मंगलवार ७ जेठ, २०७६ (Tuesday, 21st May 2019)
७ जेठ, २०७६ (21 May 2019)

आफूखुसी रकम अशुल्छन् जिल्ला अस्पतालका चिकित्सक

भविन कार्की
4 weeks ago
24/04/2019

अस्पताल विकास समिति बेखवर

संखुवासभा । जिल्ला अस्पतालका खाँदबारीका चिकित्सकले आफुखुशी रकम असुल्ने गरेको पाइएको छ ।

नयाँ नियुक्ति लिने स्थाई शिक्षकहरुको निरोगिताको प्रमाणपत्र बनाउदा चिकित्सकले मनपरी रकम अशुल्ने गरेका रहस्य खुलेको हो । चिकित्सकले मनपरी रकम असुल्दाँ अस्पताल विकास समिति भने बेखबर रहेको छ ।

निरोगिताको प्रमाणपत्र दिदाँ चिकित्सकले आफुखुशी रकम असुलेको बारे आफूलाई केही जानकारी नभएको अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्यले बताए ।

अस्पतालको नागरिक वडापत्रमा निरोगिताको प्रमाणपत्र दिदाँ दुई सय रुपैयाँ शुल्क लाग्ने उल्लेख गरिएको छ । नियम विपरित कसैले रकम असुलेको भए त्यस्ता गलत कार्य भएको अध्यक्ष शाक्यको भनाइ छ ।

वडा पत्रमा स्पष्ट उल्लेख गरिएको हुदा सोहि अनुसार शुल्क लिनुपर्ने अध्यक्ष शाक्यको भनाई छ । स्थाई शिक्षकहरुको नियुक्तिका लागि बनाईने निरोगितको प्रमाणपत्र जिल्ला अस्पतालका चिकित्सकले ६ सय रुपैयाँमा दिने गरेका छन् ।

भर्खरै स्थाई नियुक्ति पाएका अरुणोदय माध्यमिक विद्यालय भोटखोला गाउँपालिका–२ लिङ्गमका शिक्षक पिप्बा भोटले निरोगिताको प्रमाणपत्र बनाउनका लागि ६ सय रुपौयाँ बुझाएको जानकारी दिए ।

उनले सो रकम बापतको नगदि रसिद भने नदिएको शिक्षक भोटेको भनाई छ। त्यसैगरी सभापोखरी गाउँपालिका–१ धुपुका यज्ञराज सुवेदी पनि रसिद विनानै ६ सय रुपैया तिरेर निरोगिताको प्रमाणपत्र बनाएको बताए ।

संखुवासभा जिल्ला बाट २ सय ३ जनाले स्थाई शिक्षकमा नियुत्ति लिएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालयले जनाएको छ ।

जिल्लामा माध्यमिक तह तर्फ १९, निम्नमाध्यमिक तह तर्फ २१ र प्राथमिक तह तर्फ १ सय ६३ जनाले नियुत्ति लिएका छन् । जस मध्ये अधिकास्सले जिल्ला अस्पतालबाट ६ सय रुपैया तिरेर प्रमाण पत्र बनाएको छन् ।

त्यसैगरी भोजपुरको उत्तरी क्षेत्रका षडानन्द नगरपालिका र साल्ला सिलिछो गाउँपालिकाका शिक्षकले पनि जिल्ला अस्पताल खाँदबबारी बाटै प्रमाणपत्र बनाएर लगेका छन् । तर गोपालभगत मेमोरियल अस्तालले भने ४ सय रुपौयाँ निरोगिताको प्रमाण पत्र दिने गरेको बताएको छ ।

(Visited 21 times, 1 visits today)
Loading comments...