सोमवार ९ बैशाख, २०७६ (Monday, 22nd April 2019)
९ बैशाख, २०७६ (22 April 2019)

चट्याङ लागेर २४ वर्षिय युवतीको मृत्यु

अन्जन राज न्यौपाने
1 week ago
15/04/2019

तनहुँ । जिल्लाको शुक्ला गण्डकी नगरपालिका– १०लोकदिटार कि–२४ वर्षिय युवती भुमिका खत्रीको चट्याङ लागेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख विनोद सिलुवालले दिएको जानकारी अनुसार मुसलधारे झरि परेको वेला परेको चट्याङ लागेर भुमिका गम्भीर घाईते भएकी थिइन् ।

उनलाई उपचारका लागि पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा लगिएको थियो । भुमिकाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

(Visited 53 times, 1 visits today)
Loading comments...