सोमवार ६ जेठ, २०७६ (Monday, 20th May 2019)
६ जेठ, २०७६ (20 May 2019)

रुसमा छानियो नेपाली चलचित्र परिणाम

राजधानी समाचारदाता
4 weeks ago
24/04/2019

काठमाडौं।  रुसको मस्कोमा सोमबारबाट डिटेक्टिभफेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल–२०१९ सुरु भएको छ । यो सप्ताहव्यापी अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा एउटा नेपाली फिल्म पनि चयन भएको छ ।

सुवास गजुरेल निर्देशित नेपाली लघु चलचित्र ‘परिणाम’ महोत्सवका लागि चयन भएको छ । २० मिनेट लामो यस चलचित्रमा सपना श्रेष्ठ, गणेश उप्रेती, शुभाष गजुरेल, श्याम बरालको अभिनय रहेको छ ।

२९ अप्रिलजसम्म जारी रहने फेस्टिभलमा नेपालबाट नेपाली लघु चलचित्र ‘परिणाम’ मात्र छनोट भएको निर्देशक सुभाष गजुरेलले बताएका छन् । परिणाममा प्रकृति र सम्पदामाथि मानव जातिले गरेको अपराधबाट सिर्जित परिणामलाई उजागर गरिएको पनि गजुरेलले जानकारी गराएका छन् ।

‘नेपाल र नेपालीलाई यो फिल्मले विश्वसामु त चिनाउँछ नै । नेपालमा तीव्र गतिमा भइसकेको वातावरण विनाश र यसले निम्त्याएको परिणामले पनि यो फिल्ममार्फत दर्शकको ध्यान आकर्षण सो महोत्सवमा गर्नेछ ।’ निर्देशक गजुरेलले भने ।

गणेश कोइरालाको, छायांकन, जनजित केसीको सम्पादन, टोलगेन्द्र केसीको लेखन रहेको यो लघु चलचित्रलाई विश्वराम विष्ट, छविलाल पाण्डेले निर्माण गरेका हुन् ।

(Visited 34 times, 1 visits today)
Loading comments...