शनिवार ४ श्रावण, २०७६ (Saturday, 20th July 2019)
४ श्रावण, २०७६ (20 July 2019)

अमेरिकी राष्ट्रपतिको उम्मेदवारी घोषणा गर्ने जोए बिडेन को हुन् ?

एजेन्सी
3 months ago
25/04/2019

वासिङ्टन । अमेरिकाका पूर्वउपराष्ट्रपति जोए बिडेनले आगामी निर्वाचनमा आफूले राष्ट्रपति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२० मा टक्कर दिनका लागि अहिलेसम्म देखिएका मध्ये डेमोक्र्याटतर्फका उनी एक सशक्त नेता मानिन्छन् ।

अत्यन्त अनुभवी र चिरपरिचित तथा लोकप्रिय ७६ वर्षीय नेता विडेन पछिल्ला मत सर्वेक्षणहरूमा पनि अगाडि देखिएका छन् । ट्वीटरमार्फत साढे तीन मिनेटको भिडियो सार्वजनिक गर्दै उनले आधारभूत रूपमा राष्ट्रका लागि आफू फरक उम्मेदवार भएको बताएका छन् ।

‘देशको खास महŒव, विश्वमा हाम्रो उपस्थिति, हाम्रो लोकतन्त्र यी र यस्तै विषयले अमेरिकालाई अमेरिका बनाएको छ, यही नै हाम्रो आधार हो,’ उनले ट्वीटरमा लेखेका छन् ।

‘त्यसैले मैले अमेरिकाको राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेको हुँ,’ उनले थप स्पष्ट पार्दै लेखेका छन् । अमेरिकाको राजनीतिमा झन्डै आधा दशक सक्रिय रहेका विडेनले देशको नेतृत्व तहबाट देशको सेवाका लागि अवसर दिन आह्वान गरेका छन् ।

उनले पूर्वराष्ट्रपति बाराक ओवामाको कार्यकालमा आठ वर्षसम्म उपराष्ट्रपति भएर काम गरेका थिए । आउँदो निर्वाचनका लागि अमेरिकामा उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र भएको छ ।

को हुन जोए बिडेन ?
पूरा नाम जोसेफ रोबिनेट्टी बिडेन जुनियर भएका जोए बिडेनको जन्म २० नोभेम्बर १९४२ मा पेन्सिलभानियामा भएको हो । आइरिस–क्याथोलिक परिवारमा जन्मिएका उनी चार सन्तानमध्येका एक हुन् ।

सन् १९७२ मा उनी २९ वर्षको उमेरमा नै सिनेटरका रूपमा निर्वाचित भएका थिए । तर, उनले न्यूनतम उमेर नपुगेका कारण केही सातापछि सन् १९७३ मा ३० वर्ष उमेर पुगेपछि मात्रै कार्यभार सम्हालेका थिए ।

उनी सिनेटर भएको एक समयपछि नै ठूलो वियोगको सामना गरे । उनकी श्रीमती नेलिया र छोरीको कार दुर्घटनामा परी निधन भयो ।
उनी सन् १९८८ को निर्वाचनमा पहिलोपटक राष्ट्रपतिका लागि प्रतिस्पर्धामा थिए । तर, उनले उम्मेदवारी फिर्ता लिनुपरेको थियो ।

सन् २००८ मा उनी पुनः राष्ट्रपति निर्वाचनमा दौडमा थिए । तर, राजनीतिक सहमति जुटाउन नसकेपछि पुनः यो दौडबाट पछि हटे । त्यसपछि उनी राष्ट्रपति बाराक ओबामाको कार्यकालमा उपराष्ट्रपति बने ।

(Visited 187 times, 1 visits today)
Loading comments...