मंगलवार ७ जेठ, २०७६ (Tuesday, 21st May 2019)
७ जेठ, २०७६ (21 May 2019)

मनकारी अध्यक्ष

कमल शर्मा
1 week ago
11/05/2019

 

 

कमल शर्मा

भगवतीमाई गाउँपालिका–१ का हस्तराज अधिकारीको दुवै मिर्गौला फेल भयो । साधारण तथा विपन्न परिवारमा जन्मिएका उनको मिर्गौला फेल भएपछि सामान्य सहयोगबाट उठेको रकम उपचारमा लागि केही महिना काठमाडौं र दैलेख गर्दैमा सकियो । मिर्गौला दिने मान्छे आमा, बुबा, श्रीमती हु“दासमेत प्रत्यारोपणका लागि अन्य आवश्यक जुट्न सकेन । अन्तिममा कलिलो २५ वर्षको उमेरमा उनले यो संसार छोडे । आमाबुबा, श्रीमती र दुई छोरा छन् । कक्षा १२ सम्म अध्ययन गरेर कतै जागिर नपाएर कालापहाड जान खर्च जोहो गरेका उनको मृत्युपछि परिवार आर्थिक अभावको चरम संकटमा प¥यो ।

नातिहरूको विद्यालयमा भर्ना र कापीकलमको जोहो गर्न हम्मे परेका बेला गाउँपालिका अध्यक्षले आफूले निर्वाचन जितेबापत पाउने सेवा–सुविधा कुनै नलिने र आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका सदस्यलाई ‘सहयोग कार्यक्रम’अनुसार मृतककी आमा कृष्णा अधिकारीलाई नातिहरूको पठनपाठनका लागि पहिलो वर्ष २० हजार रुपैया“ हस्तान्तरण गरे ।
सहयोग रकम बुझ्दा कृष्णाले आ“सु थाप्न सकिनन् । केही बोल्न नसकी भक्कानिइन् उनी । त्यसो त, उनी मात्र होइन, १० वर्षे जनयुद्ध जर्जर अवस्थामा थियो । घरमा खाएर बसेका बेला साबिक कट्टी गाविसबाट मानबहादुर खड्कालाई नेपाली सेनाको टोलीले गिरङ्खतार ग¥यो ।

‘बासुधारा’ भन्ने स्थानमा ल्याएर चरम यातना दि“दै खोलातिर हेर्न लगाएर गोली हानी मारियो । उनका पनि तीन छोरा छन् । घरका मुख्य अभिभावक नै गुमाएपछि त्यो घरमा पनि सन्नाटा छायो ।
आमा बालकुमारी खड्काले जेनतेन छोरालाई नजिकै रहेको ज्वाला माविमा पढाइन् । एसएलसी पास गरेपछि छोरालाई पढाउन समस्या भयो । देशमा शान्ति स्थापनापछि दाङमा खुलेको शहीद आवासीय विद्यालयमा तीन जना छोरा पढाइन्, द्वन्द्वपीडितको नामबाट ।
छोराले प्लसटुसम्म अध्ययन गरे पनि उच्च शिक्षाका लागि बाहिर जानुपर्ने अवस्था आयो । छोराले इन्जिनियर पढ्ने इच्छा गरेपछि उनले नकार्न नसकेर पढाइन् । उनैलाई गाउँपालिका अध्यक्षले आफूले पाउने सेवा– सुविधाबाट ५० हजार सहयोग गरे । बालकुमारी खड्काले सहयोगस्वरूप प्रदान गरेको रकम बुझ्दै भनिन्, ‘हाम्रा लागि भगवान् भइदिनुभयो । तपाईंको राजनीतिक जीवन सफल होस् ।’ उनीजस्तै द्वन्द्वकालमा श्रीमान् गुमाएकी लक्ष्मी शाहीका छोरा काठमाडांैमा सीए पढ्दै छन् । उनका लागि पनि गाउँपालिका अध्यक्षले ५० हजार सहयोग गरेका छन् ।

 

 

 

छोराले प्लस टुसम्म अध्ययन गरे पनि उच्च शिक्षाका लागि बाहिर जानुपर्ने अवस्था आयो ।  छोराले इन्जिनियर पढ्ने इच्छा गरेपछि उनले नकार्न नसकेर पढाइन् । उनैलाई गाउ“पालिका अध्यक्षले आफूले पाउने सेवा– सुविधाबाट ५० हजार सहयोग गरे

दैलेख भगवतीमाई गाउ“पालिका अध्यक्ष दानबहादुर थापाले आफ्नो पा“च वर्षे कार्यकालमा  राज्यले दिने कुनै पनि सेवा सुविधा नलिने  घोषणा गरेका छन्

 

सहयोग रकम बुझ्दै शाही आफ्नै घरपरिवारबाट नपाएको सहयोग गाउँपालिका अध्यक्षले गरेको भन्दै धन्यवाद दिइन् ।
उनीहरू मात्र होइन, शारीरिक तथा मानसिक रूपमा अशक्त र अपांगता भएका गाउँपालिका–३ का कालु खड्कालाई पनि औषधि उपचार खर्चबापत १० हजार, दलित तथा जनजाति लोपोन्मुख तथा गरिब परिवारका जेहेनदार बालबालिकामध्ये गाउँपालिका–७ कक्षा १० मा अध्ययनरत मंगल विकलाई १० हजार र स्थानीयतहमा सार्वजनिक स्थानमा गरिने मन्दिर पाटी पौवालगायतका क्षेत्रमा १० हजार जिब्रोको क्यान्सर भएका गाउँपालिका–७ का पार्वती खत्रीका श्रीमान्को उपचारका लागि २० हजार रकम हस्तान्तरण गरिएको छ ।

निर्वाचनको बेला आफूले पाउने पारिश्रमिक नलिने घोषणा गरे पनि आवश्यक मापदण्ड तयार नभएका कारण रोकिएको कार्यले पूर्णता पाएको गाउँपालिका अध्यक्ष थापा बताउ“छन् ।  स्थानीयस्तरमा अध्यक्षले तलब नलिने घोषणा गरे पनि ‘कहा“ र कसरी खर्च भयो ?’ भन्ने आमजनमानसमा प्रश्न आएपछि आफूले कार्यविधि निर्माण र मापदण्ड पूरा गर्न नपाउ“दै केही रकम हस्तान्तरण गर्नुपरेको र बाँकी चा“डै वितरण गर्ने थापा बताउ“छन् ।

पाँच वर्षको सेवा–सुविधा विपन्नलाई

दैलेख भगवतीमाई गाउँपालिका अध्यक्ष दानबहादुर थापाले आफ्नो पा“चवर्षे कार्यकालमा राज्यले दिने कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका छन् । गाउँपालिकाका विपन्न परिवारका बालाबालिकालाई छात्रवृत्ति प्रदान गर्दै उनले आगामी दिन आफूले पाउने पारिश्रमिक फाउन्डेसन निर्माण गरेर त्यसबाट रकम खर्च गर्ने बताए ।
आफ्नो पाँच वर्षे कार्यकालमा कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका गाउँपालिका अध्यक्ष दानबहादुर थापाले गाउँपालिकाका विपन्न समुदायलाई सहयोग गर्नका लागि अब चा“डै फाउन्डेसन निर्माण गर्ने जानकारी दिए ।
‘अब चा“डै नै फाउन्डेसन निर्माण गर्छौं, त्यसमा छुट्टै खाता खोलर आउने रकम जम्मा हुनेछ,’ उनले भने, ‘त्यो रकमबाट वार्षिक समस्यामा परेका विपन्न वर्गका लागि सहयोग हुने विश्वास लिएको छु ।’

उनका अनुसार पहिलो र दोस्रो वर्षको मध्ये १९ महिनाको सेवा–सुविधा खातामा आएको छ । ‘कुल साढे ५ लाख हुन्छ, त्यसमध्ये पहिलो चरण २ लाख वितरण गरेको छु, बाँकी ३ लाख चा“डै विपन्न वर्गको उत्थानका लागि खर्च गर्ने योजना छ,’ थापा भन्छन् ।

 

(Visited 17 times, 1 visits today)
Loading comments...