मंगलवार ७ जेठ, २०७६ (Tuesday, 21st May 2019)
७ जेठ, २०७६ (21 May 2019)

चोरका शैली : पहिला बास माग्ने त्यसपछि चक्कु देखाएर लुट्ने

राधेश्याम खतिवडा
2 weeks ago
07/05/2019

चितवन । चितवनमा चोरीको घटना बढ्दै गएपछि प्रहरीले रात्री गस्ती बढाएको छ । सादा पोसाकमा गस्ती गर्ने प्रहरीको संख्या बढाएर संवेदनशिल क्षेत्रमा रातको समयमा प्रहरी गस्ती बढाएको हो । भरतपुर–नारायणगढ क्षेत्रमा दैनिकजसो हुने चोरीका घटनाले जनता पीडित छन् ।

प्रहरीले पाँच दिनको अवधीमा ४३ जना संकास्पद व्यक्तीहरुलाई पक्राउ समेत गरेको छ । अनुसन्धान पछि १९ जना चोरीमा संलग्न भएको प्रमाणित भएपछि कानुनी कार्वाहीका लागि अगाडी बढाइएको प्रहरी बताएको छ । चोरीका घटना बढेपछि प्रहरीले नारायणगढ र भरतपुरबाट एकैदिनमा ३३ जना सम्मलाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरु पछिल्लो चोरीका घटनामा संलग्न भए÷नभएकोबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दुर्गाराज रेग्मीले बताए । रातीको समयमा गस्ती बढाउदा दिउसोको समयमा चोरीको घटना बढेकोले प्रहरीको गस्ती दिउसोमा पनि बढाएको उनले बताए ।

हामी प्रहरीको फन्दामा पर्छौ जोगाईदिनुस भन्दै विन्ती विलौना गरे । घरवेटीले सहमती जनाए । खाना पनि खुवाए । तर,रातको ११ वजेपछि वाहरवाट २ जनालाई वोलाई घरभित्र प्रवेश गराई चक्कु छुरी देखाएर तिनै दयाभाव राखेका घरवेटीका सवै गर गहना र पैसा लुटेर राती नै भागे ।

कतिपय घटनामा अनुसन्धान गर्दा पीडितहरुको पनि कमजोरी देखिएको प्रहरीको भनाइ छ । घरका झ्यालढोका राम्ररी बन्द नगर्नु, बन्द गरेर पनि चाबी त्यहीँ राखेर बाहिर निस्कनु, घर छाडेको छिमेकीलाई जानकारी नदिनु, घरमा अन्य सुरक्षा संयन्त्र नहुनुजस्ता कारणले चोरीका घटनाहरु बढ्ने गरेको प्रहरीको भनाइ छ । जनता आफैँ सचेत हुनुपर्ने प्रहरीको भनाइ छ ।

दिउसोको समयमा भरतपुरको एउटा घरमा ३ जना सरण माग्दै पुगे । ‘प्रहरीले खोजी गरेको छ हामीलाई जोगाईदिनस भने ।’ घरपेटीले एउटा कोठामा ३ जनालाई आश्रय दिए । चुकुल लगाएर भित्रै वसे उनीहरु । साझ बढ्दै गयो । उनीहरुले याहाँवाट निस्कीएसी हामी प्रहरीको फन्दामा पर्छौ जोगाईदिनुस भन्दै विन्ती विलौना गरे । घरवेटीले सहमती जनाए । खाना पनि खुवाए । तर,रातको ११ वजेपछि वाहरवाट २ जनालाई वोलाई घरभित्र प्रवेश गराई चक्कु छुरी देखाएर तिनै दयाभाव राखेका घरवेटीका सवै गर गहना र पैसा लुटेर राती नै भागे ।

केही दिनअघि भरतपुर ३, बाह्रघरेमा घरमा चोरी भयो । गाउँलेहरुकै शंकाका आधारमा विगत ४ महिनादेखि त्यसै क्षेत्रमा भाडामा बस्दै आएका सञ्जु रानामाथि खानतलासी भयो । खोजीको क्रममा उनको कोठाबाट चोरिएको सुन बरामद भयो । उनी एक वर्षअघिसम्म प्रहरीकै सहयोगीका रुपमा कार्यरत रहेछन् । रानाले चोरी कार्यमा अरु सडक बालबालिकालाई परिचालन गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अटो रिक्सा चलाएर डुल्ने यात्रु कुरे झै केही समय रोकिएर बस्ने र खसी वोका देख्ने वित्तिक्कै अटोमा च्यापेर भाग्ने चोर पनि छन । चितवनमा पछिल्लो समय खसी वोका चोरको संख्या पनि बढेको छ । किसानका गोठ,खसी वजार र मासु पसलका लागि खरिदगरी ल्याइएका खसी वोका चोरेर हिड्ने गिरोह पनि चितवनमा रहेको प्रहरी बताउछ । खसी वोका चोर्नका लागि अटो रिक्सा धेरै प्रयोग भएकाछन् ।

अटो रिक्सा चलाएर डुल्ने यात्रु कुरे झै केही समय रोकिएर बस्ने र खसी वोका देख्ने वित्तिक्कै अटोमा च्यापेर भाग्ने चोर पनि छन ।

केही चोरहरु घुम्ती फोर्ने मात्र हुन्छन । सामान्य चाउचाउ विस्कुट चटपट र चिसो राखेर विक्रीका लागि राखिएको घुम्ती फोर्ने चोर पनि सक्रिय भएको जिल्ला प्रहरी कार्यालय चितवनमा चोरी शाखा हेर्ने प्रहरी सहायक निरीक्षक ठाकुर पनेरुले बताए । घुम्ती फोर्ने र खानेकुरा लिएर जंगलमा पुगी खाएर रमाइलो गर्ने क्रममा धेरै चोर समातिएको उनी बताउछन् ।

अस्पतालमा विरामी कुरुवा जस्तो बन्ने अनी फार्मेसीमा ढुकेर सिरीन्ज चोर्दै भाग्दै गर्ने चोरहरु पनि बढेकाछन् । विरामी कुरुवा जस्तो भन्दै झुक्किएर मेडिकलमा छिरेको जस्तो गर्ने शैली यीनीहरुको हुन्छ । लागु औषध प्रयोग गर्नेहरुले अस्पताल,मेडिकल र औषधी पसलमा प्रवेश गरी सिरीन्ज मात्र चोरी गर्ने गरेको पाइएको पनेरुले बताउछन् । उनीहरुले अरु केही नचोर्ने तर सिरीन्ज मात्र चोरी गर्ने गरेको पाएको छ ।

सुन र पैसा चोरीमा लाग्नेहरुको चोरी गर्ने शैली अरुका भन्दा फरक रहेको पाइएको छ । दिउसोको समयमा डुल्दै हिड्ने कुन घरमा ताल्चा लगाएको छ त्यो पहिचान गर्ने र रातको समयमा त्यही घरमा पुग्दा ताल्चा लगाइराखेको पाएमा ताला फोडेर चोरी गर्ने गरेको पाइएको पनेरुले बताए । कुन टोलमा कुन घरमा चोरी गर्न सकिन्छ दिउसोमा पहिचान गर्ने र रातीको समयमा गएर त्यही घरको ढोका फोर्ने र चोर्ने चोरहरुको विगविगी पनि बढेको छ ।

पुराना वोरा वोकेर हिड्ने कसैले देखे फोहोर टिप्ने नदेखे सामानै चोरी हाल्ने चोरको पन विगविगी छ । कवाडी मात्र चोरी गर्ने चोरहरु पनि छन् । उनीहरु हार्डवेयर पसल,पानीका धारा,तारवार लगाएको स्थान,होटल र पुराना सामाग्री राखिएका क्षेत्रमा बढी डुल्ने घुम्ने गरेको पाइएको प्रहरीले बताएको छ । हेर्दा सामान्य देखिने उनीहरु अटेरी स्वभावका देखिने गर्छन । वेवारीसे वालवालीकाहरु यस्तो चोरीमा सक्रिय देखिएकाछन् ।

वाटोमा यात्रा गरीरहदा दयालु वनेर एकै छिन फोन गर्न मोवाइल माग्ने । मोवाईलमा कुरा गर्दागर्दै मोवाइलै लिएर भाग्ने चोरहरु धेरै भेटिएकाछन् । सवैभन्दा धेरै गुनासो र चोरीमा संलग्नको तथ्याँक हेर्दा मोवाईल चोरीको संख्या धेरै देखिन्छ । मोवाईल पसल देखि सामान्य अवस्थामा प्रयोगकर्ताहरुको साथबाटै मोवाईल चोर्छन ।
चोरहरु चोर्न प्रयोग हुने टुलवक्स नै तयार गर्छन । चितवन प्रहरीले खोजेको चोरका टुलवक्समा हथौडा,कैची,फलाम काट्ने राँती,चक्कु,खुकुरी,वेहोस वनाउने औषधी लगायतका सामाग्री राखेको वक्स नै फेला पारेको पनेरु बताउछन् । भरतपुरमा चोरी गर्ने चोरका यस्ता टुलवक्स भरतपुर आसपासमा रहेका जंगलमा राखिने गरेको प्रहरीले पत्ता लगाएको छ ।

(Visited 282 times, 1 visits today)
Loading comments...