शनिवार ४ श्रावण, २०७६ (Saturday, 20th July 2019)
४ श्रावण, २०७६ (20 July 2019)

श्रीलंकाका एक उच्च रक्षा अधिकारीद्वारा राजीनामा

एजेन्सी
3 months ago
25/04/2019

कोलम्बो । श्रीलंकामा भएको विनाशकारी विस्फोटनका घटनामा दोषी ठहर गर्दै राजीनामाका लागि राष्ट्रपतिले दिएको दवाबपछि उच्च सुरक्षा अधिकारीहरूले बिहीबार राजीनामा दिएका छन् ।

आत्मघाती हमलामा परी झण्डै ३६० जनाको मृत्यु भएकोमा त्यसलाई नियन्त्रण गर्न सुरक्षा अधिकारीहरूले पर्याप्त प्रयास नगरेको उच्च सरकारी अधिकारीहरूको ठहर छ ।

बर्खास्त गर्ने निर्णय भएकाले तत्काल पदबाट राजिनामा दिन राष्ट्रपति मैत्रीपाला सिरिसेनाले केही उच्च सुरक्षा अधिकारीहरूलाई यसअघि नै निर्देशन दिएका थिए ।

उनको निर्देशन अनुसार नै सैन्य कर्मचारीतन्त्रका अति वरिष्ठ सरकारी अधिकारी हेमासिरि फेर्नान्डोले राष्ट्रपति सिरिसेनालाई राजीनामा पठाएका छन् ।

नाम नबताउने शर्तमा राष्ट्रपति कार्यालयका एक अधिकारीले भन, ‘हेमासिरिले घटनामा आफ्नो दोष रहेको स्वीकार गर्दै राष्ट्रपति सिरिसेनालाई राजीनामा बुझाउनु भएको छ ।’

श्रोतका अनुसार अन्य केही उच्च अधिकारीहरू पनि राजिनामाको तयारीमा रहेका छन् ।

(Visited 86 times, 1 visits today)
Loading comments...