मंगलवार ७ जेठ, २०७६ (Tuesday, 21st May 2019)
७ जेठ, २०७६ (21 May 2019)

९२ औं बाचन श्रृङखला सम्पन्न

राजधानी समाचारदाता
1 week ago
13/05/2019

दोहा । अन्तरास्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर र नबोदित साहित्य वाचनालय कतारको संयुक्त आयोजनामा सम्पन्न हुने बाचन डबलीको ९२ औं श्रृङखला सँगै साहित्यकार पारिजातको ८२ औं जन्म जयन्ती गत मे १० तारिख शुक्रबारको दिन कतारको दोहा स्थित गोर्खा रेस्टुरेन्टमा सम्पन्न भएको छ ।

कार्यक्रममा गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका प्रथम उपाध्यक्ष तेज कटुवाल बिशिस्ट स्रोताका रुपमा रहेका थिए।कार्यक्रम संयोजक बिन्दा लामा रहेको उक्त कार्यक्रममा अनेसास कतार च्याप्टरका सल्लाहकार तिर्थ संगम राई , अनेसास कतार च्याप्टरका अध्यक्ष प्रेम प्रसाद भट्टराई ,नबोदित वाचनालय कतारका अध्यक्ष दिप मिलन,नेपाल पत्रकार महासंघ कतारका निबर्तमान अध्यक्ष, अनेसास कतार च्यापटरका सल्लाहकार गणेश बन्जाडे लगाएत कतारमा कार्यरत करिब ४ दर्जन भन्दा साहित्यकारहरुको उपस्थिती रहेको थियो।

कार्यक्रम दिप प्रज्वलपछि राष्ट्रिय गान गाएर प्रारम्भ भएको थियो भने समारोहका बिशिस्ट ब्यक्तिहरुद्वारा साहित्यकार पारिजातको तस्बिरमा ससम्मान माल्यार्पण गरिएको थियो। करिब दुई दर्जन भन्दा बढि श्रस्टा तथा सर्जकबाट कबिता, गजल, मुक्तक लगाएतका साहित्यिक रचनाहरु बाचन गरिएका थिए ।  अनिल कुमार विष्ट (गजल),सागर भन्डारी (गजल)अर्जुन पौडेल( गजल ) गणेश क्षत्री( गजल),धुर्व अर्‍याल ( गजल ),राम आचार्य “सायर” ( गजल ),तिर्थ संगम राई (कविता ),महेन्द्र खड्का गजल ,लिलानाथ घिमिरे (कविता ),सुरेश परियार गजल र( मुक्तक),निरन नेपाल्( गजल),सुरेश मानरुम्बा( गजल),स्वतन्त्र नेपाल (मुक्तक),सेखर बस्नेत (गजल ),रुप रसाइली कविता ,चिरञ्जीवी तिमल्सिना (कविता) ,रेशम बस्नेत (कविता) ,सुरज नेपाल (मुक्तक),नारायण भन्डारी (गजल), चक्र कार्की (गजल), बिनोद अधिकारि (गजल),दिलिप पराजुली (गजल ),लेख कार्की (कविता),टीका खड्का “राष्ट्रप्रेमी”( गजल), दिप मिलन (कविता ), प्रेम प्रसाद भट्टराई ( गजल ) बाचन गरिएका थिए।

अनेसास वाचनालय कतारको नियमित अन्य डबली भन्दा ९२ औं डबली विशेष रहेको थियो । अनेसास केन्द्रिय कार्यलय वासिङ्टन डिसीबाट प्रकासित त्रैमासिक मुख पत्र अन्तर्दृष्टि को ४३ औ अंक बिमोचन कार्यक्रम बिशेष श्रोता लगाएत सस्थाका अग्रज ब्यक्तित्वहरुबाट गरिएको थियो।

अन्त्यमा कार्यक्रमका बिशिस्ट स्रोता तथा विभिन्न संघ सस्था तथा समाजसेवामा आबद्ध तेज कटुवालद्वारा प्रबासमा रहेर पनि नेपाली साहित्यमा कलम चलाउने साहित्यकारका रचनाले भावुक भएको बताउदै विभिन्न ब्यस्तताका बाबजुद पनि आफ्नो दैनिक कार्यका साथसाथै आफ्नो भाषा प्रती माया राख्ने सम्पुर्णमा धन्यबाद दिदै कार्यक्रम समापन गरेका थिए। कार्यक्रम संचालन संयोजक बिन्दा लामाले गरेका थिए।

(Visited 43 times, 1 visits today)
Loading comments...