शनिवार ४ श्रावण, २०७६ (Saturday, 20th July 2019)
४ श्रावण, २०७६ (20 July 2019)

चुनावअघि भारतमा लोकसभाका उम्मेदवार नै पक्राउ

एजेन्सी
3 months ago
22/04/2019

पिपिली । भारतमा विभिन्न चरणमा भइरहेको लोकसभा निर्वाचनमा उम्मेदवार रहेका एक जना आकांक्षीलाई प्रहरीले पक्राउ गरेको छ ।

विजु जनता दल (विजेडी) का तर्फबाट पिपिली निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनुभएका प्रदीप महारथीलाई प्रहरीले पक्राउ गरेको हो ।

निर्वाचनमा पैसा र बल प्रयोग गन खोजेको आरोपमा उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी अधिकारीहरूले जनाएका छन् ।

उडिसा प्रदेशको २१ निर्वाचन क्षेत्रबाट निर्वाचित हुने १४७ सदस्यका लागि चार चरणमा मतदान हुन लागेको छ ।

यसअघि पहिलो चरणको मतदान यही अप्रिल ११ तारिखका दिन र दोस्रो चरणको मतदान अप्रिल १८ तारिखका दिन भएको थियो भने तेस्रो र चौथो चरणको मतदान यही अप्रिल २३ र २९ मा हुने भएको छ ।

भारतमा आउँदो मे १९ सम्ममा देशभरी नै मतदान सम्पन्न गरेर मे २३ मा नतिजा सार्वजनिक गर्ने निर्वाचन तालिका रहेको छ ।

(Visited 49 times, 1 visits today)
Loading comments...