मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

सहुलियत कर्जा वितरणमा ग्लोबल आईएमई

राजधानी समाचारदाता
2 months ago
15/05/2019

 

काठमाडौं । ग्लोबल आईएमई बैंक सन् २०१२ मा स्थापना भएको हो । स्थापना कालदेखि नै यस बैंकले आमनेपालीमा बैंकिङ पहुँच विस्तार गरिरहेको छ । यतिबेला सबै बैंक तथा वित्तीय संस्थाहरूले वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । यस बैंकले पनि चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस अवधिमा १ अद्दर्ब ८७ करोड २१ लाख २४ हजार ५१२ रुपैयाँ नाफा आर्जन गरिरहेको छ । बैंकले गत आवको सोही अवधिको तुलनामा ३२ दशमलव ५५ प्रतिशतले नाफा बढाएको छ ।

गत आवको तेस्रो त्रैमासमा बैंकको नाफा १ अर्ब ४१ करोड २२ लाख ९१ हजार ९१६ रुपैयाँ रहेको थियो । बैंकको वितरणयोग्य नाफा १ अर्ब ४१ करोड ७४ लाख ५२ हजार ४८६ रुपैयाँ रहेको बैंकको वित्तीय विवरणले देखाएको छ । यस अवधिमा बैंकको सञ्चालन मुनाफा ३१ दशमलव ८९ प्रतिशतले बढेको छ भने खुद ब्याद आम्दानी ४२ दशमलव २३ प्रतिशतले बढेको छ ।

गत आवको तेस्रो त्रैमासमा २ अर्ब ८४ लाख ४२ हजार ५५३ रुपैयाँ रहेको बैंकको सञ्चालन मुनाफा चालू आवको सोही अवधिमा आइपुग्दा २ अर्ब ६४ करोड ९० लाख १४ हजार ६० रुपैयाँ रहेको छ । त्यस्तै, गत आवको तेस्रो त्रैमासमा २ अर्ब ५९ करोड २८ लाख ५४ हजार ७०५ रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी चालू आवको सोहि अवधिमा आइपुग्दा ३ अर्ब ६८ करोड ७९ लाख ४५ हजार १८० रुपैयाँ पुगेको देखिएको छ ।

१० अर्ब ३१ करोड ५ लाख १५ हजार ९५९ रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ७३ करोड ११ लाख ७८ हजार ९२७ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा १ दशमलव २९ प्रतिशतबाट घटेर शून्य दशमलव ७६ प्रतिशत रहेको छ । २४ रुपैयाँ २१ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ७२ पैसा रहेको छ । बैंकको गत वर्ष रिजर्भमा ३ अर्ब २२ करोड ९४ लाख ७० हजार रुपैयाँ थियो ।

ग्लोबलले १ खर्ब १६ अर्ब ९४ करोड ३१ लाख ६४ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४ अर्ब ८५ करोड ५ लाख १० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यसको बेस रेट ९ दशमलव ६०५ र खराब कर्जा अनुपात शून्य दशमलव ७६५ छ । त्यस्तै, बैंकको कस्ट अफ फन्ड ६ दशमलव ९७५ रहेको बैंकको वित्तीय विवरणले देखाएको छ । यस बैंकले सर्वसाधारणका लागि विभिन्नपटक गरी २१ लाख युनिटबराबर ऋणपत्र निस्कासन गरेको छ । बैंकले ‘१० दशमलव २५५ ग्लोबल आईएमई बैंक डिबेन्चर २०८०÷८१’ नाममा ऋणपत्र जारी गरेको हो । यसमा वार्षिक १० दशमलव २५५ ब्याज पाइने बैंकले जनाएको छ । यो ऋणपत्र पाँच वर्षपछि परिपक्क हुनेछ । लगानीकर्ताले प्रतिएकाई १ हजार रुपैयाँका दरले न्यूनतम २५ देखि ७५ हजार एकाइसम्म आवेदन दिन सक्नेछन् ।

यस बंैकले विभिन्न ग्राहकलाई नेपाल सरकारद्वारा अनुदान प्राप्त सहुलियतपूर्ण कर्जाप्रवाह गरिरहेको छ । यसै सन्दर्भमा बैंकले त्रिशूली शाखा, नुवाकोटमा विभिन्न ६ जना भूकम्पपीडितलाई र भूकम्पपीडितको निजी आवास निर्माण कर्जा वितरण ग¥यो । ग्लोबल आईएमई बैंकले भूकम्पपीडितका निम्ति निजी आवास निर्माण कर्जा, व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, महिला उद्यमशील कर्जा, ब्याज अनुदानसहितको अन्य सहुलियतपूर्ण कर्जा दिँदै आएको छ ।

हाल बैंकका १३७ वटा शाखा, १५ वटा राजस्व संकलन काउन्टर, १४४ एटीएम, ११ वटा एक्सटेन्सन काउन्टर तथा १३२ शाखारहित बैंकिङ सेवा र नेपालबाहिर तीन प्रतिनिधि÷सम्पर्क कार्यालयमार्पmत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । ग्लोबल आईएमई बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत करुणा फाउन्डेसन नेपाललाई स्पेसल ह्वीलचेयरसहित २१ थान ह्वीलचेयर हस्तान्तरण गरेको छ ।

यस बैंकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा प्राकृतिक विपत्ति बाढी, पहिरो, भूकम्पलगायतका विपद्को समयमा सहयोग गर्दै आएको छ । बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइबर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाका साथै १५ लाख रुपैयाँसम्मको बिनाधितो प्रोफेसनल कर्जा दिइरहेको छ ।

बैंकले आफ्ना ग्राहकका लागि विभिन्न प्रकारका बचत खाता सञ्चालन गरेको छ । बैंकले विभिन्न क्षेत्रमा लगानी बढाएको छ ।

 

(Visited 39 times, 1 visits today)
Loading comments...