बिहिवार १२ बैशाख, २०७६ (Thursday, 25th April 2019)
१२ बैशाख, २०७६ (25 April 2019)

राष्ट्रपतिको भारत भ्रमण फागुनमा

2 years ago
09/11/2016

bidhya-bhandari-1

काठमाडौं÷रास– राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण फागुनमा हुने गरी सरकारले तयारी सुरु गरेको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपतिले फागुनमा भारतको भ्रमण गर्ने गरी तयारी सुरु गरिएको छ । ‘राष्ट्रपतिले आफ्नो भारत भ्रमणलाई फागुनमा गर्ने गरी तयारी गर्न भनेअनुसार नै सरकारले पनि तयारी गरिरहेको छ,’ स्रोतले भन्यो, ‘दुई मुलुकबीचको सम्बन्धलाई सौहार्दपूर्ण बनाउन भ्रमण केन्द्रित हुनेछ ।’ भारतीय राष्ट्रपति प्रणव मुखर्जीले आफ्नो भ्रमणका क्रममा राष्ट्रपति भण्डारीलाई भ्रमणको निम्तो दिएका थिए । राष्ट्रपतिको भ्रमणका लागि परराष्ट्रले भ्रमण गर्ने सम्भावित स्थानहरूको अध्ययन पनि सुरु गरेको छ ।

(Visited 3 times, 1 visits today)
Loading comments...