मंगलवार ७ जेठ, २०७६ (Tuesday, 21st May 2019)
७ जेठ, २०७६ (21 May 2019)

मनाङले पन्जाबसँग खेल्दै

नवीन लुइँटेल
6 days ago
15/05/2019

 

ललितपुर। नेपाली लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले आज एएफसी कपअन्तर्गत दोस्रो होम गेममा भारतीय लिग च्याम्पियन मिनर्वा पन्जाबसँग खेल्दै छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स हुने योे खेल अपराह्न ३ बजेपछि सुरु हुनेछ । मनाङ मुख्य प्रशिक्षक छिरिङ लोप्साङले पन्जाबविरुद्ध शतप्रतिशत जित्ने लक्ष्यका साथ मैदान उत्रने बताएका छन् ।

पन्जाबविरुद्धको खेलअघि मंगलबार सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको हलमा आयोजित प्री म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक लोप्साङले पुराना आफ्ना गल्ती सच्चाउँदै आफूहरू ३ अंकका लागि मैदान उत्रने बताए । ‘हामी सक्दो राम्रो खेल्छौं,’ उनले भने, हामी ३ अंकका लागि खेल्छौं ।

उनले राम्रो खेलेर मौकाको सदुपयोग गर्ने दृढता व्यक्त गरे । प्रशिक्षक लोप्साङले भोलिको खेलमा टिम संरचना केही परिवर्तन गर्ने बताए । ‘हामीले मनाङको टिम अली चेन्ज गर्नेछौं । यस्तै अट्याकिङमा ध्यान दिनेछौं । घरेलु मैदानमा खेल्दा दर्शकको फाइदा हुनेछ,’ उनले भने ।

 

समूह ‘ई’ मा रहेको मनाङ समूहको पुच्छारमा छ । मनाङले तीन खेलमा मात्र १ अंक जोडेको छ । मिनर्वा भने तीन खेलमा तीनवटै ड्र खेल्दै ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । मनाङले यसअघि भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा भएको अबे खेलमा मिनर्वासँग २–२ गोलको बराबरी खेलेको थियो ।

कप्तान विराज महर्जनले पनि घरेलु मैदानमा ३ अंकका लागि आफूहरू भरमग्दुर प्रयास गर्ने बताए । उनले यसअघिका तीन खेलमा राम्रो खेल्दाखेल्दै पनि नतिजा आफ्नो पक्षमा नआएको बताए । यस्तै मिनर्वाका प्रशिक्षक सचिव बडाढेले खेल जित्न सके अघिल्लो चरणको यात्रा सहज हुने भएकाले मनाङविरुद्ध ३ अंककै लागि खेल्ने बताए ।

‘अर्को चरणमा जाने ढोका उघार्न यो खेल जित्नुपर्छ,’ प्रशिक्षक बडाढेले भने । यस्तै पन्जाबका कप्तान ओमालाजा नुरेन करिमले पनि मनाङविरुद्ध जित्नकै लागि खेल्ने बताए ।

(Visited 18 times, 1 visits today)
Loading comments...