सोमवार ६ जेठ, २०७६ (Monday, 20th May 2019)
६ जेठ, २०७६ (20 May 2019)

पार्किन्सन :  हात खुट्टा काप्ने रोग (स्वास्थ्य टिप्स)

राजधानी समाचारदाता
4 weeks ago
25/04/2019

 

हामी हातखुट्टा कापेको देख्छौं । तर, दिमाग वा मस्तिस्क कापेको देख्दैनौं । वा, हातखुट्टा काप्ने रोगका कारण मस्तिस्क नै हो भन्ने पनि जान्दैनौं । तर, हातखुट्टा काप्ने रोग मस्तिष्कसम्बन्धी एक रोग हो । पहिले पहिले त देवता आङमा चढेर, भूतप्रेत लागेर वा ठूला रामा र धामीझाँक्रीहरूले बोलाएका कारणले ती मानिसको शरीर कापेको भनिन्थ्यो । उनीहरूलाई त्यो बेलामा छुन पनि हुँदैन भन्नेसम्म थियो र कहीँकतै त यो यद्यपि छँदै छ ।

तर, यो मानसिक वा मस्तिस्कसँग जोडिएको रोग हो । सन् १८१७ मा पहिलोपटक डा. जेम्स पार्किन्सनले यो रोग पत्ता लगाएकाले यसको नाम ‘पार्किन्सन’ भनेर राखियो । नेपालमा कमैले मात्र यो पाकिन्सन्स रोगका बारेमा थाहा पाउँछन् । कतिपयले त यो रोग आफूमा भए पनि अरूसँग भन्दैनन् पनि । तर, यसबारे म परिवारका सदस्य तथा साथीसंगी र चिकित्सकलाई खुलेर भन्नुपर्छ । यो सरुवा रोग होइन र अरूलाई सर्दैन पनि ।

पार्किन्सन रोग भनेको दिमाग वा मस्तिस्कमा हुने रोगहरूमध्येको दोस्रो ठूलो रोग हो । अल्जाइमर अर्थात् बिर्सने रोगलाई पहिलो ठूलो दिमागी रोगको स्थानमा राखिएको छ । संसारभरि करिब ७० लाखदेखि १ करोड मानिस पार्किन्सन रोगबाट पीडित छन् । मुख्यतः वृद्ध अवस्थामा देखिने यो रोग ५० वर्षभन्दा माथिकोमा निकै नै पाइएको छ । महिलामा भन्दा पुरुषमा यो रोग धेरै लागेको पाइन्छ । सन् १९९० देखि यताको अध्ययनले नेपालमा ३५.७ प्रतिशत पार्किन्सन रोगका बिरामी रहेको पाइएको छ । यो रोग वार्षिक हिसाबले १.६ प्रतिशतले बढ्दै गरेको तथ्यांक पनि आएको छ । यो रोग नेपालमा गम्भीर समस्याका रूपमा देखा पर्दै गइरहेको छ ।

कसरी लाग्छ पार्किन्सन ?

पार्किन्सन दीर्घ रोग हुनाले बिस्तारै बढ्दै जान्छ । यसले मस्तिष्कमा रहेका कोष ‘न्युरोन’ ले पैदा गर्ने डोपामिन भन्ने रसायन क्रमशः कम गराई र न्युरोनहरू मारी मस्तिष्कबाट हुने सूचना प्रवाह कम गराउँछ । डोपामिन न्युरोन उत्पादन पनि कम हुने र भएका पनि निष्क्रिय हुँदै जाने भएकाले शरीरका अंग, मांसपेशीमा दिमाग वा मस्तिस्कको नियन्त्रण गुम्दै जान्छ । यसकारण हात खुट्टा काप्न थाल्छन् । पार्किन्सन भएपछि औंला, हात, खुट्टा काप्ने, शरीर हल्लने, मांसपेशीहरू कडा हुने, चालमा कमी आउने, शरीर अघिल्तिर झुक्ने, स्मरणमा कमी हुने, डिप्रेसन, दृष्टि भ्रम, ध्यान केन्द्रित नहुने, सुगन्ध वा गन्ध पनि थाहा नहुने, निदमा समस्या आउने, पिसाब नियन्त्रण नहुने र बोलीमा लरबराहट आउने हुन्छ ।
बिरामीहरूले चिकित्सकको सल्लाहमा उपचार गराउने, औषधि प्रयोग गर्ने, मस्तिष्कमा डोपामिनको मात्रा बढाउने खाने कुरा वा औषधि खाने गरेको पाइन्छ । पछिल्लो चरणमा त बिमारीको अवस्था हेरेर अपरेसन गरी मस्तिस्कमा उपकरण जोडेर यसको उपचार गर्ने पनि गरिएको छ । पार्किन्सन प्राणघातक रोग होइन, तर यसले शरीरमा निकै ठूलो असर पार्दछ । पार्किन्सन रोकथामका लगि नियमित व्यायाम, हरियो सागसब्जी, फलफूल, भिटामिन, माछा आदिको सन्तुलित भोजन आवश्यक पर्दछ ।

 

(Visited 314 times, 1 visits today)
Loading comments...