शनिवार ४ श्रावण, २०७६ (Saturday, 20th July 2019)
४ श्रावण, २०७६ (20 July 2019)

कांग्रेस सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ : देउवा

रासस
3 months ago
22/04/2019

दमक । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्र्रेस जिम्मेवारसँगै सशक्त प्रतिपक्षको भूमिकाबाटै जनताको पक्षमा दृढताका साथ उभिने बताएका छन् ।

झापाको दमकमा कांग्रेस क्षेत्रीय समितिको नवनिर्मित कार्यालय भवनको उद्घाटन तथा ६ पुराना कार्यकर्तालाई सम्मान गर्दैै उनले वर्तमान सरकारबाट जनता आशावादी होइन, आजित हुँदै गएको आरोप लगाए ।

‘चुनावमा अनेकौँ लालच देखाए पनि सरकारमा आएपछि गतिलो काम गर्न सकेका छैनन्,’ उनले भने । उनले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउन खोजेको, जथाभावी पत्रकार पक्राउ गर्न थालेको, सेना परिचालनको अधिकार प्रधानमन्त्री मातहत ल्याउन खोज्नु अधिनायकवादको संकेत भएको जिकिर गरे ।

पार्टी विधानअनुसार बाँकी रहेका समिति सबैको सहमतिमै गठन गर्ने स्पष्ट पार्दै सभापति देउवाले पार्टीलाई बलियो बनाउन खाँचो रहेको आँैल्याए । कांग्रेसको भविष्य सबै नेता, कार्यकर्तामा रहेकाले अब कांग्रेसलाई बलियो र जनताको कांग्रेस बनाउन जुट्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा कांग्रेस उपसभापति विजयकुमार गच्छदार, महामन्त्री डा.शशांक कोइराला र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारको कार्यशैलीको आलोचना गरे ।

कांग्र्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, राष्ट्रियसभा सदस्य सरिता प्रसाईं, काङ्ग्रेस केन्द्रीय सदस्य भीष्मराज आङदेम्बे, धनराज गुरुङ, जिल्ला सभापति उद्धव थापा, महेन्द्रकुमारी लिम्बूलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

(Visited 23 times, 1 visits today)
Loading comments...