बिहिवार ५ आषाढ, २०७६ (Thursday, 20th June 2019)
५ आषाढ, २०७६ (20 June 2019)

एआईजीहरुलाई दायाँ बायाँ राखेर आईजीपी खनालले भने, -संगठनमा कुनै वैमनस्यता छैन

राजधानी समाचारदाता
2 months ago
15/04/2019

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले विभिन्न प्रकृतिका सुरक्षा चुनौतीलाई सामना गर्न तथा प्रभावकारी सुरक्षा व्यवस्थाका लागि देशका सबै स्थानमा संगठनको उपस्थितिको आवश्यकता महसुस गरी संगठनको पुनर्संरचना गरिएको बताएका छन् । उनले संगठनको पुनर्संरचना गरी विगतमा ५८ जिल्लामा उपस्थिति रहेको सशस्त्र प्रहरी बललाई देशका सबै जिल्लामा तैनाथ गरिएकोसमेत बताएका छन् ।

सशस्त्र प्रहरी बलको नेतृत्व लिएपछि एक वर्षको अवधिमा भएका काम कारबाहीका बारेमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बललाई जिम्मेवार सुरक्षा निकाय बनाउन आफूले सक्दो प्रयास गरेको जानकारीसमेत गराए । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र नारायणबाबु थापालगायत जिम्मेवार अधिकृतलाई साथै राखिएको पत्रकार सम्मेलनमा महानिरीक्षक खनालले संगठनमा कुनै पनि वैमनस्यता नरहेको र चेन अफ कमान्ड नै सुरक्षा निकायको प्रमुख अंग रहेको भनाइ राखेका थिए ।

महानिरीक्षक खनालले भर्ना छनौट कार्यलाई सहज, सरल र पारदर्शी बनाईएको उल्लेखि गर्दै २०७५ साल भरिमा ३ हजार ५ सय ६४ जना विभिन्न दर्जामा भर्ना लिइएको तथा हाल ३ हजार ४ सय १ जना भर्ना छनौट प्रकृयामा रहेको बताएका थिए । विगतमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय तथा मुख्यालयहरुबाट मात्रै दरखास्त आव्हान गरिँदै आएकोमा भर्नामा सवैको पहुँचलाई सुनिश्चित गर्न ७ वटा हिमाली जिल्ला, ३० वटा पहाडी जिल्ला र तराईका २१ जिल्ला गरी ५८ जिल्लाबाट आवेदन माग गर्नुका साथै स्थानीय भाषामा प्रचार प्रसार समेत गरिएको पत्रकार सम्मेलनमा बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनले दण्ड र पुरस्कारको नीति अवलम्बन गर्नुका साथै विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा, सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउने महानुभावलाई संगठनको तर्फबाट सम्मान गर्ने कार्यको थालनी गरिएको, सशस्त्र प्रहरी बल नेपालले परिचालनका क्षेत्रहरुमा अपेक्षाकृत उपलब्धी हासिल गरेको, संगठनको कल्याणकारी कार्यलाई अझै प्रभावकारी तथा पारदर्शी तुल्याईएको, दुर्गम स्थानका नागरिकका दुई जना सन्ततिलाई नेपाल एपीएफ स्कुलमा निःशुल्क अध्ययनको व्यवस्था मिलाईएको, चोरीपैठारी निकासी नियन्त्रण कार्यलाई प्रभावकारी बनाईएको, नागरिकको सेवा, सुरक्षा तथा सहयोग र आपतविपद्मा उद्धार कार्यमा शिघ्र परिचालन हुने संयन्त्रको विकास गरिएको लगायतका विविध कामकारवाहीमा भएका उपलब्धीबारे चर्चा गरे ।

आर्थिक पारदर्शिता र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गरी कडाईका साथ पालना गराईएको उल्लेख गर्दै सशस्त्र प्रहरी महानिरीक्षक खनालले गत वर्ष २.९९ प्रतिशत बेरुजु फछ्र्यौट भएकोमा अहिले दोस्रो चौमासिकसम्म आईपुग्दा ४३.७७ प्रतिशत बेरुजु फछ्ुर्यौट गरिएको बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले शान्ति, सुरक्षा तथा अमनचयन कायम राखी सुशासन बनाई राख्न देशभर रहेका एपीएफ ईकाईमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरु अहोरात्र खटिईरहेको चर्चा गर्दै इमिडियट रेस्पोन्स टीम, चेकप्वाईन्ट, पिकेट तथा गस्ती गरी दैनिक रुपमा कूल १ हजार ८ सय ३४ टोली परिचालित रहेको, दैनिक रुपमा करीब १४ हजारको संख्यामा सशस्त्र प्रहरी कर्मचारी नियमित ड्युटीमा खटिएको, लङ्ग रेञ्ज पट्रोल तथा फोर्स मार्चमा ६ सय ४६ टोली परिचालन गरिएको तथा यसबाट ‘र्हाइवे’ मा हुन सक्ने लुटपाट, चोरी, डकैतीको कुनै पनि घटना नभएको उल्लेख गरे ।

सशस्त्र प्रहरी बल नेपालले एक वर्षको अवधिमा विभिन्न खालका २८ वटा अवैध हतियार बरामद गर्नुका साथै गोली २ सय ९५ राउण्ड, म्यागजिन १३ वटा, बारुद एक सय ग्राम, डेटोनेटर ३३ वटा, ग्रिनेट ६० वटा, जिलेटिन २६ वटा तथा पाँच कार्टुन जिलेटिन लोला बरामद गरिएको तथा विभिन्न अपराधमा संलग्न ६ सय ८६ जनालाई पक्राउ गरी सम्बन्धित निकायमा बुझाईएको कुरा समेत सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले जानकारी गराए । उनले विभिन्न वन्यजन्तुको उद्धार गरिएको तथा देशका विभिन्न एक सय स्थानमा ईमिडियट रेस्पोन्स टीम तैनाथ गरिएको कुरा समेत उल्लेख गर्दैै सो टीममा उपलब्ध भएसम्म सशस्त्र प्रहरी बलको स्वास्थ्यकर्मी तथा एम्बुलेन्स समेत राखिएको बताए ।

विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरणतर्फ सशस्त्र प्रहरी बलले विभिन्न प्रयासहरु गरिरहेको चर्चा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक खनालले एक वर्षको अवधिमा ६ हजार ५७ जनालाई जीवितै उद्धार गर्नुका साथै मृत्यु भएका १ हजार ४ जनाको शब निकालिएको तथा उद्धार कार्यमा करीब २१ हजार सशस्त्र प्रहरी कर्मचारी परिचालित भएको बताए ।

उनले सशस्त्र प्रहरी बलको सूचना प्रविधितर्फ प्रसस्त सुधार गरिएको बताउँदै विभिन्न एपीएफ ईकाईसँग आन्तरिक नेटवर्क जडान गरिएको, सर्विलेन्स सिस्टममा सुधार गरिएको, भिडियो कन्फरेन्सको क्षमता विकास गरिएको, सशस्त्र प्रहरी बलको तालिम पाठ्यक्रममा सुधार गरिएको, लगाएतका विविध कामकारवाहीहरुमा समयानुकुल सुधार गरिएको कुरा समेत उल्लेख गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनको आगामी योजना सम्बन्धमा चर्चा गर्दै बोर्डर आउट पोष्टको संख्या अझै बृद्धि गर्ने पहल गर्ने लगायत थप गुल्म स्थापना गर्न पहल गर्ने, विपद् दुर्घटना तथा प्रकोपको अवस्थामा खोज तथा उद्धार क्षमतामा बृद्धि गर्नुका साथै उद्धार कार्यलाई आधुनिक तथा प्रविधि मैत्री बनाउन पहल गर्ने लगायतका विविध प्रकृतिका आगामी योजनाहरुबारे समेत उल्लेख गरे ।

(Visited 95 times, 1 visits today)
Loading comments...