आइतवार १० चैत्र, २०७५ (Sunday, 24th March 2019)
१० चैत्र, २०७५ (24 March 2019)

वृत्तचित्रमा बाह्रमासे घाटु

2 years ago

लमजुङ÷रास– जिल्लाको च्यान्पाटामा दुरा लोक संस्कृति ‘बाह्रमासे घाटु’ वृत्तचित्रमा समेटिएको छ । ४१औं खजे दुरा स्मृति दिवसका अवसरमा लमजुङको च्यान्पाटा खजेदुरा स्मृति पार्कमा दुरा लोक संस्कृतिमा वृत्तचित्र ‘बाह्रमासे घाटु’को लोकापर्ण गरिएको छ । युवा संगीतकार रामशरण बरालले त्रिभुवन विश्वविद्यालय मानवशास्त्र विभागको शोधपत्रका लागि सो वृत्तचित्र तयार पारेका हुन् । वृत्तचित्रमा दुरा जातिको संस्कृति समावेश गरिएको छ ।

 सो कार्यक्रममा राष्ट्रिय सामुदायिक पुस्तकालय सञ्जालका अध्यक्ष गणेश न्यौपानेले लमजुङको ऐतिहासिक दुराडाँडा क्षेत्रमा रहेका लोपोन्मुख अल्पसंख्यक दुरा जातिको संस्कृतिको उजागर गर्न वृत्तचित्रले महŒवपूर्ण भूमिका खेलेको बताए ।

त्यस्तै, दुरा सेवा समाजका अध्यक्ष गोकुलप्रसाद दुराले आफूहरूको लोक संस्कृतिलाइ वृत्तचित्रमार्फत विश्वव्यापीकरण गर्नु जरुरी रहेको धारणा राखे । दुरा समुदायका बुद्धिजीवी यम वहादुर दुराले वृत्तचित्रले दुरा समुदायको लोकसंस्कृति प्रवद्र्धनमा टेवा पुग्ने बताए ।

 निर्देशक वरालले लोपोन्मुख दुरा जातिको विषयमा अहिलेसम्म श्रव्यदृश्य अनुसन्धान नभएकाले आफूले वृत्तचित्र बनाएको जानकारी गराए । मानवशास्त्री सुरेश ढकालले हराउँदै गएको दुरा लोकसंस्कृतिलाई श्रव्य÷दृश्य माध्यमबाट तयार पारिएको वृत्तचित्र उत्कृष्ट बनेको छ भने ।

(Visited 1 times, 1 visits today)
Loading comments...