मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

राजु एक्लैलाई पाँच स्वर्ण

राजधानी समाचारदाता
3 months ago
23/04/2019

नेपालगन्ज । आठौंअन्तर्गत राष्ट्रिय जिम्न्यास्टिक प्रतियोगितामा एपीएफका राजु राईले पाँच स्वर्ण जितेका छन् । राजुले थप १ रजत पनि जिते । सातौं राष्ट्रिय खेलकुदमा भने राजुले ७ स्वर्ण जितेका थिए ।

कारकाँडोस्थित जुडो हलमा भएको प्रतियोगितामा राजुले पुरुष फ्लोरमा ७ दशमलव ७५ अंक जोड्दै स्वर्ण जिते । एपीएफका दिनेश सुनुवार दोस्रो तथा प्रदेश ३ का उज्ज्वल तिवारी तेस्रो भए । भल्टिङ टेबलमा राजुले रजतमा चित्त बुझाउँदा प्रदेश ३ का उज्ज्वल तिवारीले ७ दशमलव २५ अंक जोड्दै पहिलो स्थान हात पारे । प्रदेश ३ कै त्रिदेव गिरी तेस्रो बने । प्यारलल बारमा राजु ७ दशमलव ४ अंकसाथ शीर्ष स्थानमा रहे । प्रदेश ३ का सत्यनारायण मानन्धर दोस्रो तथा प्रदेश ७ का जीतेन्द्र चौधरी तेस्रो भए । पोमेल हर्समा पहिलो भएका राजुले ५ दशमलव ९० अंक जोडे । एपीएफकै रिकेश तामाङ दोस्रो तथा प्रदेश ३ का त्रिदेव गिरी तेस्रो भए ।

अलराउन्डमा पहिलो स्थान हात पारेका राजुले २६ दशमलव ९० अंक प्राप्त गरे । प्रदेश ३ का सत्यनारायण मानन्धर दोस्रो तथा एपीएफका विष्णु बाटा तेस्रो भए । राजुले थप एक स्वर्ण टिम इभेन्टमा जिते । राजुसहितको रिकेश तामाङ, रमेश श्रेष्ठ, श्रीकृष्ण खरबुजा, दिनेश सुनुवार र विष्णु बाटाको टोलीले ११० दशमलव ६० अंक जोड्दै स्वर्ण जितेको हो । प्रदेश ३ दोस्रोे तथा प्रदेश ७ तेस्रो भए ।

महिलाको टिम इभेन्टमा प्रदेश ३ ले स्वर्ण हात पा¥यो । प्रदेश ३ का तारा सिवाकोटी, जेनिसा थापा, प्रकृति थापा मगर, रिजु रन्जित, सौभाग्य कोजु र सविक्षा सुवालको टोलीले ४८ दशमलव ५७५ अंक जोडे । एपीएफ दोस्रोे तथा प्रदेश ७ र प्रदेश ५ तेस्रो भए । एपीएफकी पिंकी झाङले दोहोरो स्वर्ण चुमिन् । पिंकीले महिला भल्टिङमा ७ दशमलव ७० अंक जोडिन् । प्रदेश ३ की तारा सिवाकोटी दोस्रोे तथा आर्मीकी विदिशा न्यौपाने तेस्रो भए । पिंकीले फ्लोर स्पर्धामा अर्को स्वर्ण चुमिन् । प्रदेश ३ की तारा सिवाकोटी र आर्मीकी विदिशा न्यौपाने तेस्रो भए ।

महिला अलराउन्डमा प्रदेश ३ की तारा सिवाकोटी पहिलो भइन् । ताराले १६ दशमलव ९५ अंक हासिल गरिन् । एपीएफकी लुमिला मानन्धर दोस्रोे तथा प्रदेश ३ की प्रकृति थापा मगर तेस्रो भए ।

(Visited 15 times, 1 visits today)
Loading comments...