आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

मुस्कान सातौं चाइल्ड आइकन

3 years ago
08/11/2016

काठमाडौं÷रास– मिडिया ल्यान्डद्वारा काठमाडौंमा आयोजित ‘सातौं चाइल्ड आइकन–२०१६’को उपाधि मुस्कान वैद्य र मुस्कान जोशीले जितेका छन् । आफ्ना ५३ प्रतिस्पर्धीलाई पछि पार्दै सो प्रतियोगितामा एञ्जल स्कुलमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी मुस्कान वैद्यले ‘सिनियर चाइल्ड आइकन’को उपाधि जितेकी हुन् । यस्तै, आफ्ना ३९ जना प्रतियोगीलाई पछि पार्दै डीएभी स्कुलकी कक्षा ४ की विद्यार्थी मुस्कान जोशीले ‘जुनियर चाइल्ड आइकन’ को उपाधि प्राप्त गरिन् ।

child-icon-junior-3 child-icon-senior-3

दुवै विजेताले यसै वर्ष बुल्गेरियामा हुने ‘चिल्ड्रेन अफ द युनिभर्स–२०१७’ र टर्कीमा हुने ‘लिटल मिस एन्ड मास्टर युनिभर्स–२०१७’ मा नेपालका तर्फबाट भाग लिने आयोजक संस्था मिडिया ल्यान्डकी अध्यक्ष प्रतिमा श्रेष्ठले जानकारी गराइन् । यस्तै, सिनियर चाइल्ड आइकनतर्फ फस्ट रनरअपको उपाधि रुपिज इन्टरनेसनलकी पेमा याङचेनले, सेकन्डर रनरअपको उपाधि रुपिजकै हिमान्सु अर्यालले हासिल गरे ।

यस्तै, जुनियर चाइल्ड आइकनतर्फ फस्ट रनरअपको उपाधि सेन्ट जेभियर्सका मोहित महर्जनले, सेकन्ड रनरअपको उपाधि पनि सेन्ट जेभियर्स स्कुलबाटै तनया कोइरालले जितिन् । यी दुवै प्रतियोगितामा भीएस, एन्जल्स वल्र्ड, ब्राइट फ्युचर, क्याम्पियन स्कुल, मोडर्न इन्डियन, जोन डबे, न्यु मिलिनियम, ओलम्पिया, मेरिगोल्ड, नोबल एकेडेमी, रातो बंगला, रेडिन्ट रिडर्स एकेडेमी, सरस्वती बोर्डिङ स्कुल, प्रज्ञा इंग्लिस बोर्डिङ स्कुल, सेन्ट मेरिज र विजेश्वरी सैनिक स्कुलका विद्यार्थीले भाग लिएका थिए । काठमाडौंको राष्ट्रिय नाचघरमा भएको दुवै प्रतियोगिताको कोरियोग्राफी गायिका प्रशंसा श्रेष्ठले गरेकी हुन् ।

(Visited 4 times, 1 visits today)
Loading comments...