सोमवार ६ जेठ, २०७६ (Monday, 20th May 2019)
६ जेठ, २०७६ (20 May 2019)

बेरुजु फर्छ्यौटमा उत्कृष्ट काम गर्ने ९ प्रहरीलाई सम्मान

महेश्वर गौतम
4 weeks ago
22/04/2019

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीको बेरुजु फर्छ्यौटमा उत्कृष्ट काम गर्ने ९ जना प्रहरीलाई सम्मान गरेका छन ।
सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा महानिरीक्षक खनालले बेरुजु फर्छ्यौटमा उत्कृष्ट काम गरेको भन्दै पुरस्कार तथा प्रशंसापत्रले सम्मान गरेका हुन ।

पुरस्कृत हुनेहरुमा प्रहरी नायव महानिरीक्षक कमल बहादुर जिटी, प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापा, प्रहरी नायव उपरीक्षकद्वय टेकबहादुर कार्की तथा मदन कुमार थापा, प्रहरी निरीक्षकहरू मातृका प्रसाद गुरागाईं, सुमन कुमार थापा, नवराज सापकोटा तथा दिनेश तिमिल्सिना र प्रहरी जवान फनाधर खनाल छन ।

कार्यक्रममा महानिरीक्षक खनालले सर्वोत्कृष्ट काम गरेमा संगठनको इज्जत र प्रतिष्ठा समेत बढ्ने भन्दै संगठनको कामलाई मर्यादित बनाउन आफ्नो ज्ञान, विवेकको प्रयोग गर्दै उर्जाका साथ काम गर्न आग्रह गरे ।

उत्कृष्ट कामको सबैले उच्च कदर गर्ने भन्दै महानिरीक्षक खनालले आगामी दिनमा पनि त्रुटीरहित तवरबाट काम गर्न आग्रह गरे ।
आ.व.२०७३/०७४ सम्म नेपाल प्रहरीमा कायम कूल बेरुजुमध्ये समग्रमा ८५.१४ प्रतिशत बेरुजु फर्छ्यौट गरिएको र गृह मन्त्रालय अन्तर्गतका विभाग र कार्यालयहरूमध्ये बेरुजु फर्छ्यौटमा नेपाल प्रहरी सर्वोत्कृष्ट भएपछि नेपाल सरकारको निर्णय अनुसार प्रहरीले आफ्ना कर्मचारीहरुलाई पुरस्कृत गरेकोे हो ।

यसअघि ५ वैशाखमा गृह मन्त्रालयमा आयोजित समारोहमा गृहमन्त्री रामबहादुर थापाले प्रहरी महानिरीक्षक खनाललाई बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट भएको भन्र्दै नगद तथा सम्मानपत्र सहित सम्मान गरेका थिए ।

(Visited 27 times, 1 visits today)
Loading comments...