मंगलवार ७ जेठ, २०७६ (Tuesday, 21st May 2019)
७ जेठ, २०७६ (21 May 2019)

प्रेम विवादबीच मलाइकाको बेहुली फोटो सुट

एजेन्सी
4 weeks ago
24/04/2019

मुम्बई  । अभिनेत्री मलाइका अरोराको विवाह अर्जुन कपुरसँग हुने चर्चा अझै सेलाएको छैन । यसैबीच यी अभिनेत्रीले बेहुली वेशभूषामा फोटो सुट गरेर सामाजिक सञ्जालमा सेयर गरेकी छन् ।

उनले यस्तो फोटोलाई अबको गन्तव्य भनेकी छन् । बेहुली भेषमा फोटो खिचाएर सामाजिक सञ्जालमा सेयर गर्दैै उनले अबको गन्तव्य भनेर बेलुही हुने संकेत देखाएपछि यतिबेला उनी भारतीय मिडियामा छाएकी छिन् ।

अर्जुन कपुर र मलाइकासँग विवाह गर्ने चाहना यस अघि नै देखाएका थिए । तर, अर्जुनका पिता एवं बलिउड फिल्म निर्माता बोनी कपुरले अर्जुनलाई मलाइकासँग विवाह गर्ने अनुमति दिएनन् । सोही कारण प्रेममा रहेका यी जोडीको विवाह हुन सकेको छैन ।

अभिनेता अरबाज खानसँग एक दशकभन्दा लामो दाम्पत्य जीवन बिताएपछि गत वर्ष मलाइकाले अरबाजसँग सम्बन्ध विच्छेद गरेकी हुन् । उनी त्यतिबेलादेखि नै अर्जुन कपुरको प्रेममा छिन् । अहिले यी दुईलाई सबैभन्दा ठूलो चुनौती भनेको आफूहरूको प्रेम सम्बन्धलाई सार्थक तुल्याउन विवाह गर्नु हो । तर, पारिवारिक दबाबका कारण अर्जुनले मलाइकालाई घरमा भिœयाउन सकेका छैनन् । चाँडै उनीहरूको विवाह हुने समाचार मिडियामा बारम्बार आए पनि त्यो समाचारले पूर्ण हुन

सकेको छैन ।

 

 

(Visited 187 times, 1 visits today)
Loading comments...