ।

पुरुषतर्फ ६६ केजी तौलमुनि पुलिसका इन्द्रहादुर श्रेष्ठ स्वर्ण, प्रदेश ३ का सुनिल नगरकोटी रजत र एपीएफका निर्दोष चलाउने र नेपाल आर्मीका राजेश चौधरीले कास्य जिते ।

पुरुषतर्फ ८१ केजी तौलमुनि आर्मीका पवनकुमार श्रेष्ठ स्वर्ण, नेपाल पुलिसका मनिष महतो रजत र एपिएफका लेलिन डंगोल र प्रदेश २ का गुड्डुकुमार सकानुले कांस्य हात पारे ।

पुरुषतर्फ १०० केजी माथी तौल समूहमा नेपाल पुलिसका राजन जोशी स्वर्ण, प्रदेश ५ का प्रनितसिंह ठकुरी रजत र सुदूरपश्चिम प्रदेशका आशिष ओझाले कास्य पाए ।

महिला ४८ केजी तौल समूहमुनि प्रदेश ५ की सोनियाँ भट्ट स्वर्ण, एपिएफकी धनदेवी रोकाय, रजत र प्रदेश ५ की शारदाकुमारी खत्री र नेपाल पुलिसकी रत्ना तामाङले कांस्य पाए ।

५७ केजी तौल मुनिको समुहमा नेपाल पुलिसकी मनिता श्रेष्ठ ‘प्रधान’ ले स्वर्ण, प्रदेश ३ कविता नेपाली रजत र प्रदेश ३ की देवकी माया श्रेष्ठ र गण्डकी प्रदेशकी सुमी थापाले कांस्य जिते ।

(Visited 14 times, 1 visits today)
Loading comments...