मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

काठे पुलले सकस

डीबी विष्ट
2 months ago
11/05/2019

 

डीबी विष्ट

२२ असार २०७४ मा सिमसिम पानि परेको दिन थियो । माइती बसेकी साइपाल गाउँपालिका–२ की सिर्जना बोहराको पानि रोकिएला र घर जाउला भन्ने सोच थियो । बर्खाको समय, पानी रोकिएन । झरी नरोकिएपछि आमा मागी बोहरा र बुबा दलजित बोहराले छोरीलाई घर पठाउने निर्णय गरे । सिर्जनाका लागि अन्नि (मीठो खानेकुरा) पकाएर माइती पक्षले बिदाइ गरे ।
सिर्जनालाई घर पुग्न करिब एक  दिन लाग्थ्यो । बर्खाको समय भएकाले एक्लै आवतजावत गर्न निकै सकस भएपछि साथमा अन्य मान्छे पनि जानुपर्ने भयो । दिदीलाई घरसम्म छाड्न सिर्जनाका सहोदर भाइ १४ वर्षीय लोकेन्द्र बोहरा, छिमेकी भाइ १७ वर्षीय धीरेन्द्र बोहरा र १० वर्षीय उज्ज्वल बोहरा दिदीको घर वडा–३ को बाँच्चौका गाउँ पुगे । दुई दिन सिर्जनाकै घरमा बसे । तेस्रो दिन २४ असारमा तिनैजना आफ्नो घर फर्किए ।

असारको झरी रोकिएको थिएन । वडा  ३ र २ को बीचमा थरुनी खोला थियो । यही खोला तर्नुपर्ने बाध्यता स्थानीयको थियो । खोला तर्न सानो काठको मुढा बिच्छ्याइएको थियो । असारको झरीस“गै थरुनी खोलामा पानीको सतह निकै बढी थियो । उर्लंदो पानीको बेग रोकिने छाँटकाँट थिएन । बर्खाको समय पानी जोरले परिरहेको थियो । खोलाको बेग त्यही रप्तारमा बगिरहेको थियो ।
खोलामाथि आवतजावत गर्न स्थानीयले निर्माण गरेको काठेपल पनि खोलाले हल्लाइरहेको थियो । वारिपारि निर्माण गरेका पर्खाल पानीको बगेले भत्कने खतरा थियो । काठेपुल खोलाले बगाइहाल्छ भन्ने सोच भएपछि तिनैजना हतार हतार काठेपुलबाटै खोला तर्न खोजे । खोलाले पुलस“गै तिनै जनालाई बगाएर बेपत्ता पारिदियो ।

साइपाल गाउ“पालिका–२ का कक्षा १० मा अध्यययनरत १७ वर्षीय धीरेन्द्र बोहरा, कक्षा ८ मा अध्ययनरत १५ वर्षीय उज्ज्वल बोहरा र कक्षा ८ मा नै अध्ययनरत १४ वर्षीय लोकेन्द्र बोहरा खोलाले बेपत्ता पारेको दिन गाउ“पालिका  शोकमा डुब्यो ।

 

स्थानीयको मुख्य आवतजावत गर्ने थरुनी खोला र राम खोलामा झुलुंगे पुल आवश्यक भए पनि सरोकारवाला निकायले चासो नदिएको स्थानीयको आरोप छ

जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा भने पा“च वर्षयता खोलामा परेर सातजनाको ज्यान गएको  उल्लेख छ । जिल्ला प्रहरी कार्यालय बझाºका अनुसार साइपाल गाउ“पालिका जिल्लाकै सबैभन्दा विकट भएका कारण सबै घटना बाहिर आउन पाउ“दैनन्

 

 

२०७१ सालमा असारको अन्तिम सात यार्सा गुम्बा संकलन गरेर घर फर्कने क्रममा जयपृथ्वी नगरपालिका–१ कैलाशका तीनजना नै थरुनी खोलामा बगेर बेपत्ता भए । जसमा २९ वर्षीय सुवन सिंह, २८ वर्षीय महेश सिंह र ४२ वर्षीय सुन्त शाही थिए । महिना दिनसम्म समेत खोजी गर्दा उनीहरूको लाससम्म नपाएको स्थानीय सत्य सिंह बताउ“छन् ।

९ वैशाख २०७५ मा राम खोलाले बगाएर साइपाल गाउँपालिका २१ वर्षीय भिक्कु बोहराको मृत्यु भएको स्थानीय बताउ“छन् । बर्खाको समय खोला तार्न नसकेका कारण एक वर्षअघि साइपाल गाउ“पालिका–५ महिला स्वास्थ्य स्वयंसेविका बाटु बोहराको निधन भएको स्थानीय महिला स्वास्थ्य स्वयंसेविका दीपा बोहराले बताइन् ।
‘घरमा सुत्केरी हुन नसकेपछि तत्काली धलौन स्वास्थ्य चौकी काँडामा लग्यौं,’ उनी भन्छिन्, ‘त्यहाँ पनि सम्भव नभएपछि हामीले जिल्ला अस्पताल लैजा“दै गर्दा थरुनी खोला तार्न नसक्दा बच्चा र आमाको ज्यान गयो ।’

यसै वर्ष धुलीकी कन्थु देवी बोहरा बिरामीले थला परेकी थिइन् । उनको उपचारका लागि स्थानीयले ज्यान बाजी राखेर असारमै खोला तार्न सफल त भए तर समयमै उपचार नपाएका कारण उनको पनि बीच बाटोमै ज्यान गएको वडा ५ की महिला सदस्य अम्मरा बोहराले बताइन् । पा“च वर्षअघि तल्कोट गाउ“पालिकाका तीन व्यक्तिले खोला तर्ने क्रममै ज्यान गुमाए ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा भने पा“च वर्षयता खोलामा परेर सातजनाको ज्यान गएको उल्लेख छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार साइपाल गाउ“पालिका जिल्लाकै सबैभन्दा विकट भएका कारण सबै घटना बाहिर आउन पाउ“दैनन् ।
स्थानीयको मुख्य आतेजाते गर्ने थरुनी खोला र राम खोलामा झुलुंगे पुलको आवश्यक भए पनि सरोकारवाला निकायले चासो नदिएको स्थानीय आरोप छ । बझाङबाट निर्वाचित जनप्रतिनिधिले भोट माग्न जाँदा मुख्य एजेन्डा चैनपुर ताक्लोकोट सडकखण्ड र यहाँका खेला नालामा झोलुंगे पुल निर्माण गर्ने भने पनि चुनावपछि फर्केर  आएका छैनन् ।

 

साइपाल हिमाल चढ्ने पर्यटनका लागि र सदरमुकाम तथा अन्य ठाउ“ आवतजावत गर्ने मुख्य नाका नै थरुनी खोला हो । हिउ“दका समयभन्दा बर्खामा पानीको सतह बढी हुने भएकाले निकै जोखिम हुने गरेको छ । दुवै खोलामा झोलुंगे पुल नहुँदा सास्ती खेप्दै आएको स्थानीय लक्ष्मीदेवी बुढाले बताइन् । सेती नदीको र थरुनी खोला दोभानमै स्थानीयले मिलेर काठेपुल निर्माण गरे ।
हिउ“दमा पानीको सतह कम हुने भएका कारण ठुला मान्छेलाई खासै समस्या नभए पनि स–साना बालबालिका र ज्येष्ठ नागरिकलाई भने निकै कठिन हुने गरेको छ । साइपाल गाउ“पालिका अध्यक्ष राजेन्द्र धामीले दुवै खोलामा झोलुंगे पुलको अति आवश्यक भए पनि गाउ“पालिकाको एक्लो बजेटले नभ्याउने, प्रदेश र केन्द्रीय सरकारस“ग समन्वय गर्ने काम भए पनि आफ्नो पहुँच नभएका कारण यसका प्रदेश सरकार र केन्द्रीय सरकारले चासो नदिएको आरोप लगाए । ‘रित्तो मान्छे सदरमुकाम चैनपुरदेखि हि“डेर साइपाल गाउँपालिकासम्म पुग्न तीन दिन लाग्छ,’ उनले भने, ‘सामान ढुवानी गर्न पनि निकै समस्या छ ।’

सडक सञ्जालस“ग   गाउँपालिका जोडिएको छैन । बाटो पनि निकै अप्ठ्यारो छ । खच्चड र भेडामा सामान ढुवानी गर्नुपर्ने भएका कारण विकास निर्माणमा चुनौती देखिएको छ । यस विषयमा आफूहरू गम्भीर भएर लागिपरेका कारण यसमा थप प्रदेश सरकार र केन्द्रीय सरकारले पहल गरे समस्या समाधान गर्न सकिने उनको भनाइ छ । यस गाउँपालिकामा झन्डै चार हजारभन्दा बढी जनसंख्या छ ।

पहिलोपटक साइपाल गाउँपालिका  पुगेका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले साइपाल गाउ“पालिकाका खोलामा झोलुंगे पुल आवश्यक रहेको बताए । उनले बर्खाको समय स्थानीयले समस्या भोग्नुपर्ने बाध्यता आफूले पनि भोगेको बताए । ल

 

(Visited 55 times, 1 visits today)
Loading comments...