शनिवार ४ श्रावण, २०७६ (Saturday, 20th July 2019)
४ श्रावण, २०७६ (20 July 2019)

दर्शक हँसाउने जात्रैजात्राको शीर्ष गीत

राजधानी समाचारदाता
3 months ago
22/04/2019

काठमाडौं । आगामी ३ जेठमा दुई चलचित्र रिलिज हुँदै छन् । यसअघि प्रदर्शन तय भएको नेपाली चलचित्र ‘वीरविक्रम–२’सँग अर्को चलचित्र ‘जात्रैजात्रा’ पनि जुध्ने भएको छ ।

सोही कारण जात्रैजात्रा आक्रमक रूपमा प्रचारप्रसारमा उत्रिन थालेको छ । यो चलचित्रको नयाँ गीत जीवन जात्रा हो…को भिडियो ओएसआर डिजिटलमार्फत रिलिज गरिएको हो ।

गीतको भिडियोमा छोटो समयमै दर्शकले निकै रुचाएका छन् । अर्जुन भट्टराईले लेखेको यो गीतलाई कालीप्रसाद बाँस्कोटाले गाएका छन् । गीतमा संगीत पनि बाँस्कोटाकै छ । गीतको भिडियो हास्य रसयुक्त छ । गीत निकै मिठो र सन्देश प्रधान बनेको छ ।

यो गीतको भिडियामा फिल्मका तीन मुख्य कलाकार विपिन कार्की, रवीन्द्र झा र रवीन्द्रसिंह बानियाँको रमाइलो अभिनय छ । चलचित्रको यो शीर्ष गीतमा जीवन र जात्रालाई जोडिएको छ । यो चलचित्रलाई निर्देशक प्रदीप भट्टराईले गरेका हुन् ।

(Visited 47 times, 1 visits today)
Loading comments...