मंगलवार ७ जेठ, २०७६ (Tuesday, 21st May 2019)
७ जेठ, २०७६ (21 May 2019)

आठौं राष्ट्रिय खेलकुद, गौरिकाको अर्काे राष्ट्रिय कीर्तिमान

रामसूदन तिमल्सिना/रुद्र सुवेदी
4 weeks ago
23/04/2019

नेपालगन्ज। ओलम्पियन तथा कीर्तिमानी पौडीवाज त्रिभुवन आर्मी क्लबकी पौडीबाज गौरिका सिंहले आठौं अन्तर राष्ट्रिय पौडी च्याम्पियन अर्काे कीर्तिमान बनाएकी छन् ।

नेपालगन्जस्थित सिग्नेट होटेलको पौडी पोखरीमा सोमबार भएको महिला सय मिटर फ्रिस्टाइलमा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान भंग गरेकी हुन् । उनले ५९ दशमलव ६० सेकेन्डको समय निकालिन् । यसअघि उनको नाममा ५९ दशमलव ९१ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो ।

यो विधामा आर्मीकी सोफिया शाहले १ मिनेट २ दशमलव ५९ सेकेन्डको समय निकालिन् । एपीएफकी टिसा शाक्यले १ मिनेट ३ दशमलव ५६ सेकेन्डको समय निकालिन् ।

आर्मीकी गौरिकाले महिला ४ सय मिटर फ्री स्टाइलमा ४ मिनेट ४४ दशमलव ८१ सेकेन्डको साथ स्वर्ण जितिन् । आर्मीकै दुवाना लामाले ४ मिनेट ५० दशमलव ४७ सेकेन्डका साथ रजत तथा एपीएफकी टिसा शाक्यले ५ मिनेट १२ दशमलव शून्य ४ सेकेन्डका साथ कांस्य हात पारिन् । यही विधाको पुरुषमा एनआरएनएका नाथन दोर्जी शेर्पाले ४ मिनेट ३३ दशमलव शून्य ९ सेकेन्डका साथ स्वर्ण जिते । एपीएफका नासिर हुसेनले रजत तथा एपीएफकै उर्गेन महर्जनले कांस्य जित्न सफल भए ।

पुरुष सय मिटर फ्री स्टाइलमा आर्मीकै एलेक्स शाहले हिट्समा ५५ दशमलव ३८ सेकेन्डको समय निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाए । फाइनल स्पर्धामा भने एलेक्सले ५५ दशमलव ६३ को समय निकाले । पुलिसका सायद हम्जा शाहले ५५ दशमलव ९४ सेकेन्डको तथा आर्मीका अनभव सुब्बाले ५७ दशमलव ३० सेकेन्डको समय निकाले । महिला २ सय मिटर ब्रेस्टस्ट्रोकमा आर्मीकी दुवाना लामाले २ मिनेट ५५ दशमलव शून्य ९ सेकेन्ड समयका साथ स्वर्ण जितिन् । आर्मीकै उपस्थी महर्जनले ३ मिनेट शून्य दशमलव ५३ सेकेन्डका साथ रजत तथा पुलिसकी अदिप्सा वैद्यले ३ मिनेट ३ दशमलव ६२ सेकेन्डका साथ कांस्य जितिन् । पुरुष २ सय मिटर ब्रेस्टस्ट्रोकमा एपीएफका सुभम श्रेष्ठले स्वर्ण, पुलिसका दिपांकर अवालेले रजत तथा प्रदेश १ का बिकास कुमालले कांस्य जिते ।

महिला ५० मिटर बटरफ्लाईमा आर्मीकी सोफिया शाहले स्वर्ण जितिन् । पुलिसकी अुनसिया तन्डुकारले रजत तथा एपीएफकी श्रीवी महर्जनले कांस्य हात पारिन् । पुरुष ५० मिटर बटरफ्लाईमा पुलिसका सायद हम्जा शाहले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जिते । उनले हिटमा २७ दशमलव १० सेकेन्डको तथा फाइनल राउन्डमो २७ सेकेन्डको समय निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाए । आर्मीका अनुभव सुब्बाले २७ दशमलव २२ सेकेन्डका साथ रजत तथा एपीएफका तेन्जिङ नाम्डोल रायन गुरुङले २९ दशमलव ६२ सेकेन्डको समय निकाल्दै कांस्य हात पारे ।

 

राजु एक्लैलाई पाँच स्वर्ण

आठौंअन्तर्गत राष्ट्रिय जिम्न्यास्टिक प्रतियोगितामा एपीएफका राजु राईले पाँच स्वर्ण जितेका छन् । राजुले थप १ रजत पनि जिते । सातौं राष्ट्रिय खेलकुदमा भने राजुले ७ स्वर्ण जितेका थिए ।

कारकाँडोस्थित जुडो हलमा भएको प्रतियोगितामा राजुले पुरुष फ्लोरमा ७ दशमलव ७५ अंक जोड्दै स्वर्ण जिते । एपीएफका दिनेश सुनुवार दोस्रो तथा प्रदेश ३ का उज्ज्वल तिवारी तेस्रो भए । भल्टिङ टेबलमा राजुले रजतमा चित्त बुझाउँदा प्रदेश ३ का उज्ज्वल तिवारीले ७ दशमलव २५ अंक जोड्दै पहिलो स्थान हात पारे । प्रदेश ३ कै त्रिदेव गिरी तेस्रो बने । प्यारलल बारमा राजु ७ दशमलव ४ अंकसाथ शीर्ष स्थानमा रहे । प्रदेश ३ का सत्यनारायण मानन्धर दोस्रो तथा प्रदेश ७ का जीतेन्द्र चौधरी तेस्रो भए । पोमेल हर्समा पहिलो भएका राजुले ५ दशमलव ९० अंक जोडे । एपीएफकै रिकेश तामाङ दोस्रो तथा प्रदेश ३ का त्रिदेव गिरी तेस्रो भए ।

अलराउन्डमा पहिलो स्थान हात पारेका राजुले २६ दशमलव ९० अंक प्राप्त गरे । प्रदेश ३ का सत्यनारायण मानन्धर दोस्रो तथा एपीएफका विष्णु बाटा तेस्रो भए । राजुले थप एक स्वर्ण टिम इभेन्टमा जिते । राजुसहितको रिकेश तामाङ, रमेश श्रेष्ठ, श्रीकृष्ण खरबुजा, दिनेश सुनुवार र विष्णु बाटाको टोलीले ११० दशमलव ६० अंक जोड्दै स्वर्ण जितेको हो । प्रदेश ३ दोस्रोे तथा प्रदेश ७ तेस्रो भए ।

महिलाको टिम इभेन्टमा प्रदेश ३ ले स्वर्ण हात पा¥यो । प्रदेश ३ का तारा सिवाकोटी, जेनिसा थापा, प्रकृति थापा मगर, रिजु रन्जित, सौभाग्य कोजु र सविक्षा सुवालको टोलीले ४८ दशमलव ५७५ अंक जोडे । एपीएफ दोस्रोे तथा प्रदेश ७ र प्रदेश ५ तेस्रो भए । एपीएफकी पिंकी झाङले दोहोरो स्वर्ण चुमिन् । पिंकीले महिला भल्टिङमा ७ दशमलव ७० अंक जोडिन् । प्रदेश ३ की तारा सिवाकोटी दोस्रोे तथा आर्मीकी विदिशा न्यौपाने तेस्रो भए । पिंकीले फ्लोर स्पर्धामा अर्को स्वर्ण चुमिन् । प्रदेश ३ की तारा सिवाकोटी र आर्मीकी विदिशा न्यौपाने तेस्रो भए ।

महिला अलराउन्डमा प्रदेश ३ की तारा सिवाकोटी पहिलो भइन् । ताराले १६ दशमलव ९५ अंक हासिल गरिन् । एपीएफकी लुमिला मानन्धर दोस्रोे तथा प्रदेश ३ की प्रकृति थापा मगर तेस्रो भए ।

सेपाकताक्रोमा आर्मीको क्लिन स्विप

आठौंअन्तर्गत पाँचौं राष्ट्रिय सेपाकताक्रो प्रतियोगितामा समावेश चारै स्पर्धाको उपाधिमाथि आर्मीले कब्जा जमाएको छ । बर्दियाको गुलरियामा सोमबार सम्पन्न पुरुष डबल्सको अन्तिम फाइनलमा आर्मीले प्रदेश ३ लाई २१–१७ र २१–१२ को सोझो सेटमा पराजित ग¥यो । त्यसअघि आर्मीले महिला डबल्स तथा पुरुष÷महिला रेगुको फाइनल जितेको थियो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पुरुष÷महिला दुवैमा आर्मी, प्रदेश १, ३, ४, ५ र ७ गरी ६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

 

ह्यान्डबलमा एपीएफ र गण्डकी भिड्ने

आठौंअन्तर्गत राष्ट्रिय ह्यान्डबलको पुरुषमा एपीएफ र गण्डकी प्रदेश उपाधिका लागि भिड्ने भएका छन् । नेपालगन्ज रंगशाला परिसरमा भएको सेमिफाइनलमा एपीएफले अर्को विभागीय टोली आर्मीलाई ३२–२६ ले पराजित गर्दै फाइनलमा स्थान बनायो । एपीएफका लाकेन्द्र चन्दले ९ गोल गरे । अर्को सेमिफाइनलमा गण्डकीले प्रदेश ३ लाई ४०–१८ को फराकिलो गोलअन्तरले हरायो । गण्डकीका दिनेश श्रेष्ठ तथा करण थापाले समान ७–७ गोल गरे । प्रदेश ३ का अमर श्रेष्ठले ७ गोल गरे ।

नेपालगन्जस्थित जिल्ला प्रशासन कार्यालयको मैदानमा भएको प्रतियोगिताअन्तर्गत महिलाको उपाधि भिडन्त दुवै विभागीय टोली आर्मी र एपीएफबीच हुने भएको छ । आर्मीले प्रदेश १ लाई ३८–१७ ले पाखा लगायो । आर्मीकी कविता राईले ११ गोल गरिन् । एपीएफले गण्डकीलाई २२–४ ले पन्छायो । एपीएफकी देवी श्रेष्ठले ७ गोल गरिन् । पुरुष÷महिला दुवैको फाइनल मंगलबार नेपालगन्ज रंगशालामा तीन बजेदेखि सुरु हुनेछ ।

 

सेमिफाइनल समीकरण पूरा

आठौंअन्र्तगत भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बाँकेको खजुरास्थित नवनिर्मित भलिबल कोर्टमा सोमबार भएको समूह चरणको अन्तिम खेलपछि पुरुष र महिला दुवैको सेमिफाइनलमा समीकरण पूरा भएको हो ।

पुरुषतर्फ समूह ‘ए’ बाट उपाधिको दाबेदार त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश तथा समूह ‘बी’ बाट नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबले सेमिफाइनलको यात्रा तय गरे ।

महिलामा समूह ‘ए’ बाट उपाधिको दाबेदार एपीएफ समूह विजेता तथा नेपाल पुलिस क्लब समूह उपविजेता बन्दै अन्तिम चारमा पुग्न सफल भयो । समूह ‘बी’ बाट प्रदेश ३ समूह विजेता तथा गण्डकी प्रदेश समूह उपविजेता बन्यो ।

अब पुरुषतर्फको सेमिफाइनलमा आर्मी र एपीएफ तथा पुलिस र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । महिलामा एपीएफ र गण्डकी तथा प्रदेश ३ र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । सोमबार भएको पुरुषतर्फको खेलमा आर्मीले कर्णाली प्रदेशमाथि २५–१४, २५–१८ र २५–२१ को सहज जित निकाल्यो । पुरुषतर्फको अर्काे खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशमाथि ३–० को सहज जित निकाले पनि समूह विजेता बन्न सकेन । महिलातर्फ प्रदेश ३ ले गण्डकीमाथि २५–११, २५–१९ र २५–१५ को सहज जित निकाल्यो । अर्काे विभागीय डर्बी भिडन्तमा एपीएफले पुलिसको चुनौती २५–१८, २५–१६ र २५–१६ ले पन्छायो ।

 

दिवसलाई स्वर्ण

आठौंअन्तर्गत राष्ट्रिय करातेको पुरुष ८४ केजीमुनि प्रहरीका दिवस श्रेष्ठले स्वर्ण जितेका छन् । फाइनलमा उनले एपीएफका भीम तामाङलाई १३–५ ले पराजित गरे ।

पुरुष ७५ केजीमुनि प्रहरीका गंगाराम कुश्वाहाले प्रदेश ५ का उमेश गुरुङलाई ५–३ तथा ६७ केजीमा प्रदेश ४ का नवीन रसाइलीले एपीएफका सुवास घतानेलाई ९–१ ले हराउँदै स्वर्ण जिते ।

महिला ४८ केजीमुनि आर्मीकी सन्नी तामाङले प्रदेश ३ की निरुपमा तामाङलाई ७–२ तथा ६१ केजीमुनि प्रहरीकी एसतर राईले एपीएफकी मनीषा चौधरीलाई ३–२ ले पाखा लगाउँदै पहिलो भए । महिला ५५ केजीमुनि प्रदेश १ की अस्मिता राईले स्वर्ण जितिन् । एपीएफकी सोनी राईविरुद्धको खेलमा अस्मिता ‘सेन्सुइ’ का आधारमा विजयी भइन् । निर्धारित समयको खेल ५–५ को बराबरीमा सकिएको थियो ।

 

६ स्वर्णको टुंगो मंगलबार

आठौंअन्तर्गत तेक्वान्दो खेलको स्पाइरिङतर्फ मंगलबार विभिन्न ६ तौल समूहको स्वर्णको टुंगो लाग्ने भएको छ ।

पुरुष ८७ केजीमाथिको तौल समूहमा आर्मीका रामहरि महत र नेपाल पुलिस क्लबका अनुज पुजारी फाइनलमा प्रवेश गरेका छन् । महिला ७३ केजीमाथिको तौल समूहमा सुष्मा गुरुङ एपीएफ क्लब र नेपाल पुलिस क्लबकी मनिता शाही फाइनल प्रवेश गरेका छन् । सेमीमा पराजित गण्डकीकी मीरा गुरुङ र प्रदेश १ की पजु राईले कांस्य जिते ।

पुरुष ५८ केजीमुनि तौल समूहमा प्रदेश ५ का गोविन्दबहादुर आले र एपीएफका चन्द्र राना मगर फाइनलमा पुगे । आर्मीका सागर गुरुङ र सुदूरपश्चिम प्रदेशका रञ्जित साउदले कांस्य पाए ।

महिला ४९ केजीमुनि तौल समूहमा एपीएफ क्लबका अस्मिता खड्का र नेपाली सेनाकी युनिसा राई फाइनल प्रवेश गरेका छन् । प्रदेश १ की रक्षा धिमाल र गण्डकी प्रदेशकी राखी शर्माले कांस्य पदक प्राप्त गरे ।

पुरुषहरूको ५४ केजी तौल समूहमुनि एपीएफका गणेश चौधरी र नेपाल पुलिसका मनोज मल्ल फाइनलमा प्रवेश गरे । प्रदेश ५ का नवराज बस्नेत र प्रदेश ३ का सैलेश गिरीले कांस्य हात पारे । महिला ४६ केजीमुनि तौल समूहमा सुदूरपश्चिमकी गीता कठेत र नेपाल पुलिसकी रेजिना कार्की स्वर्णनजिक पुगेका छन् । एपीएफकी संगीता श्रेष्ठ र प्रदेश १ की सुष्मिता राईले कांस्य जिते ।

 

प्याराग्लाइडिङमा आर्मी च्याम्पियन

आठौंअन्तर्गत प्याराग्लाइडिङमा विभागीय त्रिभुवन क्लब टिम च्याम्पियन बनेको छ । सोमबार सम्पन्न प्रतियोगितामा आर्मीले ४ स्वर्ण र ४ रजत पदक जित्दै टिम च्याम्पियन बन्न सफल भएको हो । गण्डकी प्रदेशले २ स्वर्ण, १ रजत र ४ कांस्य जित्दै दोस्रो, प्रदेश १ ले एक रजत र १ कांस्यसहित तेस्रो तथा एक कांस्य जितेको प्रदेश ३ ले चौथो स्थान हात पा¥यो ।

 

निमा र मीनालाई स्वर्ण

 

 

 

आठौंअन्तर्गत १४औं राष्ट्रिय उसुको थाउलोतर्फ आर्मीकाद्वय १२औं दक्षिण एसियाली खेलकुद (साग)की स्वर्णधारी निमा घर्ती मगर र मीना ग्लानले स्वर्ण जितेका छन् । महिला नान् छवान्÷नान् तावमा निमाले समग्रमा १८ दशमलव २ अंक जोडिन् ।

प्रदेश ३ की अन्जिता स्याङ्तान दोस्रोे तथा कर्णाली प्रदेशकी सरु सोती तेस्रो भए । महिला थाइची छ्वान÷थाइची चेनमा आर्मीकी मिना ग्लान १८ दशमलव २१ अंकसाथ पहिलो भइन् । मीनाले १२औं सागकी रजत विजेता आर्मीकै सविता राईलाई पछि पारिन् ।

सविताले १७ दशमलव ९८ अंक जोडिन् । सुदूरपश्चिम प्रदेशकी सम्झना चौधरी तेस्रो भइन् । पुरुष थाइची छ्वान÷थाइची चेनमा आर्मीका हरिप्रसाद गोल पहिलो भए । उनले १८ दशमलव ४८

अंक जोडे । प्रदेश ३ का पासाङ शेर्पा दोस्रोे तथा सुदूरपश्चिमका जनक बुढा तेस्रो बने । पुरुष नान छ्वान÷नान कुनमा कर्णाली प्रदेशका दीपक हमालले स्वर्ण जिते । उनले १९ दशमलव १ अंक प्राप्त गरे ।

(Visited 64 times, 1 visits today)
Loading comments...