मंगलवार ७ जेठ, २०७६ (Tuesday, 21st May 2019)
७ जेठ, २०७६ (21 May 2019)

विकासमा आफू अघि रहेको प्रमाणित गरेर देखाउनुस् : प्रधानमन्त्री

केशवराज पौडेल
4 weeks ago
24/04/2019

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहलाई विकासमा प्रतिस्पर्धा गर्न निर्देशक दिएका छन् ।

बुधवार काभ्रेको धुलिखेलमा एशीयाली विकास बैंकको ऋण सहयोगमा निर्माण गरिएको विद्यालय भवनको उद्घाटनमा बोल्दै प्रधानमन्त्री ओलीले स्थानीय तहका प्रमुख÷उपप्रमुखलाई निर्देशन दिँदै भने, ‘अब काममा प्रतिस्पर्धा गर्नुस्, विकासमा आफू अघि रहेको प्रमाणित गरेर देखाउनुस् ।’

विकासमा चौतर्फी उभारहरु संचालन गर्न प्रधानमन्त्री ओलीले स्थानीय निकायलाई निर्देशन दिए । काभ्रेमा खानेपानीका ठूला कार्यक्रम संचालन हुँदैछन् प्रधानमन्त्री ओलीले भने, ‘त्यस्तै कामहरु बाटाका सम्बन्धमा, बिजुली, खानेपानी, अस्पतालका सम्बन्धमा हाम्रा स्थानीय तहहरुका बिचमा प्रतिस्पर्धा हुनेछ ।’ उनले थपे, ‘अब स्थानीय तहबिच विकासको प्रतिस्पर्धा सुरु भएको छ ।’

‘अब कुन ठाँउको पत्रिका पत्रिका जस्ता छन्, कुन ठाँउको विद्यालय विद्यालयनै जस्तो छ, कहाँका शिक्षक शिक्षक जस्ता छन् भनेर प्रतिस्पर्धा हुन्छ’, प्रधानमन्त्री ओलीले भने । उनले भुकम्पपछिका सार्वजनिक सम्पदाहरुको पुनः निर्माणका संरचनाहरु बलियो ढंङ्गले बनेको बताएका छन् ।

उनले काभ्रेको धुलिखेलमा रहेको ऐतिहासिक तथा पुरानो विद्यालय सञ्जिवनी माध्यामिक विद्यालयको ४८ कोठे भवनको उद्घाटन गर्दै भुकम्पपछिका विद्यालयहरु बलियो ढंङ्गवाट निर्माण भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले धराहरा र रानीपोखरी जस्ता ऐतिहासिक सम्पदाहरु बाहेक २०७६ सालभित्र विद्यालय, स्वास्थ्यचौकी र निजी आवासहरुको पुनः निर्माण सम्पन्न हुने बताएका हुन् । ‘निजी तथा सामुदायिक भवनहरुको संरचना २०७६ सालभित्र तयार हुनेछन् ’ प्रधानमन्त्री ओलीले भने, ‘धरहरा र रानीपोखरी र केहीकेही पुरातात्विक संरचना बनाउन केही समय लाग्नेछ ।’ उनले त्यस्ता संरचनाको वास्तु र ऐतिहासिकतालाई कुनै पनि हालताम मर्न नदिने गरि काम भैरहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले समुदायमा एउटा विद्यालय स्थापना हुनु निक्कै खुसीको बिषय रहेको बताएका छन् । ‘विद्यालय निर्माण हुनु भनेको अभिभावक शिक्षक, समुदाय र शिक्षाप्रेमीको लायि खुसीको बिषय हो’, प्रधानमन्त्री ओलीले भने ।

उनले बिस २००६ सालमा स्थापना भएको विद्यालय आफैमा ऐतिहासिक भएकाले त्यो विद्यालयको ऐतिहासिमकतामा आफूहरुले समेत सहयोग गरेको बताए । ‘त्यो बेलाको सोचले निर्माण भएको विद्यालय ७० बर्षसम्म टिक्यो अब हामीले यसलाई सयौबर्षसम्म जिवित राख्न आवश्यक रहेको छ’, उनले भने ।

नेपालमा ध्वस्त भएका नौ हजार भन्दा धेरै विद्यालय नेपाल सरकारले बनाएको उनले बताए । ‘अब बाँकी रहेको संरचना समेत हामी समयमै बनाउने छौँ’, प्रम ओलीले भने । अब स्थानीय तहहरुबिच विकासमा प्रस्पिर्धा गर्ने उनले बताए । उनले भने, ‘स्थानीय तहहरुले अब कसले राम्रो सडक बनाउने, शिक्षामा सुधार कसले ल्याउने भनेर प्रस्तिपर्धा गर्नेछन् ।’

‘शिक्षा र सडकको संम्बन्धमा स्थानीय तह विचमा कामको प्रस्तिपर्धा हुनेछ’ प्रधानमन्त्री ओलीले भने, ‘यसले देश समृद्धिको दिशामा अघि बढ्नेछ ।’ उनले सबै स्थानीय निकायहरुका प्रमुखहरुलाई काममा प्रतिस्पर्धा गर्न निर्देशन समेत दिए ।

कार्यक्रममा बोल्दै संचार सूचना तथा प्रविधीमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राम्रो विद्यालयको भवन निर्माण भएको बताए । भवनसँगै शिक्षाको गुणात्मक विकासमा ध्यान दिन आवश्यक रहेको उनले बताए ।

‘शिक्षाको आकर्षण अंग्रेजी तर्फ बढ्यो त्यसको कारणले सामुदायिक विद्यालयका भवनहरु खाली हुने अवस्था आउन दिनु हुन्न’ मन्त्री बाँस्कोटाले भने । उनले सामुदायिक शिक्षा सुधारको लागि नेपाल सरकारले काम गरिरहेको बताए ।

‘हामीले व्यावहारिक,व्यवसायिक र उत्पादनमुलक शिक्षामा जोड दिन आवश्यक रहेको छ’, मन्त्री बाँस्कोटाले भने । देशको अर्थतन्त्रमा टेवा पु¥याउने खालको शिक्षा दिन सरकार लागेको उनले बताए ।

नेपाल पुन निर्माण प्राधिकरणका सिइओ शुशील ज्ञवालीले भुकम्प प्रतिरोधी घर भुकम्प पिडितले बनाएको बताए । जसरी भुकम्प प्रतिरोधी घरहरु बनेका छन् त्यसैगरी नेपालीहरुले समेत प्रतिरोधी सोचको विकास गरेको उनले दावी गरे । उनले भुकम्प पिडितहरुको गाँउसम्म पुग्नको लागि प्रभावित जिल्लाहरुमा एक हजार घर निर्माण सम्पन्न गरेको बताए ।

कार्यक्रममा बोल्दै एशीयाली विकास बैंकका कन्ट्री डाइरेक्टर मुख्तार खादुम खानेबले सुरक्षित विद्यालयमा नेपालका विद्यार्थी बस्न पाउनु निक्कै खुसीको कुरा रहेको बताए । भुकम्पपछिको पुनःनिमार्ण सम्पन्न भएका संरचनाहरु मध्ये प्रधानमन्त्री ओलीले उद्घाटन गरेको पहिलो संरचना हो ।

१० करोड १४ लाख लगानीमा निमार्ण भएको विद्यालयको भवनमा व्यवस्थित कक्षा कोठा, छात्रावास, प्रशासनिक भवन गरेर ४८ कोठा रहेका छन् । अघिल्लो पटक प्रधानमन्त्री हुँदा प्रधानमन्त्री हुदा केपी शर्मा ओलीले सिन्धुपाल्चोक पुगेर चौताराका सर्बे तामाङको भूकम्प प्रतिरोधी घरको शिलान्यास गरेका थिए ।

त्यहाँ प्रधानमन्त्री ओलीले एकल महिला यदुमाया घोरासैनीलाई उनको घर बनाउनका लागि पुनर्निर्माणसम्बन्धी अनुदान सम्झौता पनि हस्तान्तरण गरेका थिए । त्यसपछि सामुदायिक संरचनाको काभ्रेमा आएर भवन उद्घाटन गरेका छन् ।

(Visited 27 times, 1 visits today)
Loading comments...