मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

खोटाङमा बस दुर्घटना, एकको मृत्यु, १४ घाइते

राजधानी संवादाता
3 months ago
16/04/2019

खोटाङ । काठमाडौँबाट खोटाङको दिक्तेल आउँदै गरेको बस गएराति ११ बजे हलेसीमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १४ जना गम्भीर घाइते भएका छन् । हलेसी तुवाचुङ नगरपालिका–७ रिट्ठाबोटेमा दुर्घटना हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३२ वर्षीय प्रजबहादुर राईको मृत्यु भएको हो ।

घाइतेमध्ये चालकसहित सातलाई थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल पठाइएको छ । छ जनाको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ ।

सो बस सडकबाट चिप्लिएर १५/२० मिटर तल झरेपछि कोल्टिएर अड्किएको छ । यसबाट ठूलो क्षति हुनबाट जोगिएको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक भुवनबाबु खड्काले बताए । सो बसमा चालक, सहचालकसहित १५ जना थिए । सहचालक भने ओत हाल्न ओर्लिकाले दुर्घटनाबाट जोगिएको प्रहरीले जनाएको छ ।

(Visited 28 times, 1 visits today)
Loading comments...