मंगलवार ७ जेठ, २०७६ (Tuesday, 21st May 2019)
७ जेठ, २०७६ (21 May 2019)

मुढा नबिक्दा कैदीवन्दी चिन्तित

अन्जन राज न्यौपाने
4 weeks ago
24/04/2019

तनहुँ । तनहुँ जिल्लाको व्यास–३ मा रहेको जिल्ला काराघारका कैदी बन्दीहरु आफूले दैनिक वुनेको मुढाहरु नविक्दा चिन्तित भएका छन् ।

सरकारले उप्लब्ध गराउँदै आएको प्रति कैदीलाई ६० रुपैयाँ र ७सय ग्राम चामलले अपुगभएपछि उनीहरुलाई थप कमाईका लागि मुडा बुन्न र आत्मनिर्भर ब्न्न प्रोत्साहन गराउने उदेश्यले उधमशिलतातर्फ आकर्षित गराउन मुढा बनाउने गरेको काराघारका जेलर नारायण अधिकारीले बताए ।

उनीहरुले प्रतिगोटा सानोलाई २ सय ५० र ठूलो मुडालाई ७ सय ५० रुपैयासम्म बिक्री गर्ने गरेका थिए ।

तनहुँ जिल्लाका विभिन्न भुभागहरु कोत्रे, भिमाद, आबुखैरेनी, डुम्रे हुँदै लमजुङको वेशिशहर र पोखराका विभिन्न ठाउँबाट खरिद गर्न आउने ग्रहाकहरु अहिले आउने क्रम रोकिदा मुढा परिश्रम गरेर निर्माण गर्नमात्र भएको र काराघारमै मुढाको थुप्रो लागेको भन्दै कैदी बन्दीहरुले बिक्री नहुदा चिन्ता व्यक्त गरे ।

(Visited 47 times, 1 visits today)
Loading comments...