बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

प्रहरी किताबखानाका कर्मचारी घुस लिएको अभियोगमा कार्यकक्षबाटै पक्राउ

रासस
5 months ago
23/04/2019

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी किताबखाना लैनचौरमा कार्यरत कम्प्युटर अपरेटर सुरज केसीलाई रु दश हजार घुस लिएको अभियोगमा मंगलबार पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता प्रदीकुमार कोइरालाका अनुसार निवृत्तिभरणको अधिकारपत्र बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम लिएको अभियोग केसीमाथि लागेको छ । कम्प्युटर अपरेटर केसीलाई आयोगको टोलीले मंगलबार कार्यकक्षबाट नियन्त्रणमा लिएको हो । आरोपी केसीको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

(Visited 155 times, 1 visits today)
Loading comments...