मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

झझल्को तिब्बतको

केबि मसाल
3 months ago
20/04/2019

केबि मसाल

मुस्ताङ प्रदेश ४ मा पर्छ । माछापुच्छ«े, धवलागिरि र नीलगिरि हिमालको बीचमा छ, मुस्ताङ । मुस्ताङ उपल्लो र तल्लो गरी दुई भागमा विभाजित छ । मुस्ताङको नामकरण तिब्बती भाषाबाट भएको हो । तिब्बती भाषामा मनको अर्थ औषधि र थाङको अर्थ चौर हुन्छ । मनथाङ हुँदै मुस्ताङ भएको हो । मुस्ताङको उत्तरी सीमा टोपीको आकारमा फैलिएको छ र यस भेगलाई लोमान्थाङ भनिन्छ । लोमान्थाङ तीन हजार वर्षपहिले तिब्बतसँगको व्यापारिक नाकाका रूपमा विकसित भएको हो । मुस्ताङमा अहिले घरपझोङ, थासाङ, दालोमे, लोमन्थाङ, बाह्रगाउँ र मुक्तिक्षेत्र गरी पाँच गाउँपालिका छन् ।

विश्वका उत्कृष्ट १० स्थलमध्ये उपल्लो मुस्ताङ तेस्रो स्थानमा पर्छ । लिटिल तिब्बतका रूपमा परिचित लोमान्थाङ क्षेत्र सन् १९९२ देखि विदेशीका लागि नेपाल सरकारले खुला गरेको हो ।
लोमान्थाङमा विदेशी पर्यटककै चाप छ । दैनिक सयांैको संख्यामा पुग्ने बाह्य पर्यटक लोमान्थाङका ऐतिहासिक स्थलमा रमाउँछन् । मुस्ताङे राजाको दरबार छ । राजा आमेपालले निर्माण गरेको लोमान्थाङ दरबार पाँच तलाको छ । लोमान्थाङको दरबार, गुम्बा, किल्ला र मानबस्तीका गुफा उपल्लो मुस्ताङको मात्र नभएर नेपालको सास्ंकृतिक सम्पदा हुन् । उपल्लो मुस्ताङमा लोमान्थाङ दरबार, चराङ दरबार र घमी दरबार नै पर्यटकका लागि आकर्षक स्थल हुन् ।

लोमान्थाङ दरबारको पर्खालमा पाँच कुना र बीचबीचमा नौ मिटरका अग्ला बुर्जा छन् । दरबारको पूर्वतिर एउटा मात्र प्रवेश गेट छ । १५आंै शताब्दीतिर निर्माण भएका मोन्खर दरबार, थुप्तेन गुम्बा, छयोदेन गुम्बा, झयाम्पाल गुम्बा पर्यटकका लागि अध्ययनीय बन्छन् । स्थानीय भाषामा लोको अर्थ हृदय वा मन हो । मनको अर्थ कामना र थाङको अर्थ मैदान वा फाँट हुन्छ । त्यसैले मुस्ताङी राजाको प्रभाव जहाँसम्म हुन्छ, त्यस क्षेत्रलाई लोछोधेन भनिन्छ । तिब्बतमा रहेको साम्दे गुम्बा निर्माणक्रममा पटक–पटक भत्किएपछि गुरु पद्यसम्वाको सल्लाहअनुसार चराङको मराङ भन्ने गाउँमा लोध्याकर गुम्बा निर्माण गरिएको छ ।

तिब्बती राजा ढिक्सुङ थक्चेनले आठांै शताब्दीमा निर्माण गरिएको विश्वकै पुरानो मानिने गुम्बा, मान्हे र आसपासमा रहेका चैते, प्राचीन कालमा ढुंगाबाट निर्मित २१ राता बुद्ध, आठ आम्ची बुद्ध हेर्न हजारांै बाह्य पर्यटक लोमान्थाङ पुग्छन् । यसबाहेक लोमान्थाङमा तिब्बतको झोङवासेन जिल्लासँग सीमा जोडिएका छोसेर, सुर्खाङ र छोन्हुपमा समेत ऐतिहासिक गुम्बा छन् । बौद्धमार्गीहरूको लागि अध्ययन, अनुसन्धान गर्नको लागि उपल्लो मुस्ताङको लोमान्थाङ अति उपयोगि मानिन्छ ।

प्राचीन गुफाहरू

लोमान्थाङमा धेरै ठाउँमा मानव बसोबास गर्ने गुफा छन् । ती निकै व्यवस्थित र वैज्ञानिक छन् । ती गुफा अग्लो पहाडमा छन् । प्राचीनकालमा सुरक्षाका हिसाबले बसोबासका लागि अग्लो ठाउँ रोजेको अनुमान गरिएको छ । एउटा गुफाभित्र विभिन्न तला छन् । तला चढ्न भ¥याङ प्रयोग र भ¥याङमाथि घोप्टेको प्रयोग गरिएको भेटिएको छ । छैटौं शताब्दीका सभ्यताको संकेत दिने लोमान्थाङका गुफामा चैत्यहरू पनि फेला परे । अधिकांश पयर्टक गुफा पुग्छन् । गुफामाभित्र भाँडाकुँडा, लत्ताकपडा र धातुका सामग्री भेटिए । करिब २५ सय वर्षअगाडि हजगाभा भन्ने तिब्बतीयन समूहले पटक–पटक आक्रमण गर्न खोजेपछि गाउँलेले झोङ गुफा बनाएर बसोबास गरेको विश्वास गरिन्छछ । एक्याप संस्थाले पर्यटकलाई गुफाबारे जानकारी दिन्छन् ।

 

लोमान्थाङमा बाह्रै महिना चिसो हुन्छ । बाक्ला कपडा लगाइन्छ । मुस्ताङ अन्नपूर्ण हिमशृंखलाको उत्तरपट्टि रहेकाले पानी कम पर्छ । उपल्लो मुस्ताङमा लोमान्थाङ, सुर्खाङ, चराङ, घमी, छोन्हुम र छोसेरको केन्द्र लोमान्थाङ गाउँ हो । प्राचीन कला, संस्कृति, गुफा र पर्खालले घेरिएको सहर लोमान्थाङको विशेषता हो । उपल्लो मुस्ताङमा गुम्बा र काचोमाटोबाट निर्मित घरहरू छन् ।  दसैं र तिहारको बिदा मनाउन पर्यटक लोमान्थाङ पुग्नछन् । केही वर्षअघिसम्म बाह्य पर्यटकको मात्र चहलपहल हुने लोमान्थाङमा आन्तरिक पर्यटकको पनि उत्तिकै चाप छ । लोमान्थाङ पुग्नु पर्यटकहरूलाई स्वर्गको स्वर्णिम अनुभूति गर्नुजस्तै हो ।

 

दामोरदर कुण्ड

पुग्नैपर्ने स्थल हो, दामोदर कुण्ड । धार्मिक रप्राकृतिक दृष्टिले मनमोहक छ, दामोदर कुण्ड । कालीगण्डकीको उद्गमस्थल दामोदर कुण्ड उपल्लो मुस्ताङको पूर्वी उत्तर र मनाङको तिलिचो तालभन्दा पश्चिम दामोदर हिमालको काखमा छ । जोमसोमदेखि करिब १२० किमिको दूरीमा छ । उपल्लो मुस्ताङको चराङको घारागाउँ बाट दुई दिनको पैदल यात्रामा पुगिन्छ । घारा गाउँबाट दामोदरकुण्डसम्म मानवबस्ती नभएकाले पर्यटकले खाद्यान्नलगायत बन्दोबस्तीका सबै सामान बोक्छन् ।
दामोदरकुण्डको यात्रा श्रावण र भदौमा राम्रो हुन्छ । हजारांै हिमाली फूलले उपत्यका रंगिएको छ । दामोदरकुण्ड वरपर सानातीना कुण्डहरू छन् । दामोदरकुण्डदेखि बगेर आएको नर्साङ खोलाको किनारमा १२ वटा नुनिलो पानीका मूल छन् । यसको पानी जमाएर उत्पादन गरिएको नुन पाँच दशक पहिलेसम्म प्रयोगमा थियो ।

 

मुस्ताङी चलन

पर्यटकले केही प्रथाबारे जानकारी पाउँछन् । मुस्ताङका हरेक गाउँमा मुखिया प्रथा छ । यहाँ अझै पनि गाउँले को आफ्नै कानुन छ । भरसक प्रहरी र अदालतमा मुस्ताङी जाँदैनन् । मुखियाबाटै छिनोफानो गराइन्छ । मुस्ताङका सबै गाउँमा मुखियाका कार्यालय छन् ।  लोमान्थाङमा मान्छेको अन्त्येष्टि गर्ने भिन्नभिन्न परम्परा छन् । शव चोक्टाचोक्टा पारी गिद्धलाई खुवाएर अन्त्येष्टि गर्ने अनौठो परम्परा उपल्लो लोमान्थाङ क्षेत्रमा कायमै छ । यो तल्लो मुस्ताङमा बिस्तारै हराउँदै छ । लोमान्थाङमा विष्ट, थकाली, गुरुङ र विश्वकर्मा समुदायको बसोबास छ । कसैको मृत्यु भयो भने लामागुरुले मृतकको जन्मकुण्डली हेरेर अन्तिम संस्कारका चार विकल्प दिन्छन् । जलाउनु, गाड्नु, काटेर पानीमा बगाउनु र कसैलाई चोक्टाचोक्टा पारेर गिद्धलाई खुवाउनु लामाको विधिभित्र पर्दछ । काटेर गिद्धलाई खुवाउनुचाहिँ सबैभन्दा राम्रो मानिन्छ ।
वैशाखदेखि असोजसम्म मर्ने मान्छेलाई प्रायः काटेर गिद्धलाई खुवाई अन्त्येष्टि गर्ने चलन छ ।

 

 

लोमान्थाङ मा बाह्रै महिना हिउ“ र चिसो हुनाले बाक्ला कपडा लगाइन्छ । मुस्ताº अन्नपूर्ण हिमशृंखला उत्तरपट्टि रहेकाले पानी निकै कम पर्छ । उपल्लो सुर्खाङ, चराङ, घमी, छोन्हुम र छोसेरको केन्द्र लोमान्थाङ 

 

बहुपति प्रथा

बहुपति प्रथा कायमै छ । घरका सबै दाजुभाइले एक महिलासँग सामूहिक विवाह गर्नु बहुपति प्रथा हो । मुस्ताङको छोसेर, छोन्हुप, लोमान्थाङ, चराङ, सुखाङ, घमी, मुक्तिनाथ, कागवेनी, झोङलगायतका गाउँमा अझै यस्तो प्रथा जीवितै छ । तर, यो प्रथा बिस्तारै हराउँदै छ ।कोरला नाका  कोरला नाका मुस्ताङको छोसेरसँग जोडिएको छ । तिब्बततर्फको भौतिक संरचना देखिन्छ । त्यहाँबाट सोलार प्यानल र चिनियाँ सेनाको क्याम्प देखिन्छ । सिमानामा चीन सरकारले तारजाली लगाएको छ । सवारीसाधन कोरलासम्मै पुग्छन् । जोमसोमबाट ९३ किमिको यात्राबाट कोरला नाका पुगिन्छ । कोरला नाका तिब्बत तर्फको ढुम्वासेन जिल्लामा पर्दछ ।

 

बहुपति प्रथा अंगालेका एक परिवार ।

चौंरीको रगत

नयाँ वर्षमा चौंरी गाईको रगत खाने मेला लाग्छ । थासाङ गाउँपालिकाको केन्द्र कोवाङको बोक्सीखोलामा
बर्सेनि वैशाखको पहिलो साता चौंरीको आलो रगत पिउने मेला लाग्छ । चौंसी रगत पिउँदा दम, मुटु, गानोगोला, मधुमेह, ग्यास्ट्रिक र सर्केको–मर्केका निको हुने विश्वास छ । रगत पिउन छिमेकी जिल्लाबाट समेत धेरै पर्यटक आउँछन् ।

तिजी पर्व

तिजी पर्व वैशाखको तेस्रो साताबाट सुरु हुन्छ । १५औं शताब्दीदेखि गुरुङ र विष्ट समुदायले मनाउँदै आएको यो पर्व लोमान्थाङ दरबारको प्रागंणमा मनाइन्छ । तिजी पर्वमा विभिन्न देवीदेवताको पूजापाठ र सांस्कृतिक नृत्य प्रदर्शन गरिन्छ । लोमान्थाङमा विश्वशान्ति र दैवीप्रकोपको कामना गर्दै तिजी पर्व मनाइन्छ । तिजी पर्व बुद्धधर्मका लामा दोर्जी सुनुको पुनर्जन्मसँग जोडिएको छ ।
फागुनको अन्तिम सातादेखि असोजसम्म उपयुक्त मौसम हो, लोमान्थाङ भ्रमणका लागि । लोमान्थाङमा भौगोलिक बनावट, हिमाली सभ्यता र संस्कृतिको अध्ययन तथा अवलोकनका लागि बर्सेनि विभिन्न देशका पर्यटक पुग्छन् । अधिकांश पर्यटक हिमशंखला अवलोकन गर्ने उद्देश्यसाथ जोमसोम, कागबेनी, मुक्तिनाथ, लोमाङथाङ हुँदै कोरलासम्म पुग्छन् ।

विश्वकै उत्कृष्ट पदमार्ग अन्नपूर्ण फेरोको पदमार्गले पनि लोमान्थाङ पुग्ने पर्यटकहरूको संख्या बढाएको छ। लमजुङको सदरमुकाम बेंसीसहरबाट सुरु हुने अन्नपूर्ण पदमार्गको यात्रा मनाङको तिलिचो तालको अवलोकन गर्दै थोराङपास गरेर मुक्तिनाथ भएर पनि पर्यटकहरू लोमान्थाङ पुग्छन् ।पदयात्राका सौखिनका लागि ५ हजार ४ सय १६ मिटरको थोराङ भन्ज्याङ पार गर्दा आफूलाई भाग्यमानी ठान्छन् ।

 

 

(Visited 98 times, 1 visits today)
Loading comments...