सोमवार ९ बैशाख, २०७६ (Monday, 22nd April 2019)
९ बैशाख, २०७६ (22 April 2019)

सिंहदरबारमा राष्ट्रिय बाणिज्य बैंक

राजधानी समाचारदाता
1 week ago
15/04/2019

 

काठमाडौं  । राष्ट्रिय वाणिज्य बैंकले औपचारिक रूपमा सिंहदरबार प्रवेश पाएको छ । नयाँ वर्षको अवसर पारेर आइतबार राष्ट्रिय वाणिज्य बैंकले सिंहदरबारभित्र आफ्नो शाखा कार्यालय विस्तार गरेको हो ।

आइतबार एक कार्यक्रमको आयोजना गरी बैंकका अध्यक्षसमेत रहेका सञ्चार तथा सूचना प्रविधि सचिव महेन्द्रमान गुरुङले बैंकको शाखा कार्यालय उद्घाटन गरेका हुन् । यसअघि निजी क्षेत्रको बैंक एभरेस्टको मात्रै शाखा कार्यालय सिंहदरबारभित्र रहेको थियो ।

सरकारी बैंकको शाखा सिंहदरबारभित्र स्थापना गर्नुपर्ने सांसदहरूले नै माग गर्दै आएका थिए । सांसदहरूले चर्को रूपमा सरकारी बैंकलाई प्रवेश दिनुपर्ने माग अघि सारेपछि अर्थमन्त्रालयको पहलमा राष्ट्रिय वाणिज्य बैंकले शाखा खोलेको हो ।

(Visited 21 times, 1 visits today)
Loading comments...