मंगलवार ७ जेठ, २०७६ (Tuesday, 21st May 2019)
७ जेठ, २०७६ (21 May 2019)

नागरिकले मन्त्रीलाई पोखे संरक्षण क्षेत्रले दिएको पीडा

दीपशंकर चौलागाई
4 weeks ago
25/04/2019

दोलखा । वन मन्त्री शक्ति बस्नेतले भूकम्प पीडितका लागि कारितास नेपालले निमार्ण गरेका सामुदायिक सेवा केन्द्रको भवन औपचारिकरुपमा हस्तान्तरण गरेको छ ।

दोलखाको उत्तरी क्षेत्रमा पर्ने बिगु गाउँपालिका ३ मा रहेको यो बस्तीमा कारितास नेपाल नामक संस्थाले सात सय तीन वटा पक्की आवास निर्माण गरिदिएको छ ।

सेवा केन्द्रको भवन हस्तान्तरण गर्दै मन्त्री बस्नेतले भूकम्प पीडित नागरिकको दुःख पीडामा सारथीको भूमिका निर्वाह गरी कारितास नेपालले समाजमा सम्मान योग्य काम गरेको बताए ।

रोवालिङ क्षेत्रमा पर्ने यो बस्तीको अधिकांश नागरिकले मन्त्रीसमक्ष गौरिशंकर संरक्षण क्षेत्रले नागरिकलाई दुःख दिएको गुनासो गरेपछि मन्त्री बस्नेतले गौरिशंकर संरक्षण क्षेत्र बनाउनु अभिषाप नभई राम्रो भएको तर कार्यावन्यन गर्दा जनतालाई दुःख दिने शैलीमा सुधार गरेर अघि बढ्न कर्मचारीलाई निर्देशन दिए ।

घर निमार्ण गर्न काठ, खाना पकाउने दाउरा, वस्तु बाख्रा चराउन समेत रोक लगाउने जस्ता सानातिना समस्यामा समेत संरक्षण क्षेत्रले नागरिकलाई दुःख दिने गरेको छ । सोही समारोहमा मन्त्री बस्नेतले संरक्षण क्षेत्रको काम कार्यान्वयन, कानुनी तथा नीतिगत रुपमा सुधारको लागी सरकारले पहल गर्ने समेत आश्वासन दिए ।

(Visited 29 times, 1 visits today)
Loading comments...