मंगलवार ७ जेठ, २०७६ (Tuesday, 21st May 2019)
७ जेठ, २०७६ (21 May 2019)

चतरामा चटारो

केबि मसाल
1 week ago
11/05/2019

 

 

केबि मसाल

 

सुनसरी धरानदेखि करिब १५ किलोमिटर पश्चिममा सप्तकोसी नदी किनारामा पर्दछ, चतराधाम । सप्तकोसीमा अरुण, तमोर, सुनकोसी, भोटेकोसी, लिखु, तामाकोसी र इन्द्रावती मिसिन्छ । सातवटा नदी मिलेर बनेको हुनाले यसलाई सप्तकोसी पनि भनिन्छ । यी नदीमा सबैभन्दा ठूलो अरुण र सबभन्दा सानो लिखु हो । पूर्वमा कञ्चनजंघा हिमालयदेखि पश्चिममा लाङटाङ हिमालसम्म सप्तकोसीको प्रभाव क्षेत्र रहेको छ । कुसिक ऋषिको नामबाट नामकरण भएको कोसी नदी नेपालको सबैभन्दा ठूलो नदी हो भने सप्तकोसी चीनको ह्रवाङहो नदी पछि तीव्र गतिमा बग्ने विश्वको दोस्रो ठूलो नदी हो । हिमालयबाट उत्पत्ति भएका यी सहायक नदी महाभारत पर्वत भई सप्तकोसीका रूपमा सुनसरी जिल्लाको चतराधामबाट तराईमा प्रवेश गर्दै कोसी बाँध पार गरेर भारत प्रवेश गर्दछ ।

कोका नदी र कोसी नदीको संगमस्थल सुनसरीको वराहक्षेत्र मानिन्छ । वराहक्षेत्रमा इन्द्र ब्रह्मा, कोका, सूर्य, बद्री, मुक्तेश्वर, गुरुब्रह्मालगायत १० वटा मन्दिर छन् । वराहक्षेत्र जाने बाटोमा पर्ने चतराधाममा औलिया बाबा मठ र जगदगुरु पीठ रहेको छ । जगदगुरु पीठलाई राधाकृष्ण आध्यात्मिक भक्ति साधना प्रतिष्ठान भनिन्छ । चतराधामको पुरानो मठ भने औलिया बाबा मठ हो । औलियाबाबा मठको इतिहास मध्यकालको मानिन्छ । चतराधामको औलिया बाबा मठ क्षेत्रमा भैरव, काली, शिव, शिवगणेश र हनुमानका मन्दिरहरू छन् ।
औलिया बाबाको गुदरी घर अर्थात् बाबा मनमुकुन्द सेनले ओड्ने कपडा राखिएको घर पनि पर्दछ । मनमुकुन्देश्र शिवालय मनमुकुन्द सेनले स्थापना गरेका हुन् । चतराधाममा कात्तिक पूर्णिमा मेला लाग्दछ । मेलाको अवसरमा विशेष उत्सवका साथ औलिया बाबाको निसान वराहक्षेत्र पु¥याउँछन् । त्यसपछि बाबाको निसानलाई तीन दिनसम्म वराहक्षेत्र मन्दिर भित्र राखी कात्तिक पूर्णिमाको भोलिबाट चतराधाम ल्याएपछि कात्तिक मेला समापन हुन्छ ।

चतरामा तारकब्रम्ह यज्ञ

विश्वमा अशुद्ध बन्दै गएको वातावरणलाई शुद्ध बनाई नेपालमा हरित क्रान्तिको सुरुवात गर्न वराहक्षेत्रको चतराधाममा श्रीराम तारकब्रह्म महायज्ञ सम्पन्न भएको छ । ७०५ वर्षअघि भारतमा यस्तो महायज्ञ भए पनि त्यसपछि यस्तो प्रकृतिको यज्ञ अहिलेसम्म भएको थिएन । हिन्दू अध्यात्मअनुसार तारकब्रम्ह मन्त्र जप गरेर गरिने होम नै तारकब्रम्ह यज्ञ हो । यो मन्त्र पौराणिक कालमा देवताहरूले जप गर्ने गर्दथे । पछि पृथ्वी जगत्कोकल्याणका लागि ठूला महाराजाहरूले यो यज्ञ लगाउने गरेका थिए । यो मन्त्रको जप गरेर होम गर्दा उत्पन्न धुवाँबाट एक पटकमा एक सय आठ प्रकारका साइकोन उत्पन्न हुने र त्यसले वायुमण्डललाई शुद्ध बनाउने र प्रचुर मात्रामा अक्सिजन उत्पादन गराउँछ । जसले गर्दा ओजोन तहको घनत्व वृद्धि भई सूर्यबाट आउने हानिकारक विकिरणलाई छेकेर पृथ्वीलाई शुद्ध पार्न सघाउँछ । अतिवृष्टि र अनावृष्टि नियन्त्रण हुन्छ र पृथ्वी उर्वर बन्छ । दिव्य अन्न र औषधीय वनस्पतिको उत्पादन बढन गई समग्र प्राणीको रक्षा हुन्छ । यो यज्ञले पितृ उद्धार, ग्रहदोष शमन गर्ने, श्राप निवारण गर्ने, शरीरलाई रोगमुक्त बनाउन सहयो पनि गर्छ । परिकल्पनाकार डा. कृष्णदासका अनुसार तारकब्रम्ह यज्ञ नेपालमा पहिलोपटक र विश्वमा ७ सय ५ वर्ष पछि भएको थियो ।

इलामको ‘अ’जस्तै वराहक्षेत्रलाई झट्टै पहिचान झल्काउने वराहक्षेत्रका पाँच ‘म’ छन् । पाँच ‘म’ अर्थात् मसाला, माछा, मठमन्दिर, मुर्दाघाट र मेला–महोत्सव । वराहक्षेत्रमा प्रत्येक वर्ष कात्तिकको हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म पाँच दिन मेला लाग्दछ । मेलामा नेपालका मात्र होइन, भारत, भुटानलगायतका लाखौं तीर्थाटनका पर्यटक वराहक्षेत्रमा पुग्ने गर्दछन् । यसैगरी, माघमा पर्ने माघे संक्रान्ति मेलामा चतरास्थित सप्तकोसी नदी र वराहक्षेत्रस्थित कोकाहा खोलाको सगंमस्थलमा नुहाउनेको भीड लाग्छ ।

चतराको माछा

वराहक्षेत्र घुम्न आउने पर्यटकको पहिलो रोजाइ सप्तकोसीको माछा हुने गर्दछ । ¥याफटिङ गर्दै आउने विदेशी पर्यटक हुन् वा चतरा पुग्ने माछाको स्वाद मन पराउने आन्तरिक पर्यटकले एकपटक माछाको स्वाद लिने गर्दछन । गर्मी छल्न र चिसोको मजा लिन माछा मार्ने फिसिङ रड लिएर युवाहरू कोसीमा रमाइरहेका हुन्छन् । चतराको माछा हिमालको हिउँ पग्लेर बग्ने सातवटा नदीको पानीमा खेलेका हुनाले माछाको स्वादका पारखीहरू माछा खान लालायित हुने गर्दछन् ।

चतराको जेट बोट

सप्तकोसी नदीमा सञ्चालन भएको जेट बोटले आजभोलि चतरा र वराहक्षेत्र पुग्ने पर्यटकलाई सुविधा भएको छ । अहिले सप्तकोसी नदीमा कोसी रिभर ट्रान्सपोर्ट, वराहक्षेत्र जल यातायात, वराहक्षेत्र मरिनलगायत तीनवटा कम्पनीका बोटले पर्यटकलाई पहाडी जिल्लामा घुमाउने र गन्तव्यसम्म पु¥याउने गरेका छन् । जेट बोटबाट वराहक्षेत्र मन्दिरलगायत भोजपुरको हतुवागढी भसुवासम्मको २५ किलोमिटरको एडभेन्चर ¥याफ्टिङ गर्नेलाई प्याकेज टुरमा सुविधा समेत भएको छ ।
चतराघाट पोर्टबाट विशेष गरी धनकुटा, भोजपुर र खोटाङका गाउँमा जाने यात्रुलाई पनि सेवा दिइरहेको छ । चतरा तीर्थाटन पर्यटन स्थलका रूपमा परिचित रहँदै आएको थियो भने अहिले यो स्थान जेट बोट अर्थात् पानीजहाजसँग जोडिएको छ । चतरामा पुग्ने पर्यटकको रोजाइमा पानीजहाज पर्न थालेको छ ।

 

धरान

धरान पर्यटकीय सहर हो । पूर्वी पहाडी जिल्लाहरूको प्रवेशद्वार मात्र नभएर पहाड र तराईको संगम स्थल पनि हो । धरानमा विभिन्न धार्मिक तथा ऐतिहासिक महŒवका स्थल छन् । पूर्वी नेपाल घुम्नका लागि ‘ट्रान्जिट’ पनि हो धरान । फेसन र म्युजिकले रंगिन बनाएको जीवनशैली तथा हङकङ, बेलायतसँगको सम्बन्धले मात्र होइन, धरान वरिपरि रहेका पर्यटकीय स्थलले पनि धरान रमणीय स्थल मानिन्छ । धरानदेखि उत्तरतर्फ माछामारामा ब्रिटिस गोर्खा स्मृति पार्क रहेको छ ।
पार्कमा भिक्टोरिया क्रस विजेता १३ जना बहादुर गोर्खालीको नाममा होलिडे हट निर्माण गरिएको छ । गोर्खाहरूले गरेको इतिहासलाई जीवन्त राख्न ब्रिटिस भूपू आर्मीहरूको संयुक्त प्रयासमा १२ बिघा क्षेत्रफलमा पार्क निर्माण गरेका छन् ।

 

 

चतराधामको पुरानो मठ औलिया बाबा हो । औलियाबाबा मठको इतिहास मध्यकालको मानिन्छ । चतराधामको औलिया बाबा मठ क्षेत्रमा भैरव, काली, शिव, शिवगणेश र हनुमानका मन्दिर छन् । औलिया बाबाको गुदरी घर अर्थात् बाबा मनमुकुन्द सेनले ओड्ने कपडा राखिएको घर पनि पर्दछ । मनमुकुन्द सेनले मनमुकुन्देश्र शिवालय स्थापना गरेका हुन्

 

 

पार्क पुग्ने पर्यटकलाई त्यहाँको मौसमले मोहित तुल्याउँछ । पार्कबाट धरान बजारको अवलोकन गर्न सकिन्छ । धरान पुगेपछि ऐतिहासिक विजयपुर पुग्नै पर्दछ । विजयपुर बुद्धिकर्ण राईको समाधिस्थल र चर्चित बूढासुब्बाको मन्दिर रहेको छ । जहाँ बाँसका टुप्पा ठुट्टै देख्न सकिन्छ । विजयपुरका बाँसमा प्रेमीप्रेमिकाको नाम लेख्ने युवायुवतीको उत्तिकै भीड हुन्छ ।
शक्तिपीठ दन्तकाली र प्राचीन रुद्राक्षरणम् क्षेत्रको पिण्डेश्वर बाबाधाम पनि विजयपुरमै रहेको छ । भताभुंगे दरबारदेखि पाँचकन्या मन्दिर पनि यसै क्षेत्रमा पर्दछ । तराईका फाँट र धरान बजारलाई नियाल्दै सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्नका लागि पनि पर्यटक पुग्ने गर्दछन । धरान पुग्ने पर्यटकलाई विभिन्न समयमा लाग्ने धार्मिक मेलाहरूले थप रोमाञ्चक बनाइदिन्छ । धरानका विभिन्न जाति जनजातिका सांस्कृतिक र परम्परागत रहनसहन तथा रीतिरिवाजले पनि पर्यटक लोभिने गर्छन् । राई जातिको साकेला नाच (उँधौली उँभौली पूजा), लिम्बू जातिको धाननाच, नेवार जातिको लाखेनाच, गाईजात्रा, तामाङ जातिको सेलो, गुरुङ जातिको रोदीघर र क्षेत्री बाहुन जातिको बालननाचले पर्यटक मोहित हुने गर्छन् ।

भेडेटार

भेडेटार धनकुटा जिल्लामा पर्छ । भेडेटार बजार प्रदेश १ को रमणीय पर्यटकीय स्थल पनि हो । भेडेटार धरानबाट करिब १७ किलोमिटर उत्तरमा सुनसरी र धनकुटाको सिमानामा पर्दछ । भेडेटार समुद्री सतहबाट १ हजार ४ सय ३० मिटर उचाइमा छ । बाह्रैमास चिसो हावा बहने हुनाले पर्यटक तराईको गर्मी छल्न र प्राकृतिक आनन्द लिन, चिसो वातावरणमा रम्न र पहाडी एवं हिमाली भेगको सुन्दरता हेर्न पुग्ने गर्छन् । जाडो मौसममा पिकनिकका लागि भेडेटार जाने पनि धेरै हुन्छन् । भेडेटारको भ्यू टावर अर्थात् चार्लसप्वाइन्ट यस्तो स्थान हो, जहाँबाट सप्तकोसीको मनोरम दृश्य, पूर्वी तराईका फाँटका साथै मकालु, कञ्चनजंघा, कुम्भकर्ण जस्ता हिमशृंखला हेर्न सकिन्छ ।

भेडेटार बजार धनकुटाको दक्षिणी प्रवेशद्वार पनि हो । भेडेटारबाट धनकुटा सदरमुकाम ३६ किमि दूरीमा पर्दछ । भेडेटारबाट पाँचथरको राँकेस र आहाले हुँदै वराहक्षेत्र जाने सडक पर्दछ । भेडेटारको शिरमा शैलुङडाँडा नामक एउटा अग्लो चुचुरो छ । बेलायतका युवराज चार्लस २०३८ सालमा सैलुङ डाँडाको टुप्पोमा चढेपछि यस डाँडालाई चार्लस प्वाइन्ट नामकरण गरिएको हो । भेडेटारबाट नजिकै उत्तरपट्टि राजमार्गको

‘नमस्ते मोड’ छेउमा रमणीय नमस्ते झर्ना बगेको छ । नमस्ते झरना आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य हो । भेडेटारभन्दा आठ किलोमिटर टाढा रहेको झरना हेर्न पर्यटक को भीड लाग्ने गर्दछ । नमस्ते झरना करिब ५० मिटर अग्लो छ । झरना हेर्नलाई सिम्सुवा मोडबाट खोलैखोला भएर उकालो लागेपछि पुग्न सकिन्छ । भेडेटारमा पर्यटकलाई खानबस्न होटल र रेस्टुरेन्टको सुविधा छ ।

चतरा कसरी पुग्ने ?

चतराधाम पुग्न इटहरी आसपास पुगेपछि २–३ वटा वैकल्पिक सडक फेला पर्छ । धरान–चतरा सडक, पकली–चतरा सडक र झुम्का–चतरा नहरको सडक बाट चतरा पुग्न सकिन्छ । वराहक्षेत्रसम्म पुग्न धरानबाट पनि चतरा हँुदै जान सकिन्छ । यी सडकमा सार्वजनिक यातायातका साधन चल्ने गर्दछन । तर, आफ्नो निजी गाडी वा मोटरसाइकल भए यात्रा सजिलो हुनेछ ।

 

¥याफ्टिºमा रमाउ“छन् पर्यटक

व्यावसायिक रुपमा जेट बोट सञ्चालनमा आएपछि अरुण र दूधकोसीमा रोमाञ्चक जलयात्रा गर्ने पर्यटकको संख्या दिनदिनै बढेको छ । जेट बोट सञ्चालन भएयता पर्यटकले दूधकोसी नदी किनारमा पर्ने भोजपुर हतुवागढीको चुहार र भसुवासम्म र अरुण नदीको किनारमा पर्ने भोजपुर र धनकुटाको सिमानामा पर्ने सिम्लेसम्म पुग्न सकेका छन् । सप्तकोसीमा ¥याफ्टिङ पनि सञ्चालन भइरहेको छ  । ¥याफ्टिङ तमोर, अरुण र सुनकोसी नदीमा उपलब्ध छ  । तमोरको मूलघाटबाट चतरासम्मको ३४ किलोमिटर यात्रा र अरुणको लेगुवाघाट–चतरासम्मको ४२ किलोमिटरको ¥याफ्टिङ यात्रामा रमाउने पर्यटकको संख्या पनि
धेरै छ ।

चतराधाम घुमघाम गरेपछि पर्यटकले आफ्नो समय लम्बाउन सके कोसी टप्पु, भेडेटार र धरान पनि घुम्न सकिन्छ । कोसी टप्पु वन्यजन्तु आरक्ष १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस आरक्ष सुनसरी, सप्तरी र उदयपुर गरेर तीनवटा जिल्लामा फैलिएको छ । नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित कोसी टप्पु आरक्षमा विभिन्न ४ सय ८९ प्रजातिका चरा र दुर्लभ अर्ना र डल्फिनसमेत देख्न सकिन्छ । कोसी टप्पु लोपोन्मुख अवस्थामा रहेका अर्ना अर्थात् जंगली भैंसी र चराहरूको मुख्य बासस्थानका रूपमा रहेको छ । हाँसका विभिन्न जात, लालसर र धेरै किसिमका बकुल्ला, गरुड, सारस र अन्य पानी चरासमेत कोसी टप्पुमा देख्न सकिन्छ ।

(Visited 99 times, 1 visits today)
Loading comments...