मंगलवार ७ जेठ, २०७६ (Tuesday, 21st May 2019)
७ जेठ, २०७६ (21 May 2019)

कर्मचारीका गुनासा सुनुवाइ गर्दै सामान्य प्रशासन मन्त्रालय

राजधानी समाचारदाता
4 weeks ago
25/04/2019

 

 

काठमाडौं  ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनको काम सम्पन्न भएसँगै आएका गुनासा सुनुवाइ गर्ने प्रक्रिया अगाडि बढाएको छ । मन्त्रालयका अनुसार स्वास्थ्यतर्फ १३ हजार कर्मचारीका गुनासा आएका छन् ।

मन्त्रालयका सचिव तथा गुनासो सुनवाइ एकाइका संयोजक रूपनारायण भट्टराईले स्वास्थ्यतर्फका गुनासो दर्ताका लागि तीन स्थानबाट आवेदन दिने व्यवस्था गरिएकाले एकै व्यक्तिको नामबाट दोहोरो÷तेहरो निवेदन परेको बताए । हाल डाटा इन्ट्रीको काम भइरहेकाले लगभग ७ हजारको हाराहारीमा गुनासो पुग्ने अनुमान मन्त्रालयको छ ।

स्वास्थ्यबाहेकका अन्य कर्मचारीको हकमा आएको गुनासोको सुनुवाइको क्रम भने अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।

विभिन्न समूह र उपसमूहमा रहेर कर्मचारीको  गुनासो सम्बोधन भइरहेकाले  छिट्टै  गुनासो सुनुवाइको काम सम्पन्न हुने सचिव भट्टराईले राजधानीलाई बताए ।

(Visited 191 times, 1 visits today)
Loading comments...