सोमवार ९ बैशाख, २०७६ (Monday, 22nd April 2019)
९ बैशाख, २०७६ (22 April 2019)

विवाह नगरी आमा बन्दै अभिनेत्री एमी

एजेन्सी
7 days ago
16/04/2019

 

जेन्सी । बलिउड तथा साउथ इन्डियन चलचित्रकी अभिनेत्री एमी ज्याक्सन आमा बन्दै छिन् । उनी विवाह नगर्दै आमा बन्न लागेकी हुन् ।

उनी बेलायती नागरिक जर्ज पानायिटुसँग प्रेम सम्बन्धमा छिन् । यी दुवैजना केही समय यताबाट ‘लिभिङ टुगेदर’ सम्बन्धमा छन् । सँगै बस्ने भए पनि यी दुई अझै आधिकारिक विवाह गर्न भ्याएका छैनन् । केही दिनअघि उनले आफु गर्भवती भएको खुलासा गरेकी थिइन् । तर, यतिबेला उनले गर्भवती अवस्थाको फोटो खिचेर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन् ।

‘बेबी पन्च’ शैलीअन्तर्गत उनले आफ्नो गर्भमा बच्चा भएको पेटको देखाउँदै फोटो सेसन गरेर मिडियामा ल्याएकी हुन् । यसो गर्दा आफूलाई निकै आनन्द लागेको र धेरै मानिसबाट बधाई पाएको उनले बताएकी छन् ।

उनी प्रेमी जर्जसँग दुबईमा छिन् । दुबईमै छुट्टी मनाउने क्रममा उनले गर्भवती अवस्थाको फोटो सेसन गरेर सार्वजनिक गरेकी हुन् ।

 

(Visited 283 times, 1 visits today)
Loading comments...