शनिवार ४ श्रावण, २०७६ (Saturday, 20th July 2019)
४ श्रावण, २०७६ (20 July 2019)

विवाहको पाँच दिनमै पति वियोग !

राजधानी संवादाता
3 months ago
22/04/2019

पोखरा । कास्कीमा एक नवविवाहिता विवाहको पाँच दिनमा नै पति वियोगमा परेकी छन् ।

कास्कीको पोखरा–७ मासबार निवासी सिर्जना राउतले विवाहको खुसी साट्न नपाउँदै पति गुमाएकी हुन् । उनको पाँच दिनअघि पोखरा–३३ का सन्दीप कुँवरसँग विवाह भएको थियो ।

सोमबार म्याग्दे–१ गुणादीमा भएको मोटरसाइकल दुर्घटनामा परी कुँवरको निधन भएको हो । मोटरसाइकलको पछाडि बसेकी सिर्जना घाइते भएकी छन् ।

उनको खुट्टा भाँचिएको छ । उनको मणिपाल अस्पतालमा उपचार भइरहेको छ । उनीहरु सवार मोटरसाइकल यात्रु बसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

(Visited 1,286 times, 1 visits today)
Loading comments...