बिहिवार ५ आषाढ, २०७६ (Thursday, 20th June 2019)
५ आषाढ, २०७६ (20 June 2019)

ऐतिहासिक चौदण्डीगढी पर्यटकीय स्थल बन्दै

ईश्वर तामाङ
2 months ago
15/04/2019

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका क्षेत्र पर्यटकीय स्थल बन्ने भएको छ । स्थानीय तहले ती क्षेत्रको विकासका लागि प्रदेश सरकारको सहयोग लिएर कार्यक्रम सञ्चालन गर्ने भएपछि पर्यटकीयस्थल बन्ने भएको हो ।

ऐतिहासिक चौदण्डीगढी दरबार, बसिलाघाटको झरना, चुरे क्षेत्रमा रहेको पौराणिक पाण्डवबास, पुराताŒिवक थानपोखरी मन्दिर, बसिलाघाट र रानीटार बजार नगरको पर्यटकीय क्षेत्रका सम्भावना बोकेका स्थान हुन् । इतिहासमा उल्लेख भएअनुसार १७९० सालदेखि जगत सेन, विक्रम सेन, हरि सेनलगायतका चार पुस्ताले चौदण्डीगढी दरबारमा रहेर राज्य चलाएका थिए । मकवानपुरगढीका राजा हेमकर्ण सेनका माइला भाइ जगत सेनले पूर्वी सिमानाको रेखदेखका लागि चौदण्डीगढी राज्यलाई अस्तित्वमा ल्याएको इतिहासमा पाइन्छ ।

इतिहासकारका अनुसार हरि सेन राजा रहिरहेका बेला हरिनन्द उपाध्याय पोखरेल र स्वरूपसिंह कार्कीको विशेष सहयोगमा पृथ्वीनारायण शाहले १८३० सालतिर चौदण्डीगढी राज्यमा विजय हासिल गरेका थिए । गोर्खालीहरूको विजय अभियानसम्म पनि पूर्वको महŒवपूर्ण राज्यको राजधानीका रूपमा रहेको यो ऐतिहासिक तथा पुराताŒिवक महŒवको स्थानमा हाल भग्नावशेष मात्र बाँकी छ । सदरमुकाम गाईघाटबाट २७ किलोमिटर पूर्वी पहाडी क्षेत्रमा पर्ने चौदण्डीगढीमा पुराताŒिवक महŒव बोकेका देवीदेवताका मूर्ति, ढुंगाका सामग्रीहरू हराउँदै गएका छन् । भएका पनि नष्ट हुँदै गएका छन् ।

चौदण्डीगढीको छुइलास्थित छाँगे झरनासँगै दूधकोसीमा जलयात्राका लागि सम्भावना बोकेको स्थान हो । छाँगे झरना झन्डै सात सय मिटरको उचाइबाट अविरल रूपमा पानी झरिरहन्छ । चैत र वैशाखमा पानी कम भए पनि जेठदेखि फागुनसम्म प्रशस्तै पानी रहेको झरनामा गर्मीमा चिसो र जाडोमा तातो पानी झर्ने गरेको स्थानीय टेकबहादुर राईले बताए । ‘यो झरना हजार मिटरभन्दा माथिबाट झरेको थियो,’ टेकबहादुरले भने । तर, २०४५ सालको भूकम्पले माथिल्लो भाग भत्किएपछि यसको उचाइ घटेको हो । झरनासम्म जाने बाटो मात्रै व्यवस्थित गर्न सके गर्मी मौसममा तराईबाट गर्मी छल्न आउने सर्वसाधारणको घुइँचो लाग्ने उनले बताए ।

नगर क्षेत्रमा रहेका नदी, खोला, झरना, ताल, दरबार र तीनको भग्नावशेष संरक्षण गर्दै पर्यटन प्रवद्र्धधनमा अगाडि बढ्ने चौदण्डीगढी नगरपालिका–७ वडाध्यक्ष तेजराज तिमल्सिनाको भनाइ रहेको छ । प्रशस्तै पर्यटकीय सम्भावना बोकेका स्थान छन्’ उनले भने, ‘त्यसको संरक्षणमा नगरपालिका लागि परेको छ । प्रदेश र संघीय सरकारसँग पनि चौदण्डीगढीको पर्यटन विकासमा सहयोगका लागि अनुरोध गरिएको उनले सुनाए । नगर क्षेत्रका धार्मिकस्थलको संरक्षण गर्दै धार्मिक पर्यटक भिœयाउन सकिने वडा नम्बर ३ का वडाध्यक्ष परशुराम राईले बताए । ‘वडाभित्र रहेको जलेश्वर महादेव मन्दिर, गुम्बा, बेलाका मन्दिर, चण्डीस्थानले धार्मिक पर्यटक आवगमन बढाउँछ ।

नगरको पर्यटन विकासका लागि नगरपालिका लागिपरेको नगर प्रमुख खग्रेन्द्र राईले बताए । ‘हालै नगरपालिकाले पर्यटन प्रवद्र्धन तथा प्रचारप्रसारको लागि सम्भाव्यता अध्ययन गर्ने कार्य गरेको छ,’ नगर प्रमुख राईले भने, ‘अध्ययनबाट आउने प्रतिवेदन र त्यसका लागि गर्नुपर्ने योजनालाई समेटेर थप काम अगाडि बढाइने छ ।

(Visited 10 times, 1 visits today)
Loading comments...