सोमवार ९ बैशाख, २०७६ (Monday, 22nd April 2019)
९ बैशाख, २०७६ (22 April 2019)

तीन सचिवको सरुवा, एकको सिफारिस

राजधानी समाचारदाता
1 week ago
15/04/2019

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत तीन सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको छ ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेको छ । हालै सचिवमा बढुवा भएर पदस्थापन हुन बाँकी रहेका सहसचिव डा. हरिप्रसाद पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदस्थापन गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव दिनेशकुमार थपलिया निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस भएपछि सो मन्त्रालय झन्डै तीन सातादेखि सचिवविहीन थियो । सामान्य प्रशासनमा आएका कोइराला प्रशासनमा दक्खल राख्ने कुशल सचिवका रूपमा परिचित छन् । यसैगरी, महिला मन्त्रालय एक महिनादेखि रिक्त थियो ।

यसैगरी, लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा सोमबार बसेको सचिव बढुवा सिफारिस समितिले रिक्त एक सचिव पदका लागि ज्येष्ठताका आधारमा स्वतः सचिवमा बढुवा हुने गरी सहसचिव हरि बस्याललाई सिफारिस गरिएको छ । बस्याललाई मन्त्रिपरिषद्ले स्वतः सचिवमा बढुवा गर्ने जनाइएको छ ।

(Visited 432 times, 1 visits today)
Loading comments...