शनिवार ४ श्रावण, २०७६ (Saturday, 20th July 2019)
४ श्रावण, २०७६ (20 July 2019)

१९ वर्षे युवती विवाह गर्न खोज्ने ५० वर्षीय बेहुला मण्डपवाटै पक्राउ

राजधानी संवाददाता
3 months ago
25/04/2019

लहान । सिरहामा १९ वर्षिय युवति विवाह गर्न खोज्ने ५० वर्षिय पुरुष पक्राउ परेका छन् । १९ वर्षिय किशोरीसंग जनकपुरधामको रामजानकी मन्दिरमा विहे गर्न खोज्दा प्रहरीले मण्डपबाटै बेहुला सहित ५ जना लाइ पक्राउ गरेको छ ।

सिरहाको बरियारपट्टि गाउँपालिका– ५ हरिपुरका ५० वर्षीय जिबेन्द्रनारायण यादवले सिराहाकै औरही गाउँपालिका –३ का हरी नारायण यादवकी १९ वर्षीय छोरी विभा कुमारी यादवसँग बिहे गर्न लागेका थिए ।

वाल विवाह भइरहेको खबरपाउने वित्तिकै प्रहरी पठाएर रोक्न लगाएको डिएसपी रामेश्वर कार्कीले बताएका छन् । प्रहरीले बेहुलीका बुवा, ठूलो बुवा, दाजु र बेहुला पक्षका दुई जना गरी ५ जनालाई मण्डपबाटै पक्राउ गरेको छ । कानूनको उल्लङ्घन नगर्ने कागजगरेपछि प्रहरीले तारेखमा रिहा गरेको छ ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ को विवाह सम्बन्धी कसूर अन्तर्गत विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष पुगेको हुनुपर्छ । तर बेहुलीको उमेर १९ वर्ष मात्र रहेकाले विवाह रोकिएको प्रहरीको भनाई छ ।

(Visited 212 times, 1 visits today)
Loading comments...