मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

यसकारण आश्चर्यजनक छ गीजाको पिरामिड

एजेन्सी
3 months ago
26/04/2019

संसारमा मानिसहरुले आश्चर्यजनक कुराहरु निर्माण गर्ने गरेका छन् । यी कोही सुरक्षाका कारणले, कोही विलासिताका कारणले, कोही स्वर्गमा पुगिने अध्यात्मिकताका कारणले त कोही अरुलाई देखाउन र तर्सानका लागि पनि बनाइएका छन् । यस्ता आश्चर्यका कुराहरुको निर्माण एकअर्का देश वा महादेशमा सल्लाह गरेर निर्माण गरिएका भने होइनन् ।

यिनीहरुको निर्माण अबधि पनि फरकफरक छन् । तरिका पनि फरकफरक छन् । यिनीहरुको निर्माणका आस्था, विधि र तरिकाहरु पनि फरकफरक छन् । यिनीहरुसँग जोडिएका कथा, व्यथा तथा किम्बदन्तीहरु पनि भिन्न छन् ।

विश्वमा यस्ता मानव निर्मित आश्चर्यहरुमध्ये एक हो– मिश्र भनिने देशमा रहेको गिजाको पिरामिड । यो पिरामिड अहिले विश्वको एक नम्बरको पर्यटकीय स्थल बनेको छ । यस्ता रहस्य र आश्चर्यसँग जोडिएकाहरुमा सबैको ध्यानाकर्षण हुने र रुची जाग्ने गरेको पाइन्छ । गिजाको पिरामिडका बारेमा पनि यही सत्य तथा आश्चर्य र उत्सुकता लागू हुन्छ ।

यस्ता कुराहरुलाई मानिसहरु आफैले विश्वका आश्चर्यका कुराहरु भनेर एउटै मालामा उनेर हेर्ने र अध्ययन गर्ने गरिरहेका छन् । विश्वमा यस्ता आश्चर्यहरुले मानिसहरुलाई एकै ठाउँमा ल्याउने र आआफ्ना संस्कार तथा संस्कृतिका वारेमा विश्व जगतलाई परिचित गराउने गरिरहेका छन् । भिन्न संस्कार तथा संस्कृतिका हिसाबले पनि एक अर्कामा परिचित हुने र गराउने गरेका छन् ।

आज संसारमा यस्ता अनौठा र आश्चर्यका कुराहरुका कारणले देशहरु तथा विदेशहरुमा मानिसहरुको आउजाउ बढ्नुका साथै संसारमा अन्तरघुलन पनि बढिरहेको छ । यो स्थानीय तथा जानिआएकाहरुका लागि देखिरहेको र कुनै महत्व नभएको कुरा हुन सक्छ । तर टाढाटाढाका लागि भने यो तीर्थ नै हुन्छ । गिजाको पीरामिड पनि यसको नमूना उदाहरण हो । यसलाई विश्वमा ‘ग्रेट गिजा पिरामिड’ भनेर चिनिन्छ । किनकि, ससाना पिरामिडहरु विश्वमा अन्यत्र पनि प्रशस्तै रहेका पाइन्छन् ।

यो विश्वको सबैभन्दा पुरानो पिरामिड हो । समयका हिसाबले यो २५६० ईशापूर्व बनाइएको थियो । यो ३,८०० वर्षदेखि नै विश्वको चर्चामा रहँदै आएको छ । यो विश्वमा ठूलो मात्र होइन, सबैभन्दा अग्लो पनि रहेको छ । यसको लम्बाई ४८१ फुट अथवा १४६ मिटर रहेको छ । पिरामिडको आधार वा जग भने ५५,००० अर्थात् ५,९२,००० स्क्वायर फुट रहेको छ । यसको एउटा कुना मात्र पनि २०,००० स्क्वायर मिटर अथवा २,१८,००० स्क्वायर फुट रहेको छ ।

यो पिरामिडको अर्को आश्चर्यको पाटो पनि छ । त्यो हो, यसलाई चन्द्रमाबाट पनि देख्न सकिन्छ । चन्द्रमाबाट देखिने मानव निर्मित कुराहरुमा चीनको ग्रेटवालसहित मिश्रमा रहेको यो गिजाको पिरामिड पनि हो ।

यसको निर्माणमा २३,००,००० ठूला र कुदिएका पत्थरहरु प्रयोग गरिएका छन् । प्रयोग गरिएका पत्थरको तौल ५० टनसम्म रहेको छ । यो मानव निर्मित कुराहरुमा अलि बढी नै चर्चामा आएको स्मारक पनि हो । इजरोयलको पहाडबाट पनि यसलाई मजासँग देख्न सकिनछ । यसमा २.३ मिलियन लाइमस्टोन तथा ग्रेनाइट पत्थरको प्रयोग गरिएको छ ।

अर्को आश्चर्यको कुरा त के पनि रहेको छ भने यो पिरामिडमा प्रयोग गरिएको सबैभन्दा ठूलो ढुंगा वा पत्थर राजाको आफ्नै च्याम्बरबाट लिइएको थियो । यसको तौल ८० टन थियो । यस अतिरिक्त ५० देखि ७५ टनसम्मका अरु पत्थरहरु यही च्याम्बरबाट लिइएका थिए । राजा फराओ कुफूको शासन कालमा उनले नै बनाएको यो पिरामिड बनाउँदा त्यहाँका स्थानीय जनताको श्रम प्रयोग गरी १० देखि २० वर्षसम्म लगाइएको थियो ।

ग्रेट पिरामिडमा प्रयोग गरिएका ढुंगा कम्प्यूटर जस्ता आकारका छन् । यी सबै गणितीय कोणमा बनेका पाइन्छन् । यसको आध्यात्मिक अर्थ र ज्योतिषिय मापन रहेको पनि भनिन्छ । प्रयोग गरिएका पत्थरहरुकोे किनाराको लम्बाइ, उचाइ और कोणिक नाप निकै आशचर्य लाग्दो छ ।
ग्रेट पिरामिडमा अर्को पनि आश्चर्य लुकेको छ ।

त्यो हो यी पत्थरहरुको प्रयोग यसरी गरिएको छ कि तिनीहरुको कारणले ग्रेट पिरामिडभित्र सधैं वातानुकुलनको अवस्था रहिरहेको हुन्छ । भित्री तापमान पृथ्वीको औसत तापमान बराबर रहिरहेको हुन्छ । पृथ्वीको औसत तापमान २० डिग्री सेल्सियस रहने गरेको मानिन्छ । सबै भन्दा बढी त मानिसहरु र यात्री तथा पर्यटकहरु के कुरा थाह पाएर दिक्क र अचम्भित हुन्छन् भने यति ठूला ढुंगाहरु कहाँबाट ल्याइएका होलान् ?

आजभोलि हामीकहाँ भूकम्पको जगजगी छ । जनतामा निकै त्रास र भयले काम गरिरहेको छ । मिश्रको पिरामिडमा चारैतिर यति ठूलाठूला चट्टान राखिएको छ कि जति नै शक्तिशाली भूकम्पले पनि यसलाई ध्वस्त पार्न सक्दैन । कुनै पनि खाले कम्पन र भूंकपबाट यो सुरक्षित छ ।

मिस्रवासीहरु यो पिरामिडको प्रयोग अन्तरीक्ष, सूर्य, चन्द्र पृथ्वीको गति तथा परिवर्तन मापनका लागि प्रयोग गर्दथे र अहिले पनि गरिरहेका छन् । यो त अन्तरीक्षको प्रारुप पनि हो । पिरामिड आफैमा गणित र खगोलीय शास्त्रको व्यवहारिक प्रयोग पनि हो । यसको गणितीय जन्मकुंडलीको अर्थ र परिभाषा पनि छ ।

(Visited 623 times, 1 visits today)
Loading comments...