शनिवार ४ श्रावण, २०७६ (Saturday, 20th July 2019)
४ श्रावण, २०७६ (20 July 2019)

विप्लव नेकपाका नगर इन्चार्ज जेल चलान

भविन कार्की
3 months ago
24/04/2019

संखुवासभा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नगर इन्चार्ज कारागार चलान भएका छन् ।

पाँचखपन नगर कमिटीका इन्चार्ज भिम राई ‘ज्वाला’ लाई कारागार चलान गरेको प्रहरीले जनाएको छ । एक महिना अघि पाँचखपनबाट पक्राउ परेका राई लाई प्रहरीले विप्लवको कार्यकर्ता भएको आरोपमा पक्राउ गरेको थियो ।

नगर कमिटीका इन्र्चाज राईले १० हजार धरौटी नबुझाएकाले कारागार चलान गरको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।

राईलाई प्रहरीले अभद्र ब्यवहारमा मुद्धा दर्ता गराएको थियो । इन्चार्ज राईले जिल्ला प्रशासन कार्यालयमा १० हजार धरौटी बुझाउन नसकेकाले कारागार चलान गरेको प्रहरी निरीक्षक राईले जानकारी दिए ।

उता ललितपुरबाट पक्राउ परेका अर्को पोलिब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ लाई समेत जिल्ला प्रहरी कार्यालयकै हिरासतमा राखिएको स्रोतको भनाइ छ ।

काठमाडौंबाट पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी विप्लवका कार्यकर्ता देव गुरुङ र सुनिता किराँतीलाई कार्यकतालाई रिहासतमै राखेको स्रोतले बताएको छ ।

जिल्ला इन्चार्ज देव र जिल्ला समिति सदस्य सुनिता आधुनिक हतियार सहित पक्राउ गरको बताइएको छ । प्रहरीले उनीहरुमाथि ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनामा विष्फोट गराएको आरोप लगाएको छ ।

प्रहरीले संखुवासभाका विभिन्न स्थान बाट विप्लवका ९ जना कार्यकता पक्राउ गरेको स्रोतको भनाइ छ ।

(Visited 87 times, 1 visits today)
Loading comments...