सोमवार ९ बैशाख, २०७६ (Monday, 22nd April 2019)
९ बैशाख, २०७६ (22 April 2019)

आठौं राष्ट्रिय खेलकुद, फेन्सिङमा आर्मी च्याम्पियन

1 week ago
15/04/2019

नेपालगन्ज । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत चौथो राष्ट्रिय फेन्सिङमा विभागीय त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ । आर्मीले ६ स्वर्ण, ४ रजत र ५ कांस्यसहित कुल १५ पदक जित्द टिम च्याम्पियन बन्न सफल भएको हो । दोस्रो भएको विभागीय नेपाल एपीएफ क्लबले ३ स्वर्ण, ५ रजत र ५ कांस्यसहित १३ पदक जित्न सफल भयो ।

३ स्वर्ण, २ रजत र ६ कांस्यसाथ प्रदेश ३ ले तेस्रो स्थानमा चित्त बुझायो । प्रदेश १ ले ५ रजत, प्रदेश ४ ले  २ रजत र सुदूरपश्चिम प्रदेशले १ कांस्य हात पार्दै क्रमशः चौथोदेखि छैटौं स्थानमा यात्रा टुंगाए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष शैैलेश कर्माचार्य, सदस्य उपेन्द्र पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । नेपालगन्ज रंगशालाको कभर्ड हलमा २८ चैतदेखि सुरु प्रतियोगतामा १ सय २९ खेलाडीले १२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

हक्कीमा पुलिस समूह विजेता

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १८औं राष्ट्रिय हक्कीको पुरुषमा नेपाल प्रहरी समूह ‘ए’ को विजेता हुँदै आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

हक्कीमा पहिलोपटक सहभागी प्रहरीले डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीलाई २–१ गोलले पराजित ग¥यो । विजेताका मनोज चौधरी र सागर आचार्यले गोल गरे । आर्मीका दीपेन्द्र ऐरले १ गोल फर्काए । समूह ‘बी’बाट प्रदेश ७ उपविजेताका हैसियतले सेमिफाइनलमा पुगेको छ । प्रदेश ७ ले प्रदेश १ लाई ३–१ गोलले हरायो । विजयी टिमका लागि दीपकराज जोशीले २ तथा सुमितकुमार कामीले १ गोल गरे । प्रदेश १ का मनीष मगरले १ गोल फर्काए । गण्डकी प्रदेशले प्रदेश ३ लाई २–० ले हराउदा प्रेम विक र प्रदीप नेपालीले १–१ गोल योगदान गरे । यो समूहबाट प्रदेश ५ विजेतका रूपमा सेमिफाइनलमा पुगिसकेको छ ।

 

स्क्वास ः कृष्णाको चौथो जित

आठौंअन्तर्गत ११औं राष्ट्रिय स्क्वासको महिला राउन्ड रोविन लिगमा गण्डकी प्रदेशकी कृष्णा थापाले लगातार चौथो जित हात पारेकी छन् । कृष्णाले प्रदेश ३ की विपना ब्लोनलाई ३–११, ११–६, ११–७, ७–११ र ११–६ को सेटमा पराजित गरिन् । ६ खेलाडी सहभागी राउन्ड रोविन लिगमा डिफेन्डिङ च्याम्पियन प्रदेश ३ की भावना सुनुवारले चारै खेल जितेकी छन् । अब सोमबार हुने कृष्णा र भावनाबीचको खेलले उपाधि विजेताको टुंगो लाग्नेछ ।

पुरुष टिममा प्रदेश ३ ले एपीएफ तथा गण्डकीले प्रदेश १ लाई समान २–० को सोझो सेटमा पाखा लगाउँदै उपाधि भेट पक्का गरे । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

 

बास्केटबल : प्रदेश ५ लाई सफलता

आठौंअन्तर्गत १५औं राष्ट्रिय महिला बास्केटबलमा प्रदेश ५ ले जित हात पारेको छ । प्रदेश ५ ले प्रदेश १ लाई २७–२४ को झिनो अन्तरले पराजित ग¥यो । विजयी टिमका लागि अस्मिता भुजेलले ८ अंक जोडिन् । अन्य लिगमा प्रदेश ३ ले सुदूरपश्चिम प्रदेशलाई ५७–३३, प्रहरीले प्रदेश ४ लाई ६८–४३ र आर्मीले एपीएफलाई ४४–३७ ले हराए । प्रदेश ३ की सदीना श्रेष्ठले १७, प्रहरीकी अनुषा मल्लले १६ र आर्मीकी मीना गुरुङले ९ अंक जोडे । पुरुषमा प्रदेश ५ ले प्रदेश ६ लाई ६७–२८, प्रदेश ४ ले प्रदेश २ लाई १०४–२९, प्रदेश ३ ले प्रहरीलाई ७७–६६ र प्रदेश १ ले प्रदेश ७ लाई ७०–४० ले पाखा लगाए । प्रदेश ५ का रोहित बरालले २३, प्रदेश ४ का जिमेन पुनले २४, प्रदेश ३ का राजीव जोशीले १९ र प्रदेश १ का विवेकमणि श्रेष्ठले १९ स्कोर गरे ।

 

माला र विमला उपाधिनजिक

बृहत् आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत २८औं पुरुष तथा नवौं महिला बक्सिङ प्रतियोगिताको तेस्रो दिन माला राई र विमला श्रेष्ठले फाइनलमा भेट पक्का गरेका छन् ।

बाँकेको खजुरास्थित ज्ञानोदय माध्यमिक विद्यालयमा आइतबार भएको महिला फ्लाइवेटअन्तर्गत ५१ केजी तौल समूहको खेलमा एपीएफकी माला राईले फाइनल प्रवेश गर्ने क्रममा प्रदेश १ की रोशिना लावतीलाई रेफ्री स्टप कन्टेस्ट (आरएससी) को आधारमा हराइन् । यस्तै, आर्मीकी विमलाले पनि प्रदेश ३ की रोशनी राईलाई अंकको आधारमा ५–० ले पराजित गरिन् । वेल्टर वेटअन्तर्गत महिला ६४ केजी तौल समूहको खेलमा आर्मीकी पुनम रावलले प्रदेश १ की तृषा जागेबु लिम्बूलाई आरएससीको आधारमा हराउँदै फाइनलमा प्रवेश गरिन् । सोही तौलको अर्को सेमिफाइनलमा एपीएफकी बिनिता थापा मगरले पनि प्रदेश ५ की माया चौधरीलाई एबीडी कन्टेस्टका आधारमा हराउँदै फाइनलमा पुनमसँग भेट पक्का गरिन् ।

बेन्टम वेट क्याटोगोरीअन्तर्गत महिला ५४ केजी तौल समूहमा प्रदेश ३ की शिवानी श्रेष्ठ र नेपाल पुलिसकी निशा तामाङले पनि सेमिफाइनलमा स्थान पक्का गरेकी थिइन् । सोही तौलको अर्को क्वार्टरफाइनलमा एपीएफकी सन्जुमाया थिङले गण्डकीकी जोसिका श्रेष्ठलाई नकआउटको आधारमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिन् ।

महिला फेदरवेटअन्तर्गत ५७ केजी तौल समूहको क्वार्टरफाइनलमा नेपाल आर्मीकी चन्द«कला थापा, एपीएफकी माया चौधरी, प्रदेश ७ की भावना ऐरी र प्रदेश १ की दिया लिम्बुले सेमिफाइनलमा स्थान सुरक्षित गरिन् ।

महिला ६० केजी तौल समूहको सेमिफाइनलमा प्रदेश ५ की संगीता दंगाल, प्रदेश ७ की संगीता चौधरी र नेपाल आर्मीकी सबिना श्रेष्ठले स्थान पक्का गरिन् ।

आर्मी र एपीएफ सेमिफाइनलमा

विभागीय टोलीहरू त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबसँगै सुदूरपश्चिम र प्रदेश १ आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ४०औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको महिला टिम इभेन्ट्समा सेमिफाइनलमा प्रवेश गरेका छन् । आर्मीले प्रतियोगिताको पहिलो दिन आइतबार कर्णाली प्रदेशलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । अब सेनाले सुदूरपश्चिमसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिमले प्रदेश २ लाई २–० को नै जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको हो । यस्तै, सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रदेश ५ लाई २–० ले पाखा लगाउँदै प्रदेश १ सँगको भेट पक्का गरेको हो ।

 

मनिता र इन्द्रलाई स्वर्ण

नेपाल प्रहरीका इन्द्रबहादुर श्रेष्ठ र मनिता श्रेष्ठ ‘प्रधान’ ले आठांै राष्ट्रिय खेलकुदअन्तर्गत आइतबारदेखि नेपालगन्जको कारकाँदोमा सुरु भएको जुडोमा स्वर्ण जितेका छन् । इन्द्रले पुरुष ६६ केजीमुनि र मनिताले महिला ५७ केजी तौल समूह मुनि स्वर्ण जित्न सफल भए ।

यससँगै विभागीय नेपाल पुलिस क्लबले पहिलो दिन नै जुडोमा ५ स्वर्ण जित्दै आफ्नो वर्चस्व जमाएको छ ।आइतबार भएको ७ खेलमा प्रदेश ५ र विभागीय त्रिभुवन आर्मी क्लबले समान १–१ स्वर्ण जित्न सफल भए ।

पुरुषतर्फ ६० केजी तौलमुनि पुलिसका उमेश मगरले स्वर्ण जिते । आर्मीका कर्म तामाङले रजत र तथा एनआरएनका मोहन बम र नेपाल पुलिसका सुदेश दोङले कांस्य जिते ।

पुरुषतर्फ ६६ केजी तौलमुनि पुलिसका इन्द्रहादुर श्रेष्ठ स्वर्ण, प्रदेश ३ का सुनिल नगरकोटी रजत र एपीएफका निर्दोष चलाउने र नेपाल आर्मीका राजेश चौधरीले कास्य जिते ।

पुरुषतर्फ ८१ केजी तौलमुनि आर्मीका पवनकुमार श्रेष्ठ स्वर्ण, नेपाल पुलिसका मनिष महतो रजत र एपिएफका लेलिन डंगोल र प्रदेश २ का गुड्डुकुमार सकानुले कांस्य हात पारे ।

पुरुषतर्फ १०० केजी माथी तौल समूहमा नेपाल पुलिसका राजन जोशी स्वर्ण, प्रदेश ५ का प्रनितसिंह ठकुरी रजत र सुदूरपश्चिम प्रदेशका आशिष ओझाले कास्य पाए ।महिला ४८ केजी तौल समूहमुनि प्रदेश ५ की सोनियाँ भट्ट स्वर्ण,एपिएफकी धनदेवी रोकाय, रजत र प्रदेश ५ की शारदाकुमारी खत्री र नेपाल पुलिसकी रत्ना तामाङले कांस्य पाए । ५७ केजी तौल मुनिको समुहमा नेपाल पुलिसकी मनिता श्रेष्ठ ‘प्रधान’ ले स्वर्ण, प्रदेश ३ कविता नेपाली रजत र प्रदेश ३ की देवकी माया श्रेष्ठ र गण्डकी प्रदेशकी सुमी थापाले कांस्य जिते ।

(Visited 124 times, 1 visits today)
Loading comments...