शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

सार्वजनिक नीति (नीति र कार्यक्रमलाई Right Tracking गर्ने काम)

राजधानी समाचारदाता
6 months ago
22/04/2019

 

अनुगमन

नुगमनले What Happen,How and Why को जवाफ दिन्छ । यसमा अनपेक्षित परिणाम र कार्यान्वयनमा आएका वा आउन सक्ने समस्याहरू के छन् भनेर हेरिन्छ । सार्वजनिक नीतिको कार्यान्वयन कसरी भएको छ भनेर निरन्तर अवलोकन, सुपरिवेक्षण र निरीक्षण गरिनु नै सार्वजनिक नीतिको अनुगमन हो । नीति अनुगमन कार्यान्वयनको चरणमा मात्र गरिन्छ ।

अनुगमन नीति कार्यान्वयन सँगसँगै जाने प्रक्रिया हो । यसले कार्यान्वयनको गुणात्मकता र समस्या पहिचान गरी कार्यान्वयनका लागि भावी मार्गदर्शन गर्ने काम गर्दछ । अनुगमन निरीक्षण र सुपरिवेक्षण मात्र नभै समस्या पहिचान, समाधानका सुझावसहितको मार्गदर्शनको समग्र Package हो । अनुगमन Independent, Expert base, Timely र With Objectives हुन्छ । प्रभावकारी अनुगमनका लागि–

Monitoring Plan  (कहिले, कसले र कसरी गर्ने ?
Framework- Performance / Monitoring Indicator  बनाउने ।
Institutional Capacity- Expert छन छैनन् ।Resource छ छैन ?
Conventional Participatoy Monitoring मा जोड दिने ।
Reinforcement- Reward/Punishment को माध्यमबाट ।
Authority छ छैन ? Correction का लागी ।
Monitoring  को स्तर
Input, Activities and Result Monitoring लाई एकै स्तरमा नराख्ने । Output होइन Impact हेर्ने ।

मूल्यांकन

नीतिको प्रभावकारी कार्यान्वयनका लागि भएका प्रयास, उठेका समस्या र सोको समाधानका अवस्थाहरू, प्राप्त नतिजा र सोको असरको स्वतन्त्र विश्लेषण गर्ने काम । नीतिको उद्देश्य, विषयवस्तु, कार्यान्वयनको अवस्था र यसका असरको Estimation, Assessment र Appraisal लाई नीतिको मूल्यांकन भनिन्छ ।
नीतिले निर्दिष्ट गरेका उद्देश्य हासिल हुन सके सकेनन् तथा सम्बन्धित नीतिको कार्यान्वयनको प्रभाव र असरको लक्षित समूहमा सकारात्मक परिवर्तन देखाउन सक्यो वा सकेन भन्ने कुराको आँकलन गर्ने काम नै नीति मूल्यांकन हो ।
नीति मूल्यांकनले –
नीति कार्यान्वयनको प्रमुख असर के रह्यो ?
नीतिको उपादेयता कस्तो रह्यो ?
Structural/Functional Weakness के देखिए ?
सुधारका क्षेत्र र विषय के हुन सक्छन् ?
अब भविष्यमा कसरी अगाडि बढने जस्ता प्रश्नको जवाफ खोज्छ ।

नीति मूल्यांकनमा–
Implementability Evaluation– कार्यान्वयन गर्न सकिनेछ वा छैन हेर्ने ।
Performance Evaluation- QQCT को मूल्यांकन ।
Impact Evaluation- प्राप्त उपलब्धि हेर्ने ।
Effectiveness Evaluation- impact को आधारमा Effectiveness हेर्ने ।
Strategic Evaluation-Long term Impact हेर्ने ।

नीति मूल्यांकनका आधार
प्रभावकारिता– अपेक्षित उद्देश्य प्राप्त भयो वा भएन ?
दक्षता÷कार्यकुशलता – लागतको तुलनामा उपलब्धि कति ?
समता – न्यायोचित वितरण छ छैन ?
पर्याप्तता – कुनै उद्देश्य प्राप्त गर्न पर्याप्त छ छैन ?
उपयुक्तता – उपयुक्त नीति तर्जुमा भयो वा भएन ?
जवाफदेहिता – आवश्यकता पूरा गर्न सक्यो वा  सकेन ?
जनताको सन्तुष्टिको स्तर कति छ ?
Rationality
Value for Money
Inclusiveness

 

नेपालमा नीति मूल्यांकनका समस्या

Evaluation Effectiveness is Determined by – (A×W×I)+E

A = Ability Facto

मूल्यांकन गर्ने क्षमता कम छ ?  Resource, Manpower, Skill, Information को कमीले ।

W = Willingness Factor

राजनतिक र प्रशासनिक प्रतिबद्धता छैन ।
Buck Passing Tendency  छ ।
Performance oriented Culture भ छैन ।
कर्मचारीको अवरोध छ ।

I = Instrumentality Factor
Indicator  वस्तुनिष्ठ र समय सापेक्ष छैनन् ।
Procedure झन्झटिलो छ ।
Action एबिल बनाइँदैन ।

E = Environmental Factor
Supporting Environment छेन ।
Politician, Donor Agency / Citizen को Co-operation कम छ ।

यसका साथै
नीति लक्ष्यमा स्पष्टता छैन ।
कारण र परिणाम छुट्याउन गाह्रो छ ।
Bias हुने अवस्था छ ।
मूल्यांकन औपचारिकतामा मात्र सिमित छ ।
नीति प्रभावको अनिश्चितता छ ।
नीति प्रभावको फैलावट बढी छ ।

नेपालमा सार्वजनिक नीति तर्जुमा Hypothesisमा आधारित हुन्छ भने कार्यान्वयन Reality मा आधारित हुने भएकाले कार्यान्वयनमा समस्या छ ।

नेपालमा सार्वजनिक नीतिहरू किन सफल हुँदैनन् ?
स्रोतसाधनको अपर्याप्तता छ ।
निष्क्रिय प्रशासनका कारण ।
जनताको प्रतिक्रिया नकारात्मक हुने भएकाले ।
असंगत, महत्वाकांक्षी र नमिल्दा लक्ष्यहरू ।
बृहत् लागत ।
समाधानविहीन समस्या ।
समस्यामा परिवर्तन आइरहने ।
नयाँ समस्याको श्रृजना भएमा ।
बहुतत्वको उपस्थिति ।
बढ्दो राजनीतिक दवाब ।
नीतिको उद्देश्य र बजेटबीच तालमेल नहुनु ।
Need Based  हुदैनन् ।

(Visited 223 times, 1 visits today)
Loading comments...