आइतवार १० चैत्र, २०७५ (Sunday, 24th March 2019)
१० चैत्र, २०७५ (24 March 2019)

किम्ती दसौं मिस लिटिल नेवाः

2 years ago
09/11/2016

miss-little-newa-winner-news

काठमाडौं÷रास– प्रतियोगितामा २६ जना बालिकाहरूलाई पछि पार्दै दसौं मिस लिटिल नेवाःको उपाधि सेन्ट जेभियर्स स्कुलकी किम्ती श्रेष्ठले जितेकी छन् । उनले मिस फोटोजेनिकको उपाधि पनि हासिल गरिन् ।नेप्लिज फेसन हाउसद्वारा काठमाडौंमा आयोजित सो प्रतियोगितामा फस्ट रनर अप श्रीलता शाही, महिता श्रेष्ठ सेकेन्ड रनरअप विजेता बने ।

अन्य शीर्षकको उपाधि तर्फ श्रीया शाक्य मिस डिसिप्लिन, अनुष्का महर्जन मिस पर्सनालिटी, लसता डंगोल सोसियल वेलफेयर एम्बेसडर, क्रिस्टिना स्थापित बेस्ट नेपाल भाषा, रश्मिला तुलाधर मिस ट्यालेन्ट बन्न सफल भए ।

यस्तै सोनिम महर्जन मिस इन्नोसेन्ट, श्रीया महर्जन मिस फ्रेन्डसिप, आयुशा श्रेष्ठ मिस चार्मिङ, आयना शाक्य मिस स्माइल, श्रीया महर्जन बेस्ट स्किन, आज्ञा तुलाधर बेस्ट हेयर घोषित भए ।

नेवार समुदायका बालिकाहरूको व्यक्तित्व विकाससँगै नेपाल भाषा र नेवार संस्कृति सिकाउन नेप्लिज फेसन होमले एक दशकदेखि मिस लिटिल नेवाः प्रतियोगिता गर्दै आएको आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले बताइन् ।

 

(Visited 8 times, 1 visits today)
Loading comments...