सोमवार ६ जेठ, २०७६ (Monday, 20th May 2019)
६ जेठ, २०७६ (20 May 2019)

जेलेन्स्कीसँग सहकार्यबारे बोल्नु हतार हुन्छ : क्रेमलिन

एजेन्सी
4 weeks ago
22/04/2019

मस्को । रूसी प्रशासन केन्द्र क्रेमलिनले नवनिर्वाचित यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग सहकार्य हुनसक्ने वा नसक्ने बिषयमा अहिल्यै बोलिहाल्नु हतार हुने बताएको छ ।

क्रेमलिनले भनेको छ, ‘हास्यकलाकारबाट यूक्रेनको राष्ट्रपतिमा निर्वाचित जेलेन्स्कीसँग सहकार्य हुनसक्ने विषयमा तत्काल प्रतिक्रिया दिनु हतार हुनेछ ।’

यूक्रेनमा भएको निर्वाचनको परिणामअनुसार वर्तमान राष्ट्रपति पेट्रो पोरोसेन्कोलाई भारी मतान्तरमा हराएर जेलेन्स्की राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हास्यकलाकारबाट राष्ट्रपतिमा निर्वाचित भएका जेलेन्स्कीलाई बधाई दिने वा सहकार्य गर्नेबारे कुरा गर्नु हतार हुनेछ,’ क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले भने, ‘यो उहाँको कामको आधारमा निर्णय गरिने मुद्दा हो ।’

(Visited 38 times, 1 visits today)
Loading comments...