मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

प्रगति पथमा एनसीसी बैंक

राजधानी समाचारदाता
3 months ago
17/04/2019

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक नेपाल बैंक अफ सिलोन(एनबीओसी) का रूपमा सन् १९९६ अक्टोबर १४ मा सुरु भएको हो । बैंकले चुक्ता पुँजी १ अर्ब रुपैयाँबाट कारोबार सुरु गरेको थियो । बैंकले विभिन्न चारवटा विकास बैंकलाई मर्जर गरिसकेको छ । जसमा इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेसनल डेभलपमेन्ट बैंकलगायतलाई बैंकलाई मर्जर गरेको हो ।

यस बैंकले मर्जर गरेको एपेक्स डेभलपमेन्ट बैंकलेको रकम दुरुपयोग भएको कारण गत वर्ष प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो । खराब कर्जा अत्यधिक बढी भएको एपेक्स बैंकलाई मर्जर गर्दा एनसीसी बैंक समस्यामा परेको हो । एपेक्सको खराब कर्जाले संकटग्रस्त भएका कारण वित्तीय अवस्था खराब देखिएपछि उच्च अदालत पाटनको आदेशअनुसार बैंकले एपेक्सको कारोबार अलग्गै बनाएको थियो ।

समस्यामा भएको बैंक मर्जर गर्दा यस बैंकलाई निकै समस्या भएको हो । तर, सो घटनापछि बैंकले आफुलाई धेरै सुधारेको छ । बैंकले खराब कर्जाको अंश पनि विस्तारै घटाउँदै लगेको छ । मर्जर, हकप्रद तथा बोनस सेयरको माध्यमबाट आफ्नो चुक्ता पुँजी पनि ८ अर्बभन्दा बढी पु¥याइसकेको छ ।

एनसीसीमा गाभिँदा एनसीसीको १०० कित्ताबराबर इन्फ्रास्टक्चरका सेयरधनीले ७६, इन्टरनेसनलले ७२, सुप्रिमले ७५ र एपेक्सले ४७ कित्ता सेयर पाउने गरी स्वाप रेसियो तय भएको थियो । मर्जरबाट एनसीसीले आफ्नो चुक्ता पुँजी झन्डै ६ अर्ब रुपैयाँ पु¥याएको थियो । एपेक्सको करिब १ अर्ब ५० करोड ९६ लाख ३३ हजार रुपैयाँ दुरुपयोग भएको थियो ।

 

बैंकिङ विश्लेषण

 

प्रतिस्पर्धात्मक बजारमा विभिन्न खालका बैंकिङ सुविधा दिँदै आएको छ । बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, विभिन्न प्रकारका कार्डको सुविधा, लकर सुविधा, ३६५ दिनै बैंकिङ सुविधा, सन्ध्याकालीन काउन्टर तथा रेमिट्यान्स सुविधालगायतका सुविधा दिँदै आएको छ । त्यस्तै, बैंकले शुभलाभ बचत खाता, एनसीसी बाल सुरक्षा एनसीसी उत्सव र एनसीसी महिला सुरक्षा बचत खातालगायतका खाता सञ्चालन गरेको छ । त्यसैगरी बैंकले कर्जातर्फ एनसीसी होम लोन, शैक्षिक कर्जा, एनसीसी कृषि कर्जा, व्यवसायिक कर्जा, हायर पर्चेज कर्जा, क्यास क्रेडिट ,सर्ट टर्म लोन, एनसीसी भेइकल कर्जा, एनसीसी प्रोफेस्नल कर्जा, साना कृषि कर्जा तथा व्यक्तिगत कर्जालगायतका कर्जा योजना सञ्चालन गरेको छ । बैंकले १२२ वटा शाखा सञ्जाल छन् भने ७२ वटा एटीएम सञ्चालन गरेको छ ।

 

 

चुक्ता पुँजी ८ अर्ब नाघ्यो

बन्दना पाठक

डेपुटी सीईओे, एनसीसी बैंक

 

बैंकको पछिल्लो अवस्था कस्तो छ ?

बैंकले निक्षेप संकलन पनि राम्रै गरिरहेको छ । कर्जा लगानी पनि राम्रै छ । विस्तारै बैंक प्रगति उन्मुख बाटोमा गएको छ । निक्षेप ६५ अर्ब ७५ करोड रुपैयाँ छ । कर्जा लगानी ६० अर्ब ४९ करोड रहेको छ ।

 

बैंकको चुक्ता पुँजी कति पुग्यो ?

पुग्यो भन्दा हुन्छ । हाम्रो ब्यालेन्सिट आएको छैन । त्यसैले हामीले सार्वजनिक नगरेका मात्रै हौं । पुग्न चाँही पुगिसेको छ । हाम्रो बैंकको चुक्ता पुँजी ८ अर्ब ७ करोडको हाराहारीमा पुगेको छ । बैंकले मर्जर र सेयर निष्कासनबाट नै आफ्नो चुक्ता पुँजी वृद्धि गरेको हो । हकप्रद सेयर निष्कासन सकेका छौं भने बोनस सेयर निष्कासन गर्ने तयारीमा छौं ।

 

जगेडा कोषमा कति छ ?

हाम्रो जगेठा कोषमा १ अर्ब रुपैयाँभन्दा बढी छ ।

 

यसभन्दा अघि चारवटा विकास बैंकसँग मर्जर गरिसक्नुभएको छ । अब कुनै वित्तीय संस्थासँग मर्जर या एक्विजिसन गर्ने योजना छ कि ?

अहिले तत्कालैलाई छैन । किनभने हामीले चार÷चारवटा वित्तीय संस्थासँग मर्जर गरिसकेका छौं । नेपाल राष्ट्र बैंकले तोकेजति चुक्ता पुँजी पनि पुगिसकेको छ । त्यसैले तत्काल मर्जर सम्बन्धी कुनै योजना छैन ।

बैंकिङ प्रणालीमा तरलता अभाव हुन थाले पनि राष्ट्र बैंकले निक्षेप संकलनमा जोड दिन बैंकलाई निर्देशन दिएको छ । एनसीसी बैंकका निक्षेप संकलनका योजना केके छन् त ?

हाम्रो बैंकका निक्षेप संकलनका कुनै नयाँ योजना त खासै केही छैनन् । पुरानै योजना हुन् । तीनै पुरानै योजनाबाट पर्याप्त निक्षेप संकलन भइरहेको छ । नयाँ वर्षमा निक्षेप संकलनका लागि नयाँ प्रोडक्ट ल्याउने तयारीमा भने हामी लागिरहेका छौं ।

 

बैंकले थप पुँजी जुटाउन ऋणपत्र निष्कासन गरिरहेका छन् । एनसीसीले ऋणपत्र कहिले निष्कासन गर्छ ?

अहिले हामीले निकालिसकेका त छैनौं । तर, निष्कासन गर्ने योजनामा भने छौं ।

(Visited 71 times, 1 visits today)
Loading comments...