सोमवार ९ बैशाख, २०७६ (Monday, 22nd April 2019)
९ बैशाख, २०७६ (22 April 2019)

बारुद लोड गर्न लाग्दा बन्दुक पड्केर युवकको मृत्यु

1 week ago
15/04/2019

सल्लेरी सोलुखुम्बु । सोलुखुम्बुमा आइतवार भरुवा वन्दुक पड्किदा एक युवकको मृत्यु भएको छ ।

आइतवार दिउसो घरमा कोही नभएको वेला भरुवा वन्दुकमा वारुद लोड गर्ने क्रममा एक्कासी वन्दुक पड्किदा माप्य दुधकोशी गाउँपालिका ४ काँकुका २० बर्षिय सुमन राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

घरपरिवार तथा गाउँलेहरु वनभोज खान गएको वेला ती युवकले घरमा आफैले लोड गर्दै गरेको वन्दुक पड्किएर पेटमा गोली लागेर गम्भिर घाइते भएका थिए । राईको उपचार गर्न जिल्ला अस्पताल फाप्लु लैजादै गर्दा आधा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल फाप्लुमा राखिएको छ । घट्नाको विषयमा थप अनुसन्धान भइरहेको छ भने राईले प्रयोग गरेको वन्दुक जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा बुझाईएको छ ।

(Visited 27 times, 1 visits today)
Loading comments...