मंगलवार ३१ भाद्र, २०७६ (Tuesday, 17th September 2019)
३१ भाद्र, २०७६ (17 September 2019)

तारादेवीका तीन राष्ट्रिय कीर्तिमान

रुद्र सुवेदी
5 months ago
22/04/2019

 

नेपालगन्ज । आठौंअन्तर्गत नेपालगन्जको नगरभवनमा जारी भारोत्तोलन प्रतियोगिताको तेस्रो दिन १५ वटा राष्ट्रिय कीर्तिमान बन्दा विभागीय नेपाल पुलिस क्लबकी तारदेवी पुनले तीन राष्ट्रिय कीर्तिमान बनाएकी छन् । महिला ७६ किलो तौल समूहमा पुलिसकी तारादेवी पुनले स्न्याचमा ७४ किलो, क्लिन एन्ड जर्कमा ९७ र कुल तौलमा १७१ किलो तौल उचाल्दै तीन राष्ट्रिय कीर्तिमान बनाइन् ।

प्रदेश ५ की कल्पना चौधरीले रजत पदक जितिन् । महिला ६४ केजीमा विभागीय टिम नेपाल आर्मीका शारदा चौधरीले स्न्याच, क्लिन एन्ड जर्क र कुल तौलमा गरी तीनवटै राष्टिय कीर्तिमान कायम गरिन् । चौधरीले स्न्याचमा ६० किलो, क्लिन एन्ड जर्कमा ८२ र कुल तौलमा १४२ किलो तौल उचाल्दै तीनवटा राष्ट्रिय कीर्तिमान आफ्नो नाममा दर्ता गराइन् । प्रदेश ५ की रामकुमारी चौधरीले रजत तथा नेपाल प्रहरीका पूजा कुमालले कांस्य जिते ।

महिला ७१ किलो तौल समूहमा पुलिसकी राजलक्ष्मी थापाले स्न्याचमा ६३ किलो, क्लिन एन्ड जर्कमा ८१ र कुल तौलमा १४४ किलो तौल उचाल्दै तीन राष्ट्रिय कीर्तिमान आफ्नो नाममा दर्ता गराइन् । प्रहरीकै जानकी बुढाले रजत तथा प्रदेश २ की प्रमिला चौधरीले कांस्य जितिन् ।

पुरुष ८१ केजीमा पुलिसका विकाश थापाले स्न्याचमा ११५ किलो, क्लिन एन्ड जर्कमा १३५ र कुल तौलमा २५० किलो तौल भार वहन गर्दै तीन कीर्तिमानसहित स्वर्ण जिते । एपीएफका महेश चौधरीले रजत तथा एपीएफकै सन्तोष चौधरीले कांस्य जिते ।

पुरुष ८९ केजीमा आर्मीका दिनेश कार्कीले स्न्याचमा ९८ किलो, क्लिन एन्ड जर्कमा १३२ र कुल तौलमा २३० किलो तौल उचाल्दै क्लिन एन्ड जर्क र कुल तौलमा दुई राष्ट्रियकीर्तिमान बनाए । पुलिसका ओमप्रकाश वैश्यले स्न्याचमा ९९ किलो भार वहन गर्दै कीर्तिमानसहित रजत जिते । एपीएफका तिलक थापाले कांस्य पाए ।

 

कराते

आठौं कराते प्रतियोगिता महिला ४२ केजी कुमुतेतर्फ एपीएफकी जिया कार्कीले स्वर्ण पदक हात पारेकी छन् । त्यस्तै, नेपाली सेनाकी कुशुम खड्काले रजत जित्दा प्रदेश २ की मीरा योञ्जन र प्रदेश ७ की वर्षा साउदले कांस्य हात पारे । त्यस्तै, ५० केजी महिला कुमुतेतर्फ नेपाली सेनाकी मिस्ली श्रेष्ठले स्वर्ण जितिन् ।

त्यस्तै, एपीएफकी अनु अधिकारीले रजत जित्दा प्रदेश २ की एलिशा तामाङ र प्रदेश ३ की सविना श्रेष्ठले कांस्य जितन् । त्यस्तै, ५० केजी पुरुष कुमुतेतर्फ नेपाल प्रहरीका सोनाम लामाले स्वर्ण जिते । त्यस्तै, एपीएफका वीरबहादुर तामाङले रजत जित्दा प्रदेश ३ का साजन मोक्तान र नेपाली सेनाका विश्व खत्रीले कांस्य हात पारे ।

 

दुवै टोली सेमिफाइनलमा

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत भलिबलमा गण्डकी प्रदेशका पुरुष र महिलाको दुवै टोली सेमिफाइनलमा प्रवेश गरेका छन् ।

समूह चरणको अन्तिम खेलमा गण्डकीले पुरुषतर्फ कर्णाली प्रदेशलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्दा महिला टोलीले विभागीय त्रिभुवन आर्मी क्लबको चुनौती पन्छाउँदै एक खेलअगावै अन्तिम चारमा पुग्न सफल भएका हुन् ।

गण्डकी प्रदेश पुरुषतर्फ समूह

‘क’ को उपविजेता बन्दा आर्मी एक खेलअगावै समूह विजेता बन्यो । गण्डकीले कर्णाली प्रदेशलाई २५–१७, २५–१४ र २५–२१ ले हराउँदै चार खेलबाट ९ अंक जोडेपछि सेमिफाइनल प्रवेश गरेको हो । अब आर्मीले कर्णाली प्रदेशसँग खेल्न बाँकी छ ।

महिलातर्फ निकै नै महŒवपूर्ण खेलमा गण्डकीले त्रिभुवन आर्मी क्लबमाथि ३–२ को संघर्षपूर्ण जित निकाल्दै एक खेलअगावै सेमिफाइनलमा पुग्न सफल भयो । गण्डकीले सुरुवाती दुई सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै ३–२ को जित निकाल्न सफल भएको हो ।

गण्डकीले आर्मीमाथि १३–२५, १७–२५, २५–२३, २५–२१ र १६–१४ को संघर्षपूर्ण जित निकाल्यो । महिलातर्फ गण्डकीसँगै प्रदेश ३, एपीएफ र पुलिसले सेमिफाइनलमा स्थान बनायो । प्रदेश ३ ले कर्णली प्रदेशलाई तथा एपीएफले सुदूरपश्चिम प्रदेशलाई समान ३–० को सोझो सेटमा पाखा लगायो । पुरुषतर्फ समूह ‘ख’ बाट नेपाल पुलिस क्लब विजेता तथा नेपाल एपीएफ समूह उपविजेता बन्दै अन्तिम चारको यात्रा तय ग¥यो ।

(Visited 28 times, 1 visits today)
Loading comments...