सोमवार ६ जेठ, २०७६ (Monday, 20th May 2019)
६ जेठ, २०७६ (20 May 2019)

हिलोपानी छ्यापाछ्याप

1 month ago
20/04/2019

 


सुजीतकुमार झा

माटोको हिलो आपसमा दलेर पनि पर्व मनाइन्छ भन्ने सुन्दा आश्चर्य लाग्न सक्छ । तर, मिथिलाञ्चलको प्रमुख पर्वमध्ये जुडशीतलमा यसै गरिन्छ । गत २ वैशाख बिहानैदेखि जनकपुरका चोकचोकमा युवा समूह एकअर्कालाई हिलो माटो लगाइरहेका थिए । फेरि, यो स्थिति जनकपुरधामको मात्रै नभएर सिंगो प्रदेश २ कै थियो ।फागुमा एकअर्कालाई रंग, अबिर दलेजस्तै यस पर्वमा हिलोमाटो लगाउने परम्परा छ ।

हिलो खेल्ने कार्यमा सक्रिय रहेका सामाजिक कार्यकर्ता अमरचन्द्र अनिलले आफूहरू बिहानैदेखि घण्टौंसम्म पर्वमा सहभागी भएको बताए । फागुभन्दा बढी उत्साहसाथ यसमा सहभागी हुने गरेको उनी बताउ“छन् ।
जनकपुरका विभिन्न युवा कमिटी हिलोमाटो खेल्नकै लागि विशेष कार्यक्रम आयोजना गर्छन् । कार्यक्रममा विभिन्न युवा क्लबका पदाधिकारी, व्यापारी, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मीलगायत सहभागी हुन्छन् ।

 

 

सेभ हिस्टोरिकल जनकपुर अध्यक्ष एवं प्रदेशसभा सदस्य रामअशिष यादव मैथिली संस्कृति र परम्परा जोगाउन आफूहरूले हिलोमाटो खेललाई उत्सवका रूपमा लिने गरेको बताउ“छन् । जनकपुरका विभिन्न क्लबबीच यसलाई छुट्टाछुट्टै पर्वका रूपमा मनाउने परम्परा विकास भएको छ । हिलोमाटो लगाएर ‘जुडशीतल’ सबैले मनाए पनि केही क्लब भने पर्वको अवसरमा नाला र सडक सफाइ गर्ने गर्छन् ।

 

सफाइमा सहभागी कृष्णचन्द्र साहले समाजमा ‘सकारात्मक सन्देश छोडोस्’ भन्ने उद्देश्यले नाला सफाइ गरेको जानकारी दिए ।ग्रामीण क्षेत्रमा अन्य भव्यतास“ग जुडशीतल मनाउने गरिन्छ । धनुषा गाउँपालिका तथा नगरपालिकामा अधिकांश व्यक्ति एक ठाउँमा भेला भएर हिलोमाटो खेल्ने गर्छन् । धनुषा गंगुलीका गुड्डु कर्णले यस्ता पर्वले भाइचारा बढाउन बल दिने गरेको बताए ।

 

सांस्कृतिविद् डा. भोगेन्द्र झाले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म पर्वमा सरिक हुनुले पनि यसको महŒव मिथिलाञ्चलमा अत्यधिक रहेको सुनाउ“छन् । पर्वका दिन घरघरमा बासी भात खाने चलन छ । जुडशीतलका दिन चुलोलाई विश्राम दिने चलन मिथिलाञ्चलमा छ । सिकार खेल्ने परम्परा पनि यस दिनमा छ ।

(Visited 30 times, 1 visits today)
Loading comments...