बिहिवार ५ आषाढ, २०७६ (Thursday, 20th June 2019)
५ आषाढ, २०७६ (20 June 2019)

सामाजिक सुरक्षाभत्ता बढाउने सरकारको तयारी

हुमाकान्त पोखरेल
2 months ago
15/04/2019

गुल्मी । सरकारले आगामी आर्थिक वर्षबाट वृद्ध र विदुवा भत्ता वृद्धि गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले १५ जेठमा सरकारले बजेट प्रस्तुत गर्ने र उक्त बजेटमा सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने निर्णय गरिएको बताएका हुन् ।

‘निर्वाचनका बेला पनि भत्ता बढाउने प्रतिबद्धता जायर गरेको बिर्सेका छैनौं,’ गुल्मीको धुर्कोट गाउँपालिका–३ हाडहाडेस्थित स्टार युवा क्लबद्वारा आयोजित भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विष्टले भने, ‘विशेष कारणबस यस आर्थिक वर्ष बढ्न सकेन, अर्को आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्तामा वृद्धि हुनेछ ।’ आव २०७५÷७६ बाट लागू हुनेगरी सरकारले सामाजिक सुरक्षा भत्तामा वृद्धि गर्न लागिरहेको उनले जानकारी दिए तर कुन शीर्षकमा कति भत्ता बढ्ने भन्नेबारे भने उनले केही बोलेनन् ।

मन्त्री विष्टले केही समयभित्रै देशका सबै किसान तथा नागरिकसम्म पेन्सनको व्यवस्थासहित सरकारले कार्यक्रम ल्याउन लागेको जानकारी दिए ।

श्रमिकका लागि सामाजिक सुरक्षाअन्तगत बीमा कार्यक्रम सुरु गरेको सरकारले अब छिट्टै किसान हुँदै आम नागरिकसम्म भविष्यमा पेन्सन हुनेगरी बीमा कार्यक्रम सुरु गर्न लागेको उनले बताए । ‘निर्माण क्षेत्रमा काम गर्ने श्रमिक दुर्घटनामा पर्दा वा बिरामी हुँदा वा वृद्धावस्थामा जीविकोपार्जका लागि पेन्सन हुनेगरी सामाजिक सुरक्षा कार्यक्रम सुरु गरेका छौं,’ मन्त्री विष्टले भने, ‘अब छिट्टै किसान र सबै नागरिकसामु यस्तै प्रकारको सामाजिक सुरक्षा कार्यक्रम ल्याउने सरकारको योजना छ ।’

यसैगरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले एउटा स्थानीय तहमा कम्तीमा १५० जनालाई रोजगार दिनेगरी सरकारले योजना बनाइरहेको बताएका छन् ।

यसका लागि प्रत्येक स्थानीय तहमा एउटा रोजगार केन्द्र स्थापना गरी बेरोजगारीको फाराम वडा कर्यालयमार्फत भर्न लागिएको जानकारी दिए । नेपालको इतिहासमै पहिलोपटक बेरोजगार युवाको पक्षमा महŒवपूर्ण काम यो सरकारले गर्न लागेको उनले दाबी गरे ।

 

(Visited 89 times, 1 visits today)
Loading comments...