सोमवार ९ बैशाख, २०७६ (Monday, 22nd April 2019)
९ बैशाख, २०७६ (22 April 2019)

चलचित्र निर्माणमा दीपक मनाङे

राजधानी समाचारदाता
7 days ago
16/04/2019

 

काठमाडौं। प्रदेश ४ अन्तर्गत मनाङ ‘ख’का प्रदेश सभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) चलचित्र निर्माणमा उत्रिएका छन् । उनले नयाँ चलचित्र ‘पोई प¥यो काले’ निर्माण गर्दै छन् ।

चलचित्रका लागि उनले महँगो पारिश्रमिक दिएर दुई कलाकार अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मालाई अनुबन्धन गरेका छन् ।

नयाँ वर्षको अवसर पारेर आइतबार काठमाडौंमा एक समारोहबीच आकाश र पूजालाई अनुबन्धन गरिएको हो । चलचित्रको निर्देशन शिशिर राणाले गर्दै छन् ।

चलचित्र ‘तिमी सँग’बाट निर्देशन यात्रा सुरु गरेका शिशिर राणाको यो दोस्रो चलचित्र हो । यसका लेखक पनि राणा नै हुन् ।

चलचित्रको कलाकार छनोट धमाधम भइरहेको र जेठको दोस्रो साताबाट आफूहरू छायांकनमा जाने निर्देशक राणाले आइतबार नै बताए ।

अझै आफ्नो चलचित्रमा एक अभिनेता र एक अभिनेत्री चयन हुन बाँकी रहेको पनि राणाले बताए । चलचित्रलाई ८ कात्तिकमा लक्ष्मीपूजाको अवसर पारेर रिलिज गरिने पनि निर्देशक राणाले जनाएका छन् ।

पूजाले बाहिरी ब्यानरको नयाँ चलचित्रमा आबद्ध भएकामा खुसी व्यक्त गरेकी छन् ।

चलचित्रमा राम्रो पारिश्रमिक पाएको उनको भनाइ छ ।  चलचित्रबाट २० लाख रुपैयाँ पाएको उनको दाबी छ । अभिनेता आकाशले पनि चलचित्रबाट १८ लाख पारिश्रमिक लिएको दाबी गरेका छन् । दीपक मनाङसँगै कार्यकारी निर्मातामा रघु परियार, किरण नेपाली र प्रस्तुतकर्तामा श्यामबहादुर थापा छन् ।

(Visited 137 times, 1 visits today)
Loading comments...